Page header hundai

खेलकुद

  • राखेप च्याम्पियनसिपमा खेलाडी छनोट सेटलाइटबाट

    काठमाडौं । अबको १५ दिनपछि सुरु हुने राखेप च्याम्पियनको तयारी शुन्यजस्तै छ । साप च्याम्पियनसिपको तयारीको रुपमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको साप च्याम्पियनसिपको आयोजना स्थलको तयारी मात्र होइन, अहिलेसम्म खेलाडी छनोटसमेत हुन सकेका छैनन् । प्रतियोगितालाई व्यवस्थित एवं सफलतापूवर्क सम्पन्न गर्न बजेट बाँडफाँड तथा आर्थिक व्यवस्थापन, संघ समन्वय, प्रचार प्रसार, खेल सामाग्री तथा पोशाक व्यवस्थापन, अनुगमन तथा निरीक्षण, प्राविधिक समन्वय र समारोह गरी विभिन्न ७ उपसमितिहरु गठन गरिए पनि चाडपर्वको विदाले गर्दा सक्रिय देखिएका छैनन् ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको च्याम्पियनसिप कात्तिक १५ गतेदेखि आयोजना हुँदैछ । प्रतियोगिता कात्तिक मसान्तसम्ममा सम्पन्न हुनेछ…

  • टेन्डीलाई हटाउने पत्र शाखामा, ओलम्पिकको फैसला १७ गते

    काठमाडौं । झन्डै आधा दर्जनजति खेलकुदमा जिम्मेवारी ओगटेका टेन्डी शेर्पालाई सम्पूर्ण जिम्मेवारीबाट हटाउन युवा तथा खेलकुद मन्त्रालयले खेलकुद परिषद्लाई पत्रचार गरेको छ । गत सोमबार शेर्पालाई जिम्मेवारी मुक्त गर्न मन्त्रालयले लेखेको थियो । उक्त पत्रको दर्ता नम्बर ७११ रहेको हो । शेर्पा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, ओलम्पिक कमिटीका महासचिव र नेपाल बास्केटबल संघका अध्यक्ष हुन् । एमाले क्याडर शेर्पालाई उनले लिएका सबै जिम्मेवारीबाट अलग गर्न मन्त्रालयले परिषद्लाई पत्राचार गरेको हो ।  शेर्पा संलग्न रहेको भन्सारसम्बन्धी मुद्दा अदालतमा चलिरहेकोले सो मुद्दाको…

  • खेलाडीको नाममा मासिक ३१ लाख रुपैयाँ

    काठमाडौं । नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले मासिक ३१ लाख ३३ हजार ५ सय रुपैयाँ खर्च गरिरहेको छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यथार्थमा परिषद्ले खेलाडीलाई दैनिक खुराकका नाममा मासिक ३२ लाख रुपैयाँ खेलाडी र प्रशिक्षकको नाममा खर्च गरिरहेको छ । खेलाडीको लक्ष्य अब्बल बनेर पदक जित्नु हो । कुशल खेलाडी उत्पादन गर्नु प्रशिक्षकको दायित्व हो । तर नेपाली खेल क्षेत्रमा खेलाडी र प्रशिक्षकको लक्ष्य आदर्शमा सीमित छ । यो कुनै आरोप होइन, अहिलेसम्म नेपाली खेल क्षेत्रबाट प्राप्त…

  • प्रधानमन्त्री कपको उपाधि आर्मी र पुलिसलाई

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् । फाइनल खेल सुरु भएको केही समयमा लगातारको वर्षाले रद्द भएपछि दुवै टोलीले संयुक्तरुपमा उपाधि प्राप्त गरेका हुन् ।  टस हारेर पहिले व्याटिङको निम्तो पाएका नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लबका सामु १२७ रनको लक्ष्य दिएको थियो । पुलिसले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन जोडेका थिए । जवाफी व्याटिङमा उत्रेका आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७…

  • एएफपीद्वारा महिला भलिबल उपाधि रक्षा

    काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी न्युडायमण्ड एकेडेमीलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भयो । एपीएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाए पनि न्युडायमण्डले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले पहिलो २५–२२ र दोस्रो २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि…

  • खेलाडी खाली खुट्टा मत माग्दै

    काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी महेश केसी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले बुढानीलकण्ठ नगरपालिकाको मेयर पदका उम्मेदवारी दिएका छन् । कुनै पार्टीबाट प्रतिनिधित्व नगरेका केसीको चुनाव चिन्ह बक्सिङको ग्लोब हो । स्वास्थ नागरिक उत्पादनका लागि खेलकुदलाई नै एजेन्डा बनाएका छन् । ‘एक घर एक तेक्वान्दो खेलाडी, प्रत्येक वडामा कर्भड हाल’ को एजेन्डा बोकेर केसी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । खेल क्षेत्रमा स्थानीय तहको चासो बढाउन तथा खेलकुदको माध्यमबाट संसार चिनाउन आफूले एक घर एक तेक्वान्दो खेलाडीको एजेन्डा…

  • आईओसीमा नेपालको विवादबारे छलफल चलाइने

    काठमाडौं । नेपाल ओलम्पिक कमिटीमा सरकारी हस्तक्षेप जारी रहे लगभग पाँच वर्षका लागि नेपाली खेलकुद अन्धकारतिर धकेलिने निश्चित प्रायः भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपालको विवादको विषयमा आईओसीले सरोकार राखेर गरेको पत्राचार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएपछि त्यस्तो संकेत देखिएको हो । आईओसी र ओसीएले नेपालको सरकारी निकायमा डाइरेक्ट पत्र पठाएको भने होइन । आईओसी र ओसीएले ओलम्पिक कमिटीलाई दिएको निर्देशनअनुसार प्रधानमन्त्री, गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई…

  • नेपाली खेलकुद प्रतिबन्दको खतरामा

    काठमाडौं । सर्वोच्च अदालतको निर्णय कार्यान्वयनको नाममा प्रशासनले नै ओलम्पिक कमिटीको भवनमा ताला लगाइदिएपछि नेपाली खेलकुद दुर्घटनाउन्मुख भएको बताइएको छ । अर्थात् अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नेपालको खेल गतिविधिलाई निश्चित समयका लागि प्रतिबन्ध लगाउन सक्ने बताइएको छ । ओलम्पिक कमिटीको विवाद यो नयाँ होइन, ओलम्पिक कमिटीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको लडाइँ दुई दशक पुरानो हो । यद्यपि पूर्वअध्यक्ष धु्रवबहादुर प्रधानले ओलम्पिक विवादलाई चलाखीपूर्ण ढंगले सामसुम पारेर सरकारले उपलब्ध गराएको जमिनमा ओलम्पिक भवन निर्माण गरे । पूर्वअध्यक्ष प्रधानले राष्ट्रिय मान्यता प्राप्त भनिएको…

  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता छानबिन हुनुपर्छ

    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता हालै सम्पन्न भयो । राष्ट्रिय प्रतियोगिताले जति चर्चा पाउनु पर्ने थियो, त्यत्ति नपाएको गुनासा सुनियो । मिति तोकिदै स्थगित भएको यो प्रतियोगिता लगभग असफल भएको विश्लेषण भइरहेको छ । राष्ट्रिय प्रतियोगितालाई नेपाल ट्राइथलोन संघका महासचिव निलेन्द्रराज श्रेष्ठले कसरी हेरेका छन् । यसै विषयमा श्रेष्ठसँग तरुणले गरेको कुराकानी ० सातौं राष्ट्रिय खेलकुदलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? – देशमा अस्थिर राजनीति छ, त्यो राजनीतिबाट खेलकुद पनि अछुतो छैन । राष्ट्रिय प्रतियोगिताबाट दुईवटा कुरा अपेक्षा गरिन्छ । पूर्वाधार विकास…

  • जुडो खेलमा सुनिताको यात्रा

    विराटनगर । सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उनको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्रायः स्वर्ण पदकमा कब्जा गरेकी छन् । पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदकमा चित्त बुझाए पनि त्यसपछिको छैटौं र सातौं राष्ट्रिय खेलमा सुनिताले लगातार स्वर्ण पदक जित्दै आएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ भगतपुरका उनले स्वर्ण पदक सहजै जितेकी होइनन । कञ्चनपुरकै पहिलो जुडो खेलाडी सुनिताले…

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…