Page header hundai

विचार/ब्लग

  • समवेदना कसले पाउला पहिले ?

    नेपाली काँग्रेस समाप्त भएको देख्ने चाहना केपी ओलीलाई भएछ । उनले शेरबहादुर देउवालाई काँग्रेसको अन्तिम प्रधानमन्त्री देखेछन् । छुद्रताको हदमा ओर्लिएर उनले नेपाली काँग्रेसका कार्यकर्तालाई समवेदना समेत दिएछन् । गोरखामा जुन सभामा ओली यी दुव्र्याच्य बोल्दै थिए, उनको यो अराजक उग्रता बुझ्न सकिने खालको थियो । उनी माओवादी अध्यक्ष प्रचण्डका साथ माओवादीको दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्रमा पुगेका थिए र डा. बाबुराम भट्टराईसँग हार्दै गरेको दृश्यबाट अत्तालिएका थिए ।  ओलीको यो चाहना हिजोका निरंकुश शासकको प्रयत्नसँग मिल्दो खालको छ । काँग्रेसलाई जन्मनै नदिन राणा शासकहरुले पनि निकै प्रयत्न गरे । प्रवासमै भए पनि काँग्रेस जन्मियो । त्यही काँग्रेसले…

  • काठमाडौं १ को परीक्षा कि प्रकाशमानको ?

    सम्भवतः क्षेत्रफलको हिसाबले मुलुककै सबैभन्दा सानो निर्वाचन क्षेत्र हो काठमाडौं–१ । मतदाताका हिसाबले पनि सानै हो । कर्णाली अञ्चलका कालिकोट र जुम्लामा भन्दा पनि यो निर्वाचन क्षेत्रमा थोरै मतदाता छन् ।  तर मुलुक जब आमनिर्वाचनमा प्रवेश गर्छ, तब यही निर्वाचन क्षेत्रको सेरोफेरोमा चुनावी चर्चा परिचर्चा सुरु हुन्छ । विगतका आमनिर्वाचन जस्तै यतिबेला पनि काठमाडौं १ सर्वाधिक चासोको केन्द्र बनेको छ । सबैभन्दा सचेत र स्वतन्त्र मतदाता बस्ने निर्वाचन क्षेत्रका रूपमा काठमाडौं १ लाई लिइन्छ । २००७ सालको परिवर्तनयता मुलुकको नीति…

  • इतिहासको अर्थ र अध्ययन क्षेत्र 

    इतिहास मानिसहरूले गरेको उन्नतिको एउटा कथा हो । अर्को अर्थमा इतिहास मानिसहरू उद्विकास हुँदै जाँदा उसले विकास गरेको विचार र बुद्धिको सुनिश्चित पनि भण्डार हो । यो मानिसको सभ्यताको कथा हो । यसले शताब्दीयौँदेखिको मानिसको उकुसमुकुस भएर छोपिएको कौतुहूलताको निवारण गर्दछ । इतिहासको प्रारम्भ पृथ्वीमा मानिसको पाइला परेको दिनदेखि नै भएको मानिन्छ । त्यसैले मानवताको विकासको पूर्ण वा संक्षिप्त रूपरेखा नै इतिहास हो । विभिन्न राष्ट्र, व्यक्ति र वस्तुहरूसँग यो सम्बन्धित एउटा अध्ययन हो । इतिहासबाट मानवलाई सभ्यताको प्रत्येक पाइलालाई…

  • एकदलीय निरंकुश व्यवस्था रोज्ने कि लोकतन्त्र ? 

    देशमा यतिखेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढेको छ । मौसम चिसो बन्दै गए पनि राजनीति तात्दैछ । राजनीतिक दलका उम्मेदवारहरू मतदातालाई फकाउँदै छन् । बाहिरबाट चुनाव प्रचार शैली विगतको भन्दा कम भड्किलो देखिन्छ, तर भित्रभित्रै पैसाको चलखेल बढेको सजिलै अनुमान गर्न सकिन्छ । जनतालाई टोपी र टिसर्ट दिएर आकर्षित गर्ने काम भइरहेको छ । केही ठाउँमा त उम्मेदवारले रकम बाँडेका खबर पनि आएका छन् । कोही ठाउँमा बन्दुक र गोली बरामद भएका छन् ।  समय छँदै जनताका काम गरेर…

  • जनकपुरको प्रतिष्ठासँग जोडिएको निर्वाचन

    राष्ट्रिय मिडियाहरूको मुख्य ध्यान यतिबेला धनुषा ३ मा केन्द्रित देखिएको छ । राजधानी काठमाडौंबाट प्रकाशित–प्रसारित कुनै मिडिया छैनन्, जसले नियमित रूपमा धनुषा ३ को चुनावी गतिविधि उल्लेख गरेका नहुन् । यो निर्वाचन क्षेत्रलाई राष्ट्रिय मिडियाहरूले यति धेरै प्राथमिकता दिनुको कारण के होला ? यो प्रश्नको उत्तरलाई हामी यहाँका मतदाता, बुद्धिजीवी तथा पत्रकार वर्गले गम्भीरतापूर्वक पहिचान गर्न सक्नुपर्छ ।  यो निर्वाचन क्षेत्रको चुनावी परिणामले मुलुकको भावी राजनीतिको दिशा निर्धारण गर्छ । नेता विमलेन्द्र निधिले चुनाव जित्नुभयो भने मुलुकको राजनीति एक ढंगले…

  • लोकतन्त्र भर्सेज अधिनायकवाद

    कांग्रेसविरुद्ध एकीकृत भएका कम्युनिस्टलाई जिताउनु भनेको कम्युनिस्ट अधिनायकवादलाई निम्त्याउनु हो भन्ने कांग्रेसको नाराले गठबन्धनका कारण आफूलाई बलियो ठानेका एमाले माओवादी अचानक प्रतिरक्षात्मक बनेका छन् । सधैं कम्युनिस्ट आक्रमणको प्रतिवादमा केन्द्रित हुनुपरेको कांग्रेस पहिलोपटक कम्युनिस्ट एकताविरुद्ध आक्रामक बनेको छ । यसको प्रतिरक्षामै एमाले माओवादीका सबै नारा ओझेलमा परेका छन् । यो गठबन्धन लोकतन्त्रका पक्षमा छैन भन्ने उसको मूल नारामै प्रस्ट छ । घोषणापत्रको मुखपृष्ठमा ‘स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ††’ भनेर उसले चुनाव हुनु र…

  • कांग्रेसमा समस्या : बोलीमा एकरूपता, प्रचारमा अराजकता 

    काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पूर्वउपसभापति प्रकाशमान सिंहले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा मत माग्न थालिरहेकै बेला महामन्त्री डा. शशांक कोइरालाले नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्री घोषणा गरे । बुधबार बेलुका बिबिसीसँगको अन्तर्वार्ताका क्रममा महामन्त्री कोइरालाद्वारा व्यक्त भनाइले मुलुकको राजनीतिमा तरंग उत्पन्न गराएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस वार कि पारको स्थितिमा होमिरहेकै बेला महामन्त्री कोइरालाले सभापति शेरबहादुर देउवाको समेत आलोचना मात्रै गरेनन्, संविधान निर्माणका बेला नै टुंग्याइएको धर्मनिरपेक्षताको मुद्दामा सधैं जस्तै विवादास्पद अभिव्यक्ति दिए…

  • इतिहास लेखनको पृष्ठभूमि

    विगतमा घटेका घटनाहरूको शृंखलाबद्ध विवरण नै इतिहास हो । मानव सृष्टिको अनौठो र रहस्यमय कहानी छ । सृष्टिको विकासक्रममा कैयौँ योनी पार गरेर निकै ठूलो प्रयासमा मात्र मनुष्यरूपी प्राणी पृथ्वीमा देखापरेको हो । मानव धर्तीमा देखिन थालेपछि विभिन्न युगहरूका नाम पनि उसले प्रयोग गरेका पाषाण हतियारका आधारमा  राखियो । जस्तै, प्राचीन पाषाण युग, मध्य पाषाण युग र नव पाषाण युग आदि । मनुष्य चोला पाए पनि मस्तिष्कको विकासक्रममा प्रकृतिसँग जुध्दै आफ्नो अस्तित्वको विकास गर्नु अर्को चुनौती थियो । एक पछि…

  • अटेन घोषणापत्रमा पर्यटनको सम्भावना, किन ?

    सबै राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा पर्यटन क्षेत्रको विकासलाई उल्लेख त गरेका छन्, तर मुख्य प्राथमिकतामा राखेका छैनन् । जबसम्म सम्भावनाको पहिचान गर्न सकिन्न, तबसम्म आर्थिक समृद्धि र विकास सम्भव छैन । मुख्य राजनीतिक दलहरूको घोषणापत्र सरसर्ती पढ्दा उनीहरूले नेपालको सन्दर्भमा पर्यटन विकासको महत्व बुझ्न सकेको देखिएन । पर्याप्त विदेशी मुद्रा आर्जन नगरेसम्म मुलुक समृद्ध हुन्छ भन्ने कल्पना नगर्दा हुन्छ । नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावना कुन कुन क्षेत्रमा छ त ? भन्नेतर्फ दलहरूले गम्भीर भएर सोचविचार पु-याएको देखिएन…

  • माओवादी समाप्त हुनै पर्ने केही आधार

    काठमाडौं ।  गत शुक्रबार जनार्दन शर्मा चढेको गाडी र शनिबार वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका कार्याकर्ताले बम प्रहार गरे । यी दुई  प्रहारमध्ये एउटा प्रहार सफल भएको भए पनि चुनाव भाँडिन सक्ने अवस्थामा पुग्थ्यो । सौभाग्यवश सरकारी सुरक्षा निकायको उच्च सतर्कताका कारण यी दुवै प्रयास असफल भए । माओवादी केन्द्रले यतिबेला विप्लवसँग खासै ताकत भएको ठानेको छैन । २०५२ सालमा प्रचण्डद्वारा यस्तै आतंक मच्चाउँदा नेपाली कांग्रेसले पनि यस्तै ठानेको थियो । तर प्रचण्डले सुरु गरेको…

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…