Page header hundai

मनोरञ्जन

  • ‘ए मेरो हजुर २’ को लगानीले आशिफ तनावमा

    काठमाडौँ । नायिका झरना थापाले निर्देशन गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले व्यापारिक सफलता हासिल गरेको छ । डेब्यु निर्देशनमै उनले आमदर्शक र समीक्षकबाट राम्रो तारिफ पाएकी छन् । गत शुक्रबार प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’ ले पहिलो साता बक्स अफिसमा उत्साहजनक कलेक्सन गरेको छ । पहिलो तीन दिनमा बम्पर ओपनिङ गर्दै तीन करोड ४३ लाख ग्रस कलेक्सन गरेको चलचित्रले बाँकी चार दिनमा एक करोड ५९ लाख  कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । ‘ए मेरो हजुर २’ ले बलिउड र हलिउड सिनेमालाई पहिलो साताको कमाईमा उछिनेको छ ।  एक सातामै पाँच करोड कमाएर ‘ए मेरो हजुर…

  • बोल्ड दीपिका प्रसाई ऐश्वर्य मार्फत रजतपटमा

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ नायिकाको प्रवेशको लहर नै चलेको छ । सुन्दरता र अभिनय क्षमता दुवै भएका नायिकाको प्रवेशले निर्माता निर्देशकलाई आफ्नो चलचित्रमा लिन सजिलो भएको छ । साम्राज्ञीराज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, मलिना जोशी, अश्लेषा ठकुरी, श्रद्धा प्रसाई, सपना घिमिरे, अदिती बुढाथोकीसँगै अब अर्की नायिकाको प्रवेश भएको छ । उनी हुन् दीपिका प्रसाईं । दीपिका ‘ऐश्वर्य’ चलचित्रमार्फत रजतपटमा डेब्यु गर्दैछिन् ।  रमेश उपे्रेतीले निर्माण गरेको ‘ऐश्वर्य’ को हालै गीत र टिजर सार्वजनिक भएको छ ।…

  • अनमोल केसी र प्रदीप खड्काबीच ‘स्टारडम’ लडाइँ

    काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा युवा पुस्ताको आगमन बढ्दो छ । नयाँ नायक नायिकाको क्रेज दर्शकमा धेरै देखिएको छ । एउटै चलचित्रबाट स्थापित र लोकप्रियताको शिखरमा पुग्ने नयाँ कलाकारको संख्या बढ्दै गएको छ । यिनैमध्येका एक हुन् अनमोल केसी । अनमोलले खेलेका एकपछि अर्को चलचित्र हिट भएका छन् । अनमोलले खेलेका ‘होस्टल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ ब्याक टु ब्याक हिट भएका छन् । ‘कृ’ का लागि अनमोलले २० लाख पारिश्रमिक लिएका थिए । जुन पारिश्रमिक नेपाली कलाकारले अहिलेसम्म लिएकोमध्ये…

  • काण्डैकाण्डले चलचित्र क्षेत्रकै हुर्मत

    काठमाडौं । विगत दुई महिनायता नेपाली चलचित्र क्षेत्रमा एउटा न एउटा काण्डले बजार तताइरहेको छ । कहिले सार्वजनिक कार्यक्रममा हिरो हिरोइनको चुम्बन काण्ड, कहिले नायिकाको अश्लील भिडियो र नांगो तस्बिर सार्वजनिक, कहिले गीत चोरीकाण्ड त कहिले निर्माताले यौन दुव्र्यवहार गरेको नायिकाको आरोप त कहिले चर्चित नायिकाद्वारा पत्रकारलाई ज्यानधम्की । चलेकै कलाकारबाट हुने यस्ता हर्कतका कारण सिने क्षेत्र नै लज्जित हुनुपर्ने अवस्था आएको छ । प्रायः कलाकार आफूलाई चर्चामा राखिरहन विभिन्न प्रोपोगान्डा गरिरहेका हुन्छन् । यही कारण केही कलाकार यस क्षेत्रमा…

  • कुटुमा कुटुपछि मेलिनाले सुन्न सकिनन्

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा हिजोआज ‘कुटुमा कुटु...’ चर्चामा छ । यिनै चर्चित गीतको लोकप्रिय गायिका मेलिना राईद्वारा  स्वरबद्ध नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । चलचित्रका मात्र नभएर ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता लोकप्रिय आधुनिक गीतकी गायिका मेलिनाको ‘सुन्न सकिनँ...’ बोल गीत तथा भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । सार्वजनिक गीत ‘सुन्न सकिनँ...’ दर्शक श्रोताका लागि सुनौ–सुनौ र हेरुँ–हेरुँ’ लाग्न सक्छ । ‘सुन्न सकिनँ’ सार्वजनिकसँगै मेलिनाले हरेक प्रकारका गीत गाउन सक्छिन् भन्ने उदाहरण पेश गरेकी छन् । यो…

  • फिल्म चलाउन यत्तिसम्म प्रोपोगन्डा

    काठमाडौं । भुवन केसी नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी प्रोपोगन्डा र स्टन्टबाजी गर्ने कलाकारका रूपमा परिचित छन् । आफूले अभिनय र निर्माण गरेको चलचित्र प्रदर्शनका बेला उनी एउटा न एउटा फन्डा गरिरहन्छन् । तर, पछिल्लो समय भुवन केसीलाई धेरै निर्माता निर्देशकले पछ्याइरहेका छन् । त्यसका लागि उनीहरूले आफ्ना चलचित्रबारे केही न केही फन्डा निकाल्ने गर्छन् । नभए कलाकारलाई विवादमा पार्छन् । केही दिनयता नेपाली चलचित्र क्षेत्रमा घटेका विभिन्न घटनाक्रमले त्यसलाई पुष्टि गर्दै लगेको छ । दुई वर्षपछि भुवन केसीले निर्माण…

  • निशा र शरदपछि लगनगाँठो कस्नेमा को को छन् ?

    काठमाडौं । नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर विवाह बन्धनमा बाँधिएका छन् । लामो समयको प्रेम सम्बन्धलाई शुक्रबार उनीहरुले विवाहमा परिणत गरेका हुन् । काठमाडौंको अन्नपूर्ण होटेलमा हिन्दु परम्पराअनुसार निशा र शरदको विवाह भएको थियो । वैवाहिक समारोहमा गोडा धुनेबाहेकका सबै कार्यक्रम गर्न निशा र शरदले पूरोहितलाई आग्रह गरेपछि त्यसैअनुसार विवाह सम्पन्न भएको हो । निशाले वैवाहिक समारोहमा केही संस्कार छाडेको विषयबारे शनिबार फेसबुकमार्फत प्रस्टीकरण दिएकी छन् । उनले केही मन्त्र र संस्कार नगर्दैमा विवाहको रीत नपुग्ने भन्ने हुँदैन…

  • हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठनमा नयाँ नेतृत्व

    काठमाडौं । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। आइबार सम्पन्न प्रतिष्ठानको साधारण सभाले १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । मगर अघिल्लो कार्य समितिमा अध्यक्ष हुनुनुहन्थ्यो भने कृष्ण रानाभाट सचिव हुनुहुन्थ्यो । नवनिर्वाचित केन्द्रीय कार्य समितिको प्रथम उपाध्यक्षमा लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा पत्रकार नआनन्त प्रसाद अर्याल र महिला उपाध्यक्षमा कमला पोखरेल तथा कृष्ण रानाभाट महासचिव, पत्रकार राज कुमार राई सचिव तथा…

  • साउनमा प्रदर्शन हुँदै डा...खाते

    काठमाडौं । निर्माण भएको लामो समयपछि आगामी साउनमा चलचित्र डा...खाते हलहरूमा लाग्ने भएको छ । रोशनी केसी निर्माता रहेको सो चलचित्रको निर्देशन रवि अर्यालले गरेका हुन् । साउन ६ गते राजधानीसहित मुलुकका मुख्य मुख्य सहरमा डा...खाते रिलिज हुने निर्माता केसीको भनाइ छ । रोशनी केसी, सम्राट सापकोटा, शिल्पा पोखरेललगायतका कलाकारको अभिनय रहेको डा...खाते सडक बालबालिकाको कथावस्तुमा आधारित चलचित्र हो । वास्तविक कथावस्तुमा आधारित यस चलचित्रमा सडकमा बस्ने बालबालिकालाई कसरी प्रयोग, उपयोग र शोषण गरिन्छ भन्ने देखाउन खोजिएको निर्माता केसीले जानकारी…

  • भदौमा नयाँ चलचित्रको बाढी, कलाकार चिन्तामा

    काठमाडौं । नेपाली चलचित्रको मुख्य सिजन भदौ र असोज महिनालाई मानिन्छ । यी दुई महिनामा नेपालीहरूको ठूला र महत्वपूर्ण चाडपर्व पर्ने भएकाले पनि यसबेला चलचित्रको व्यापार राम्रो हुने गरेको छ । आजसम्म भदौ र असोज महिनामा रिलिज गरिएका करिब ७० प्रतिशत चलचित्रले राम्रै कमाई गरेकाले पनि निर्माता निर्देशकहरू हिजोआज सुटिङ सुरु हुनुअघि नै भदौ र असोज महिनामा आफ्नो चलचित्रको रिलिज डेट तोक्ने प्रचलन सुरु भएको छ । जसले गर्दा भदौ र असोज महिनामा चलचित्र चलाउनेै कठिन भएको निर्देशक दयाराम दाहाल…

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…