Page header hundai

अर्थ व्यवसाय

  • पब्लिक प्राइभेट पार्टनरसीपको उत्कृष्ट नमुना

    कालिका महत साल्ट ट्रेडिङ कर्पोरेसन मूलतः व्यापारिक संस्था हो । जसलाई पब्लिक प्राइभेट पार्टनरसीपको उत्कृष्ट नमुनाका रूपमा लिने गरिन्छ । यो संस्थाले विगत ४० वर्षदेखि निरन्तर उपभोक्तालाई सेवा गरिरहेको मात्रै छैन,  अत्यावश्यकीय उपभोग्य वस्तुमा नाफाखोर व्यापारीहरूबाट हुन सक्ने कालोबजारी रोकेको छ । बजारमा हस्तक्षेप गर्दै दैनिक उपभोग्य सामानको मूल्य नियन्त्रणमा साल्ट ट्रेडिङले मद्दत पु¥याएको छ । उच्चगुणस्तर, उचित मूल्य एवं वर्षभरि मुलुकमा सरल सुलभ रूपमा आपूर्ति व्यवस्था मिलाउन कर्पोरेसन सफल भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई अति आवश्यक भएका वस्तुहरू नून, चिनी, मैदा, पीठो, सुजी, चामल, दाल, घ्यू, तेल, रासायनिक मल, कोइला आदि वस्तुहरूमा व्यापार गर्दछ । मुनाफाभन्दा पनि…

  • इन्भेष्टमेन्ट बैंकले बोनस सेयर वितरण गर्ने

    नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले असार ६ गतेदेखि गत आर्थिक बर्षको मुनाफबाट आफ्ना सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले सेयर अभौतिकिकरण गरिसकेका लगानीकर्ताहरुलाई उनीहरुकै हितग्राही खातामा नै बोनस जम्मा गरेको जनाएको छ । आफ्नो सेयर अभौतिकिकरण नगराएका सेयरधनीलाई भने बैंकले असार ६ देखि २० गतेसम्म चरणबद्ध रुपमा एनआईबिएल क्यापिटल लाजिम्पाटबाट वितरण गर्ने भएको हो ।

  • सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई गाभ्न विशेष साधारण गर्ने

    सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सलाई आपूmमा गाम्भ असार १८ गते विशेष साधारणसभा बोलाएको छ । उता सगरमाथा फाईनान्स कम्पनीले पनि सोही दिन विशेष साधारणसभा बोलाएको छ । यसभन्दा पहिला अरनिको डेभलपमेन्ट र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई आपूmमा समाहित गरी एकीकृत कारोबार थालिसकेको बैंकले सगरमाथा फाइनान्सलाई गाभ्न विशेष साधारणसभा बोलाएको हो । सभामा सम्पत्ति तथा दायित्व मूल्यांकनबाट निर्धारण गरिएको सगरमाथाको एक सय कित्ता बराबर सेञ्चुरीको ९५ कित्ता सेयर अनुपात स्वीकृत गर्ने तथा अन्य प्राप्ती सम्बन्धी  विशेष प्रस्तावहरु आपसी समझदारीमा मिलाउने भएका छन्…

  • लक्ष्मी बैंक र गुडविल फाइनान्सकोे सेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंक र गुडविल फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । लक्ष्मी बैंकको १८ दशमलब २९ प्रतिशत बोनस तथा गुडविल फाइनान्सको ६० प्रतिशत हकप्रद पश्चातको सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले लक्ष्मी बैंकको बोनस समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ तोकेको छ । त्यस आधार सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ कायम भएको छ । शतप्रतिशत हकप्रद बिक्री गरेको लक्ष्मीले हकप्रदले समेत पाउनेगरी बोनस वितरण गर्न लागेको हो । बैंकले आगामी असार १३ गते साधारणसभा बोलाएको छ ।…

  • प्रिमियर इन्स्योरेन्सको एफपीओको मूल्य घट्यो

    प्रिमियर इन्स्योरेन्स कम्पनीले जारी गर्ने थप नयाँ साधारण सेयर अर्थात एफपीओको मूल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको हो । यसअघि कम्पनीले प्रिमियम सहित प्रतिकित्ता एक हजार चार रुपैयाँमा एफपीओ बिक्री गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका अनुसार एफपीओको मूल्य निर्धारण जरी जिज्ञप्तिमार्पm जनाएको छ । कम्पनीले अब प्रतिकित्ता अंकित एक सय रुपैयाँमा ७९५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको…

  • एनबी इन्स्योरेन्सले शतप्रतिशत हकप्रद दिने

    एनबी इन्स्योरेन्सले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयरका लागि असार ५ गतेदेखि विक्री खुला गरेको छ । कम्पनीले २७ लाख कित्ता हकप्रद सेयर  जारी गरेको हो । जेठ ३ गतेसम्म यस कम्पनीको सेयर किनेका लगानीकर्ताले शतप्रतिशत हकप्रदमा साउन ९ गतेसम्म आवेदन गर्न सक्नेछन् । कम्पनीले हकप्रद सेयर जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुुक्त गरेको छ । हकप्रदमा उपत्यकाभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, एनबी इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल, शाखा कार्यालयहरु गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन गर्न…

  • मिर्मिरे माईक्रोफाईनान्सको ५० प्रतिशत हकप्रद खुल्यो

    मिर्मिरे माईक्रोफाईनान्सले असार असार ५ गतेबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको छ । लघुवित्तले एक करोड पचास लाख रुपैयाँको एक लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । असार ५ गते निष्काशन खुला भएको मिर्मिरेको हकप्रद साउन ८ गते बन्द हुनेछ । कम्पनीले जेठ १७ गते सेयरधनी किताब बन्द गरेकाले त्यसभन्दा अघिल्लो दिन जेठ १६ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र ५० प्रतिशत हकप्रदमा सामेल हुन पाउनेछन् । हकप्रद निष्काशनका लागि लघुवित्तले प्रभु क्यापिटललाई सेयर…

  • लुम्बिनी जनरल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद

    लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद सेयर जारी गर्न यही असार १३ गतेबाट सेयरधनी किताब बन्द गर्न लागेको हो । असार १२ गतेसम्म सेयर किन्ने सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा सामेल हुन पाउने छन् । चुक्ता पूँजी ३९ करोड रुपैयाँ रहेको लुम्बिनी जनरलको हकप्रद सेयर निस्काशनपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया पु¥याउन कम्पनीले २८ करोड रुपैंया पूँजी थप्नुपर्छ । कम्पनीले हकप्रद जारी…

  • अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण बाहिर

    काठमाडौं । अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा नियन्त्रण गर्न राष्ट्र बैंकले दिएको निर्देशनलाई निजि क्षेत्रका बैकहरूले धोति लगाइदिएका छन् । यस्तो कर्जा  माघमा झन् बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७३–०७४ को अर्धवार्षिक समीक्षापछि ओभरड्राट, घरजग्गा कर्जा, हायर पर्चेज र सेयर मार्जिन कर्जा घटाउने निर्देशन दिएको थियो । तर उक्त निर्देशन पछि झन् बढेको छ ।  बैंक वित्तीय संस्थाले माघमा ३४२ अर्ब २० करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा प्रवाह गरेका छन् ।   गत पुसमा बैंकहरूले ३४१ अर्ब ३०…

  • फास्ट ट्रयाकको विकल्प खोज्ने कि घाटा सहने ?

    भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिब धनबहादुर तामाङका अनुसार काठमाडौं–तराई फास्ट ट्रयाक निर्माण एक वर्ष मात्रै  ढिलाइ हुँदा देशलाई १४ अर्ब क्षति हुने देखिएको छ । मुद्रास्फिति तथा ब्यापार घाटामा हुने वृद्धि कारण काठमाडौं–तराई फास्ट ट्रयाक एक वर्ष मात्रै ढिलाइ हुँदा पनि १४ अर्ब क्षति हुने उनको अनुमान छ । तर फास्ट ट्रयाकको निर्माण झन्–झन् जटिल बन्दै गएको छ । खोकना क्षेत्रको ६ किमी सडक आसपासमा मुआब्जा विवाद सुरु भएको छ । आफ्नो जग्गाको मूल्यको तुलनामा ज्यादै कम मुआब्जा…

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…