Page header hundai

  • काठमाडौं । विगत दुई महिनायता नेपाली चलचित्र क्षेत्रमा एउटा न एउटा काण्डले बजार तताइरहेको छ । कहिले सार्वजनिक कार्यक्रममा हिरो हिरोइनको चुम्बन काण्ड, कहिले नायिकाको अश्लील भिडियो र नांगो तस्बिर सार्वजनिक, कहिले गीत चोरीकाण्ड त कहिले निर्माताले यौन दुव्र्यवहार गरेको नायिकाको आरोप त कहिले चर्चित नायिकाद्वारा पत्रकारलाई ज्यानधम्की । चलेकै कलाकारबाट हुने यस्ता हर्कतका कारण सिने क्षेत्र नै लज्जित हुनुपर्ने अवस्था आएको छ । प्रायः कलाकार आफूलाई चर्चामा राखिरहन विभिन्न प्रोपोगान्डा गरिरहेका हुन्छन् । यही कारण केही कलाकार यस क्षेत्रमा टिकिरहेका छन् पनि ।

    आयुष्मानलाई किस गरेपछि प्रियंका गुमनाम
    दुई महिनाअघि नायिका प्रियंका कार्की र नायक आयुष्मानदेशराज श्रेष्ठको चुम्बन काण्डले नेपाली चलचित्र क्षेत्रमै तरंग ल्यायो । चलचित्र छायाँकनका वा कोही नभएका बेला कलाकारको चुम्बन त्यति चर्चामा नआए पनि प्रियंका र आयुष्मानले सार्वजनिक कार्यक्रममै किस गरेपछि त्यसले तरंग ल्याएको हो । आफ्नो परिवारका सदस्यकै अघि त्यस्तो हर्कत गरेपछि प्रियंका र आयुष्मानको धेरै आलोचना भएको थियो । सो किस काण्डपछि प्रियंका एकाएक चलचित्र क्षेत्रबाटै गायब भइन् । उनी त्यसलगत्तै अमेरिका गएकोमा अझै फर्किएकी छैनन् । प्रियंका अमेरिका गएपछि आयुष्मान उनलाई भेट्न उतै जाने तर्खरमा छन् ।

    कसको थियो अश्लील भिडियो ?
    केही हप्ताअघि एक नायिकाको अश्लील भिडियो भाइरल बनेको थियो । नेपाली चलचित्रमा सक्रिय रहेकी उक्त नायिकाले भाइरल भएको भिडियो आफ्नो नभएको दाबी गरे पनि उनकै भएको भन्दै खबर सार्वजनिक भए । पोर्न हबमा समेत राखिएको उक्त भिडियोको बारेमा आफूले उजुरी समेत गरेको ती नायिकाले जानकारी दिएकी थिइन् । सामाजिक सञ्जाल र चलचित्र क्षेत्रमा सो भिडियो नायिका सुरविना कार्कीको भन्दै व्यापक चर्चा भएको छ । अधिकांश समय भारत र विदेश जानेमा सुरविना अग्रपंक्तिमा पर्छिन् ।

    सुजना ढकालको नांगो तस्बिर
    नायिकाको भिडियो भाइरल बनेको हप्ता दिन पनि नबित्दै सुजना ढकाल नाम गरेकी एक मोडलले आफ्नो नांगो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिन् । मध्यरातमा पोस्ट गरेको तस्बिरमा उनको हातमा बियर थियो भने आफ्नो संवेदनशील अंग उनले हात र बियर बोतलले छोपिएको छ । तर, ढकालले आफ्नो मोबाइल हराएको र मोबाइलमा भएको फोटो कसैले पोस्ट गरेको फेसबुकमा उल्लेख गरेकी थिइन् । उनले आफू होटलमा रहँदा गर्मीको कारण लुगा नलगाएको र सोही समय दिदीले तस्बिर खिचिदिएको तर्क गरेकी छन् । त्यो मात्र होइन, केही समयअघि बेलायतको लन्डनमा सम्पन्न चलचित्र अवार्डमा एक चर्चित नायक र नायिकाको नग्न अवस्थामा एउटै बेडमा सुतेको फोटो बाहिरिएको थियो । विवाहित ती नायकको फोटो सार्वजनिक नभए पनि सीमित व्यक्तिसम्म भने लिक भएको छ ।

    सुनिल र स्यारोनको झगडा मिलाइयो
    असार ३० गते प्रदर्शन भएको चलचित्र ‘सायद २’ की नवनायिका स्यारोन श्रेष्ठले चलचित्र चलेको केही दिन नबित्दै निर्माता सुनिल रावलले यौन दुव्र्यवहार (सेक्स ह्यारेसमेन्ट) गरेको खुलासा गरेकी थिइन् । पत्रकार सम्मेलन गर्दै उनले निर्माता रावलले आफूलाई प्रेमिका बन्नेदेखि लिएर छायांकनको समयमा शारीरिक र मानसिक तनाव दिएको बताएकी थिइन् । स्यारोनले रावलको बारेमा खुलासा गरेसँगै चर्चित मोडल तथा नायिका प्रकृति श्रेष्ठले फेसबुकमा स्टाटस राख्दै स्यारोनलाई साथ दिएकी थिइन् । रावलले नै निर्माण गरेको चलचित्र ‘होस्टेल’ मा काम गरेकी प्रकृतिले आफूलाई काम गरेको पैसा नदिने, कलाकारलाई हेप्ने गरेको लेखेकी थिइन् । हाल प्रकृति अस्ट्रेलियामा छिन् । सम्भावना बोकेकी नायिकाको रूपमा रहेकी प्रकृति म्युजिक भिडियोलगायत केही चलचित्रमा काम गरिसकेकी छन् । तर, निर्माता सुनिल रावल र नायिका स्यारोन श्रेष्ठबीच गत सोमबार मिलेमतो भएको छ । चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघका पदाधिकारीको दबाबमा सुनिल र स्यारोनबीच आइन्दाले एकले अर्कोलाई गालीगलौज नगर्ने, कसैको बारेमा टीकाटिप्पणी नगर्ने सहमति भएको छ । तर, सिनेबजारमा सुनिलले धम्की दिएपछि स्यारोनले सहमति गरेको चर्चा चलेको छ । यद्यपि त्यसबारे कुनै तथ्य बाहिर आएको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारी र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले दुवैलाई मिल्न दबाब दिएको बताइएको छ ।

    दुवै पत्रकारलाई निर्माता र नायिकाको धम्की
    केही समयअघि चलचित्र ‘प्रेमगीत २’ को बारेमा नराम्रो समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार मनिष दाहाललाई ज्यान मार्ने धम्की आएको थियो । दाहालले आफूले कुनै गलत नलेखेको भन्दै कानुनअनुसार अघि बढ्न चुनौती दिए पनि पछि त्यो केस त्यत्तिकै सेलायो । तर, त्यसको केही समयपछि चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य रहेका उत्सव रसाइलीलाई अभिनेत्री निर्माता सुस्मिता केसीले ज्यान मार्नेसमेत धम्की दिइन् । सुरुमा उनले पत्रकार रसाइलीलाई ‘रसाइली जात के हो ?’ भनेर सोधेकी थिइन् । त्यही इस्युलाई लिएर रसाइलीले फेसबुकमा सुस्मिताविरुद्ध कडा टिप्पणी लेखेपछि स्थितिले तनाव सिर्जना गरेको थियो ।
    रसाइलीले आफूलाई अभिनेत्री सुस्मिताले ज्यान धम्की दिएको भन्दै प्रहरी प्रशासन गुहारेपछि सो विवाद माफी मगाएर टुंग्याइएको छ । रसाइलीले ‘युवा स्टार अनमोल केसीकी आदरणीय आमा सुस्मिता केसीले मलाई पर्सनल च्याटमा यसरी जात के हो ? भनेर सोध्नु भयो । म दलित समुदायमा पर्दछु । मेरो आफ्नो र अन्य सम्पूर्ण समुदायप्रति सम्मान छ । थप अरु के जान्न चाहानुहुन्छ ? र, सुस्मिता बम्जन उर्फ केसी तपाईलाई रमाइलो गर्ने साह्रो सोख चलेछ, आउनुस् स्टार मलको पहिलो तल्लामा बसेर धित मरुञ्जेल रमाइलो गराइदिन्छु र म भाइ हो कि बैनी त्यो पनि प्रस्टसँग देखाइदिन्छु । अनमोल केसी आमालाई सम्हाल्नुस्, आमाको रोग पहिचान गरेर बेलैमा उपचार गर्दा करिअर थप उज्न्वल हुन्छ’ लेखेका थिए । सो स्टाटस लेखेको केही समय नबित्दै सुस्मिताले रसाइलीलाई फोन गरेर धम्काएकी थिइन् ।
    पछिल्लो समय ‘छक्का पञ्जा २’ को गीत चोरी गरेको भन्दै निर्माता दीपकराज गिरीको हुर्मत लिने काम भइरहेको छ । सो विषयमा सामाजिक सञ्जालदेदि सञ्चारमाध्यममा फिल्म युनिट र अरुको जुहारी नै चलेको छ ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…