Page header hundai

  • काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा हिजोआज ‘कुटुमा कुटु...’ चर्चामा छ । यिनै चर्चित गीतको लोकप्रिय गायिका मेलिना राईद्वारा  स्वरबद्ध नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ ।
    चलचित्रका मात्र नभएर ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता लोकप्रिय आधुनिक गीतकी गायिका मेलिनाको ‘सुन्न सकिनँ...’ बोल गीत तथा भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । सार्वजनिक गीत ‘सुन्न सकिनँ...’ दर्शक श्रोताका लागि सुनौ–सुनौ र हेरुँ–हेरुँ’ लाग्न सक्छ ।
    ‘सुन्न सकिनँ’ सार्वजनिकसँगै मेलिनाले हरेक प्रकारका गीत गाउन सक्छिन् भन्ने उदाहरण पेश गरेकी छन् । यो प्रेम वियोगात्मक गीत हो, जसलाई मेलिनाले गायन प्रस्तुतीतमा पनि त्यो भाव पस्केकी छन् ।
    राजेश अर्यालको शब्द र टंक बुढाथोकीको संगीत रहेको यसमा म्युजिक भिडियो निर्देशक तथा गीतकारसमेत रहेका दर्पण राई र मोडल सम्झना राईले अभिनय गरेका छन् । ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता सुपरहिट गीतका गीतकार दर्पण र सम्झनाका अलावा यस भिडियोमा रुपा केसीको पनि अभिनय छ । भिडियोमा दर्पण, सम्झना र रुपको त्रिकोणात्मक प्रेमकथा झल्काइएको छ, जसका कारण त्यो प्रेम वियोगात्कम बनेको छ ।
    यस भिडियोलाई सशांक कँडेलले निर्देशन गरेका हुन् । चितवनमा छायांकन गरिएको ‘सुन्न सकिनँ’ गीतको यस भिडियोलाई राजकुमार लामिछानेले खिचेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ । यस गीत तथा भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेछन् भन्नेमा एमएमएस इन्टरटेनमेन्टका दर्पण ढुक्क छन् ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…