Page header hundai

  • काठमाडौं । भुवन केसी नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी प्रोपोगन्डा र स्टन्टबाजी गर्ने कलाकारका रूपमा परिचित छन् । आफूले अभिनय र निर्माण गरेको चलचित्र प्रदर्शनका बेला उनी एउटा न एउटा फन्डा गरिरहन्छन् । तर, पछिल्लो समय भुवन केसीलाई धेरै निर्माता निर्देशकले पछ्याइरहेका छन् । त्यसका लागि उनीहरूले आफ्ना चलचित्रबारे केही न केही फन्डा निकाल्ने गर्छन् । नभए कलाकारलाई विवादमा पार्छन् । केही दिनयता नेपाली चलचित्र क्षेत्रमा घटेका विभिन्न घटनाक्रमले त्यसलाई पुष्टि गर्दै लगेको छ ।
    दुई वर्षपछि भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’ प्रदर्शनमा आउन लागेको छ । जुन चलचित्रको एउटा निर्मातामा भुवन पनि रहेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ यस वर्षको बहुप्रतिक्षित चलचित्र हो । आगामी कात्तिक २ गते रिलिज हुने भनिएको ‘कृ’ मा अनमोल केसी एक्सन अवतारमा देखिएका छन् । ‘कृ’ मा उनले निभाएको भूमिकाको लुक्स सार्वजनिक हुन सुरु भइसकेको छ ।
    यही क्रममा बिहीबार बिहान भुवन केसीले अनमोल केसी सानो छँदाको तस्बिर आफ्नो फेसबुकमा राखेर ‘कृ’ को प्रचार प्रसार सुरु गरेका छन् । अनमोल सानो छँदाका करिब १० वटा र ‘कृ’ मा उनको लुक्स तस्बिर भुवनले सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘माई लिटिल कृ अनमोल विफोर एन्ड आफ्टर ।’ पछिल्लो समय सामाजिक सञ्जालमा अनमोलका धेरै फ्लोअर्स भएकाले पनि भुवनको यो फन्डाले काम गर्ने देखिन्छ । किनभने अनमोल केसी सानामा कस्ता थिए ? भन्ने दर्शकलाई थाहा पाउन सजिलो हुन्छ ।

    ‘प्रेमगीत २ र म यस्तो गीत गाउँछु’ को प्रचार स्टन्ट
    यतिखेर दुई चलचित्रको प्रचार प्रसारमा ठूलो कम्पिटिसन छ । त्यो हो ‘प्रेमगीत २’ र ‘म यस्तो गीत गाउँछु’ को । अघिल्लोचोटि यी दुवै चलचित्रका निर्माताले संयुक्त रूपमा ‘प्रेमगीत’ चलचित्र निर्माण गरेका थिए । जसलाई दर्शकले मन पराइदिए । त्यसपछि सो चलचित्रका निर्माताबीच मनमुटाव सुरु भयो । ‘प्रेमगीत २’ को निर्देशन रामशरण पाठकले गरे भने सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ शीर्षकको चलचित्र निर्देशन गरेका छन् ।
    ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा र पल शाहका साथै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।
    अर्कोतर्फ ‘प्रेमगीत २’ चाहिँ ‘प्रेमगीत’ चलचित्रका निर्माता सन्तोष सेनले गरेका हुन् । ‘प्रेम गीत २’ फिल्म युनिटले प्रचार प्रसारमा ‘म यस्तो गीत गाउँछु’ लाई उछिनेको छ । यसले विभिन्न सहरमा कन्सर्ट आयोजना गरेको छ । केही दिनअघि कन्सर्ट आयोजनाकै क्रममा नृत्य गर्दा स्टेजमै ‘प्रेमगीत २’ की नायिका अश्लेषा ठकुरीको पछाडिपट्टिको पूरै भाग देखिएको विषय युट्युवमा भाइरल भयो । अश्लेषाले जानीजानी भित्रको वस्त्र नलगाई स्टेजमा डान्स गरेको आरोप उनीमाथि लागेको छ । ‘प्रेमगीत २’ मा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ ।

    ‘लाउरे’ की नायिका सृष्टिको नसा काण्ड
    पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले आत्महत्याको प्रयास गरेको भन्ने खबरले बितेको साता नेपाली चलचित्र क्षेत्र निकै तात्यो । सृष्टिको थापाथलीस्थित नर्भीक हस्पिटलमा उपचार गरिएको थियो । सृष्टिलाई रगतपिच्छे भएको अवस्थामा शनिबार अपराह्न पौने ४ बजे हस्पिटल लगिएको थियो । दाहिने नाडीको नसामा गहिरो चोट लागेकाले धेरै रगत आएकाले सोही राति उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिसकेपछि सोही दिन राति उनलाई पोस्टअपरेटिभ वार्डमा राखिएको र आइतबार डिलक्स वार्डमा सारिएको थियो ।
    सृष्टिलाई भेट्न उनी निकटका केही कलाकार सोमबार बिहान अस्पताल पुगेपछि घटनाको रहस्य बाहिर आएको हो । सृष्टिको दाहिने नाडीको नसा गहिरो भएकाले धेरैले यसलाई उनले आत्महत्याको प्रयास गरेको रूपमा लिएका छन् । तर, पारिवारिक स्रोतले यो कुरा बाहिर नल्याउन भनेकाले पनि घटना गम्भीर प्रकृतिको भएको बुझिएको छ । ‘घटनाको यथार्थता बाहिर आएको जस्तो हुन सक्छ, तर विरामीको अवस्थालाई मध्यनजर गर्दै धेरै भन्न मिल्दैन,’ अस्पताल स्रोतले भन्यो ।
    सृष्टि र सौगात मल्ल केही समययता प्रेम सम्बन्धमा छन् । केही दिनदेखि सृष्टि चलचित्र ‘लाउरे’ को सुटिङमा थिइन् । ‘लाउरे’ चलचित्र युनिटमा केही समययता भएको टेन्सन पनि घटनाको कारक रूपमा लिइएको छ । निर्देशक निगम श्रेष्ठलाई निकालिएको छ । अत्यधिक रक्सी सेवन गरेर चलचित्र युनिटमा आबद्ध कलाकार तथा प्राविधिकलाई दुव्र्यवहार गरेकाले उनलाई निकालिएको बुझिएको छ । धेरैले ‘लाउरे’ चलचित्रको प्रोमोसन गर्न पनि यस्तो घटना सार्वजनिक गरिएको टिप्पणी गरेका छन् । तर, सृष्टिका आफन्तहरूले भने घरमा झ्यालको सिसाले काटेकाले उनको हातमा रगत बढी आएको बताएका छन् । सृष्टिले हस्पिटलमा उपचार गराइरहेको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

    निशा अधिकारीले फेरि बजार तताइन्
    नायिका निशा अधिकारी बेला बेला चर्चा र विवादमा आइरहन्छिन् । हालै मात्र क्रिकेटर शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी निशाबारे उनको पूर्वप्रेमीको टिप्पणीले चलचित्र क्षेत्र तातेको छ । उनका पूर्वप्रेमी दावा स्टिभेन शेर्पाले निशासँग कार फिर्ता मागेपछि र त्यसबारे निशाको प्रस्टीकरण र कदमले सिंगो चलचित्र क्षेत्र गर्माएको छ । शेर्पा हाल नायिका नम्रता श्रेष्ठसँग प्रेममा छन् । यसअघि उनी सुहाना बज्राचार्यसँग प्रेम सम्बन्धमा थिए । उनले निशाले शरदसँग बिहे गरेलगत्तै कार फिर्ता दिन आग्रह गरेको समाचार बाहिर आएको थियो । निशाले आफू र आफ्नो परिवारलाई विवादमा पार्न यस्ता घटना बाहिर ल्याइएको जनाएकी छन् ।

     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…