Page header hundai

  • काठमाडौं । नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर विवाह बन्धनमा बाँधिएका छन् । लामो समयको प्रेम सम्बन्धलाई शुक्रबार उनीहरुले विवाहमा परिणत गरेका हुन् । काठमाडौंको अन्नपूर्ण होटेलमा हिन्दु परम्पराअनुसार निशा र शरदको विवाह भएको थियो । वैवाहिक समारोहमा गोडा धुनेबाहेकका सबै कार्यक्रम गर्न निशा र शरदले पूरोहितलाई आग्रह गरेपछि त्यसैअनुसार विवाह सम्पन्न भएको हो । निशाले वैवाहिक समारोहमा केही संस्कार छाडेको विषयबारे शनिबार फेसबुकमार्फत प्रस्टीकरण दिएकी छन् । उनले केही मन्त्र र संस्कार नगर्दैमा विवाहको रीत नपुग्ने भन्ने हुँदैन भन्दै आफूले अनावश्यक संस्कार र मन्त्र गर्न नदिएको उल्लेख गरेकी छन् ।
    निशाले विवाह समारोहमा दुवै परिवारका केही सीमित र मिल्ने साथीहरु मात्र सहभागी गराउन सकेकोे, तर परिवारकै सहमतिमा मिडियालाई बोलाउन नसकेको उल्लेख गरेकी छन् । आफ्नो परिवार मिडिया फ्रेन्डली नभएकाले केही सीमित व्यक्तिमात्र विवाहमा सरिक भएको बताएकी छन् । उनले चार वर्षे आफ्नो प्रेम सम्बन्धलाई धैर्यतापूर्वक शरद भेषवाकरले पूरा गरेको भन्दै उनलाई विशेष धन्यवादसमेत दिएकी छन् । उनले आफ्नो विवाहलाई क्रिकेट खेलसँग उल्लेख गरेकी छन् । निशा र शरदले आइतबार नक्सालस्थित एक बैंक्वेटमा प्रीतिभोजको आयोजना गरेका थिए । सो अवसरमा सयौं चलचित्र र खेल क्षेत्रका व्यक्तित्व सामेल भएका थिए ।
    नेपालमा पहिलो पटक क्रिकेट र फिल्मको सम्बन्ध जोडिएको हो । भारतमा क्रिकेट र फिल्म सधैं एकअर्कामा आकर्षित भएको देखिन्छ । यो भारतको संस्कार नै जस्तै छ । मोहम्मद अजहरुद्दिन–संगीता विजलानी, रवि शास्त्री–अमृता सिंह, मोहसिन खान (पाकिस्तानी क्रिकेटर)–रिना रोयको लभ अफेयर निकै चर्चित थियो । सौरभ गांगुली–नगमा पनि प्रेमकै कारण चर्चाको उत्कर्षमा रहे । भारतका वर्तमान कप्तान विराट कोहलीको नायिका अनुष्का शर्मासँगको अफेयरले बलिउड र भारतीय क्रिकेटलाई तानेको छ । नेपालमा पनि चलचित्र र क्रिकेटरलाई जोड्ने काम निशा अधिकारी र शरद भेषवाकरले गरेका छन् ।
    एक महिनाअघिसम्म पनि निशाले शरदसँग विवाह गर्नेबारे कसैलाई जानकारीसमेत दिएकी थिइनन् । अमेरिकाबाट फिल्म कोर्ष पूरा गरेर आएपछि निशा र शरद प्रेममा परेका थिए । नेपालले खुल्ने हरेक क्रिकेट म्याचमा निशा सके मैदानमै नभए सामाजिक सञ्जालमार्फत शरदलाई शुभेच्छा दिइरहन्थिन् । मिडियामा शरद र निशाबीच प्रेम सम्बन्ध भएको चर्चा हुँदा पनि निशाले त्यसको ठाडै खण्डन गरिरहन्थिन् ।
    गोपीकृष्ण मुभिजका मालिक तथा निर्माता उद्धव पौड्यालका जेठा छोरा निरकसँग निशाको लामो अफेयर चलेको थियो । निशा अमेरिका जानुअघिसम्म पनि दुवैबीच प्रेम सम्बन्ध थियो । गोपीकृष्ण मुभिजले निर्माण गरेका अधिकांश चलचित्रमा निशा अधिकारी नै नायिका थिइन् । तर, निशा लामो समय अमेरिका बसेपछि निरकले यहाँ अर्कैसँग विवाह गरेपछि दुवैबीचको प्रेम सम्बन्ध टुुटेको थियो । त्यसपछि निशा चलचित्र अभिनयका साथै सगरमाथा चढ्ने अभियानमा लागिन् । सोही सेरोफेरोमा निशा शरदसँग नजिकिन पुगेकी हुन् ।

    को को छन् प्रेममा ?
    निशा अधिकारीले प्रेमलाई बिहेमा परिणत गरेपछि नेपाली चलचित्र क्षेत्रका अन्य कलाकार पनि बिहे गर्ने मनस्थितिमा पुगेका छन् । जसमध्ये नायिका प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठ, सुदर्शन थापा र पूजा शर्मा, संजोग कोइराला र वर्षा राउत, पल शाह र आँचल शर्मा, प्रदीप खड्का र अश्लेषा ठकुरीलगायत छन् । नायक सलोन बस्नेत र करिश्मा श्रेष्ठबीचको प्रेम सम्बन्ध भने टुंगिसकेको छ । तैपनि मिडियामा दुवैबीच अहिले पनि प्रेम सम्बन्ध रहेको समाचार आइरहेका छन् । दुवै अहिले बाबुकान्छा चलचित्र अभिनयमा व्यस्त छन् ।
    नायिका प्रियंका र आयुष्मानले पनि छिट्टै बिहे गर्ने भएका छन् । यसअघि आयुष्मानको ‘चपली हाइट २’ की नायिका पारामिताराज्यक्ष्मी राणासँग लभ अफेयर्स थियो । एक वर्षको लभ अफेयर्सपछि दुवैबीच सम्बन्ध बिग्रन पुग्यो । प्रियंका भने पति रोचक मैनालीसँग डिभोर्स गरेर अमेरिकाबाट फर्किएकी हुन् । रोचकले अर्कै बिहे गरिसकेका छन् । पछिल्लो समय प्रियंका अभिनित चलचित्र एक पछि अर्को हिट हुँदै गएपछि उनको डिमान्ड बढ्दै गएको छ । तर, आयुष्मानसँग अवार्ड समारोहमै खुलमखुल्ला किस गरेपछि धेरै निर्माता निर्देशक उनीसँग चिढिएका छन् ।

    संजोगलाई वर्षा छुट्टिने डर
    नाइँ नभन्नु ल ४ बाट रजतपटमा प्रवेश गरेकी वर्षा राउत छक्का पञ्जा चलचित्र चलेपछि निकै लोकप्रिय भइन् । उनी विगत पाँच वर्षदेखि संजोग कोइरालासँगको प्रेममा छिन् । तर, वर्षाको लोकप्रियता बढ्दै जान थालेपछि संजोगलाई वर्षा गुम्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । जुन कुरा केही दिनअघि उनले सार्वजनिक गरेका थिए । त्यसैले उनी छिट्टै वर्षासँग विवाह गर्न चाहन्छन् । तर, वर्षाको फिल्मी क्यारियर अगाडि बढ्दै गइरहेकाले उनले अहिले नै बिहेको निर्णय लिन भने सकेका छैनन् ।

    पल शाह दुई युवतीको तानातानमा
    मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेका पल शाहको अहिले निकै डिमान्ड बढ्न थालेको छ । उनी अहिले ‘म यस्तो गीत गाउँछु’ नामक चलचित्रका कारण चर्चामा छन् । जुन चलचित्र छिट्टै प्रदर्शनमा आउन लागेको छ । पल शाहलाई अहिले दुई नायिकाले आ–आफ्नो दाबी गरिरहेका छन् । पूजा शर्मा र आँचल शर्मा दुवै पल शाहसँग आफ्नो प्रेम सम्बन्ध रहेको दाबी गर्छन् । तर, पलले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन् । आँचल र पूजा दुवैले ‘पल मेरो हो, म ऊसँग प्रेममा छु’ भनेर दिएको अन्तर्वार्ता एकताका युट्युबमा निकै हिट थियो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…