Page header hundai
  • अब कतारको भविष्य के ?


    केही मानिस कतारलाई फारसीको ‘बिग्रेको सन्तान’ उपमा दिन्छन् । यतिसम्म कि विगत १५० वर्षदेखि कतारमा शासन गरिरहेको अल थानी खानदानलाई ‘छिमेकीको अप्ठ्यारो परिवार’ उपमा दिने मान्छेहरू पनि भेटिन्छन् । छिमेकीसँगको कूटनीतिक सम्बन्धले कतार यतिबेला विवादमा छ । साउदी अरब, बहराइन र इजिप्टको कतारसँग केही गुनासा छन् । त्यही गुनासालाई सम्बोधन नगरेको भन्दै अहिले उनीहरूले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । ती मुलुकहरूले कतारमाथि चरमपन्थी गतिविधिलाई प्रोत्साहन दिएको आरोप लगाएका छन् । कतारले ती आरोपको अस्वीकार गर्दै आइरहेको छ ।
    संसारकै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको यो सानो मुलुक कतार विगतको समस्यालाई लिएर समस्यामा फसेको बताइन्छ । उनीहरूको भनाइअनुसार कतारले मानवअधिकार उल्लंघन गरेर बद्नामी कमायो । सन् १८५० मा कतारको उदय भएको हो । त्यहीबेलादेखि अल थानी खानदानले त्यहाँ शासन गरिरहेको छ । कतारको शासन अल थानी परिवारमा क्रमशः हस्तान्तरण हुँदै गइरहेको छ । यद्यपि शासक परिवर्तनको पक्षमा कोही देखिएका छैनन् ।
    लन्डनमा रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका मध्यपूर्व मामिलाका विशेषज्ञ पिटर सैलिसवरी भन्छन्, ‘एउटा परिवार जमिनको एउटा सानो टुक्रामा शासन गरिरहेको थियो । जसको खासै महत्व थिएन । लामो समयसम्म साउदी अरबको एउटा प्रान्तको रूपमा पनि हेरिएको थियो । तर समय बित्दै जाँदा विस्तारै कतारले आफ्नो अस्तित्व विश्वसामु देखाउन सफल भयो ।  
    सन् १९८० देखि १९९० को दशकमा कतारका अमिर खलिफा विन हमाद  अल थानी र सरकारमा बसेका अल थानी खानदानका दोस्रा सदस्यले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गरे । सुरुमा त यी कुरा जानीबुझिकन बेग्लै अस्तित्वको देश निर्माणमा जुटेको थियो । तर अल थानी खानदानलाई कतारभित्र अमन चयन राख्ने चिन्ताले निक्कै सताएको थियो । तर १९९५ मा सबै कुरा परिवर्तन भयो । अमिरका राजकुमार बिन खालिफा अल थानीले आफ्ना बुवाको अनुपस्थितिमा रक्तपातबिनै सत्ता आफ्नो हातमा लिए । हमाद बिन खलिफा अल थानीले सत्ता कब्जा गर्दा उनका बुबा वालिद आमिर अलिफा विन हमाद अल थानी स्वीटजरल्यान्डको भ्रमणमा थिए ।
    पिटर सैलिसबरीका अनुसार त्यसबेला सत्ता परिवर्तनको घटनापछि अन्तर्राष्ट्रिय राजनीतिले गर्दा अल थानी खानदानको मनोवृत्ति पूर्णरूपमा परिवर्तन आयो । उनी भन्छन्, छुटिएको खानदान विगत २० वर्षमा तीव्र गतिमा परिवर्तन भयो । त्यसैकारण केही मानिसहरू समस्याको संज्ञा दिन्छन् । पिटर सैलिसवरीका अनुसार यी आदिवासीको एउटा परिवार जसको साइनो साउदी अरबसँग जोडिएको थियो, जसलाई नाकाबिलेगौर भनेर चिनिन्छ । हेर्दाहेर्दै अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति देखाउन टाउको उठाएको नातेदार शक्तिशाली र सबै कुराले प्रसिद्ध भयो । उनी अगाडि भन्छन्, ‘आफूसरह शक्तिशाली भएपछि सन्देह बढ्दै गयो ।’
    त्यसो त कतारका छिमेकी मुलुकमा पनि राजतन्त्र नै छ । शेख हमाद सत्तामा आएपछि प्राकृतिक ग्यासको उत्खननलाई प्राथमिकतामा राखे । प्राकृतिक ग्यास भण्डारको विकासले नयाँ गति लियो । सन् १९९६ मा कतारले पहिलो पटक प्राकृतिक ग्यास निर्यात ग¥यो ।
    त्यही वर्ष शेख हमादको सत्तापलटको आरोप साउदी अरबमाथि लगाइयो । भनिन्छ, साउदी अरब शेख खलिफाबाट सत्ता फिर्ता लिन चाहन्छ । ग्यास निर्यातबाट प्राप्त आम्दानीले कतार यति छिटो एउटा क्षेत्रीय शक्तिको रूपमा उदायो, जुन साउदीले कल्पना पनि गरेको थिएन ।
    अहिले कतार लिक्विफाइड प्राकृतिक ग्यास अर्थात् एलएनजी निर्यात गर्ने सबैभन्दा ठूलो देश हो । यति मात्र होइन, साउदी अरबको सबैभन्दा ठूलो शत्रु राष्ट्र इरानसँग मिलेर एलएनजी फिल्डको विकासका लागि काम गरिरहेको छ । पिटर सैलिसवरी भन्छन्, छिमेकी मुलुकलाई लागेको छ, कतारमा ठूलै परिवर्तन भइरहेको छ । शेख खलिफाको शासन व्यवस्था बेग्लै थियो । उनी सोचविचार गरेर शासन गर्थे, तर शेख हमाद ताजा हावाको झोकाजस्ता थिए । युवा, ऊर्जाशील र कर्मठ शेख हमाद कतारलाई स्वतन्त्र शक्तिकेन्द्रका रूपमा विकसित गर्न चाहन्छन् ।
    शेख हमाद र उनका विदेशमन्त्री शेख हमान विन जासिम अल थानीले कतारलाई क्षेत्रीय महाशक्तिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन अग्रणी भूमिका निर्वाह गरेका छन् । आमिर हमादको शासन व्यवस्थामा कतारले केवल आफ्नो अन्तर्राष्ट्रिय नीतिको विस्तार मात्र गरेको छैन, उसले अल जजिरा नामको समाचार च्यानलको पनि सुरु गरेको छ । हेर्दाहेर्दै अल जजिरा अरब जगतको एउटा बुलुन्द आवाज बनेर देखापरेको छ । त्यति मात्र होइन, कतार विश्वव्यापी रूपमा लगानीकर्ताको रूपमा पनि देखिएको छ ।
    सन् २०१३ मा आमिरले सत्ता छोडे । उनको चौथो छोरा तमिम बिन हमाद अल थानीलाई राजगद्दीमा बसाइयो । तमिम बिन हमाद त्यसबेला ३३ वर्षका थिए । छिमेकीलाई लागेको थियो, नयाँ राजाको मनोवृत्ति छिमेकमा सन्तुलन ल्याउने किसिमको हुनेछ । तर छिमेकीको यो सोचाइ लामो समयसम्म टिकेन ।
    इजिप्टमा मोहम्मद मुर्सीले सत्ता छोडेको केही महिनापछि कतारी आमिरले मुस्लिम ब्रदरहुडका सदस्यलाई दोहामा पुनः संगठित हुने अनुमति दिएको खबरहरू सार्वजनिक हुन थाले । सुन्नी चरमपन्थी गुट मुस्लिम ब्रदरहुडलाई रुचाउनेको संख्या अरब जगतमा बढ्दै गइरहेको थियो । मुस्लिम ब्रदरउडले बहराइन, इजिप्ट, रुस, सिरिया र साउदी अरबको सरकारले चरमपन्थी गुटको दर्जा दियो । मार्च २०१४ मा साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेटले दोहाबाट आफ्ना राजदूत फिर्ता बोलाए ।
    अहिले पनि त्यस्तै घटना दोहोरिएको छ । आखिर कतार मुस्लिम ब्रदरहुडको सदस्यलाई टर्की फिर्ता पठाउन तयार भएपछि विवाद शान्त भएको थियो । त्यस अवधिमा कतारले आफ्नो सम्पत्ति विश्वभरि लगानी गर्न थाल्यो । बेलायतमा अल थानी खानदानको मात्र ५० अरब डलर लगानी गरेको छ । लग्जरी स्टोरी, युरोपका गगनचुम्बी भवन, व्यापारिक कम्प्लेक्सलगायत ओलम्पिक भिलेजलगायत कतारले जुनसुकै ठाउँमा लगानी गरे ।
    अहिले कतारले वेल्सको प्राकृतिक ग्यास फिल्ड्समा लगानी गर्ने चासो देखाएको छ । लन्डनको सबैभन्दा महँगो भवनमा आधा, लन्डन स्टक एक्सचेन्जमा ८ प्रतिशत, बार्कलेज बैंकमा त्यति नै सेयर र सुपरमार्केट चेन सेन्सबरीमा २५ प्रतिशत लगानी गरेको छ ।
    पुराना सुल्तान आमिर हमादका तीन श्रीमतिमध्ये एक मोजाह बिन्त नासिर अल मिसनेदकीले लन्डनको सबैभन्दा महँगो घर किनेकी छन् । भनिन्छ, अल थानीले सन् २०१३ मा यो घर १५० मिलियन पाउन्डमा किनेका थिए । अल थानी परिवारले बेलायतमा लगानी गरेको कुल पुँजी महारानी एलिजावेथको भन्दा बढी हो । अल थानी परिवारका लागि यति मात्र सबथोक होइन, बेलायत युरोपियन युनियनबाट अलग हुनुभन्दा अगाडि नै ६ अर्ब डलर लगानी घोषणा गरिसकेको छ ।

     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…