Page header hundai

  • सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सलाई आपूmमा गाम्भ असार १८ गते विशेष साधारणसभा बोलाएको छ । उता सगरमाथा फाईनान्स कम्पनीले पनि सोही दिन विशेष साधारणसभा बोलाएको छ । यसभन्दा पहिला अरनिको डेभलपमेन्ट र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई आपूmमा समाहित गरी एकीकृत कारोबार थालिसकेको बैंकले सगरमाथा फाइनान्सलाई गाभ्न विशेष साधारणसभा बोलाएको हो । सभामा सम्पत्ति तथा दायित्व मूल्यांकनबाट निर्धारण गरिएको सगरमाथाको एक सय कित्ता बराबर सेञ्चुरीको ९५ कित्ता सेयर अनुपात स्वीकृत गर्ने तथा अन्य प्राप्ती सम्बन्धी  विशेष प्रस्तावहरु आपसी समझदारीमा मिलाउने भएका छन् । यसैबिच सेञ्चुरी बैंकको सञ्चालक समिति बैठकले असार १० गतेदेखि १८ गतेसम्म विशेष साधारणसभाका लागि सेयरधनी किताब बन्द गर्ने  निर्णय गरेको छ । यसअनुसार असार ९ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले मात्र बैंकको सभामा सहभागि हुन पाउने छन् ।
    सेञ्चुरीले इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात चुक्ता पूँजी चार अर्ब ७१ करोड ३५ लाख पु¥याएको छ । सागरमाथा फाइनान्सलाई आपूmमा गाभेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात एक अर्ब ८८ करोड ५४ लाख बराबरको एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न जेठ ३० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  जसका लागि बैंकले सिभिल क्यापिट मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पु¥याउने क्रममा बैंकले सगरमाथा फाइनान्सका साथै अल्पाइन डेभलपमेन्ट बैंक, र सेती फाइनान्सलाई समेत एक्वायर गर्ने सम्झौता गरि सकेको छ । चालीस प्रतिशत हकप्रद र थप तीन संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी करिब सात अर्ब पुग्नेछ । चालु आर्थिक बर्षको बोनस समेत वितरण गर्दा बैंकले सहजै आठ अर्ब चुक्ता पूँजी पु¥याउने छ ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…