Page header hundai

  • मिर्मिरे माईक्रोफाईनान्सले असार असार ५ गतेबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको छ । लघुवित्तले एक करोड पचास लाख रुपैयाँको एक लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । असार ५ गते निष्काशन खुला भएको मिर्मिरेको हकप्रद साउन ८ गते बन्द हुनेछ । कम्पनीले जेठ १७ गते सेयरधनी किताब बन्द गरेकाले त्यसभन्दा अघिल्लो दिन जेठ १६ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र ५० प्रतिशत हकप्रदमा सामेल हुन पाउनेछन् । हकप्रद निष्काशनका लागि लघुवित्तले प्रभु क्यापिटललाई सेयर विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रदमा प्रभु क्यापिटल कमलादी तथा मिर्मिरे माइक्रोफाइनान्सका शाखा कार्यालयहरु काभ्रेको बनेपा, चितवनको भरतपुर, नवलपरासीको फेनहरा शाखा, मकवानपुरको हेटौडा, दोलखाको चरिकोट, धादिङको पशुपतिडाँडा र रसुवाको कालिकास्थान शाखाबाट आवेदन दिन सकिने छ ।  यसैगरी प्रभु बैंकका शाखाहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगञ्ज, मिलन चोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेतरोड नेपालगंजबाट समेत आवेदन दिन सकिने छ । हकप्रद जारीपछि कम्पनीको चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक बर्षको आम्दानीबाट ५० प्रतिशत बोनस वितरण गरेको मिर्मिरेको हाल तीन करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी वार्षिक ५४ दशमलव १८ रुपैयाँ कायम गरेको छ ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…