Page header hundai

  • डिएनए डिटेक्टिभको सहयोगमा ६१ वर्षअघि सिनेमा हलको बाथरुममा छोडिएका एक व्यक्तिले हालै आफन्त भेटेका छन् । अन्ततः यो डिएनए डिटेक्टिभ हो कि ? यसले कसरी काम गर्छ ? जुलिया बेलले भिक्टोरिया डर्बीसायर कार्यक्रममा भनिन्, ‘म यसलाई यसरी व्याख्या गर्छु, कुनै मान्छेको सम्बन्धको रहस्य खोल्न सक्छु, यम कसैको रहस्य खोल्न केही समय लाग्छ । जुलिया ती व्यक्तिहरूलाई सहयोग गर्छिन्, जसको ठाउँ ठेगाना, नातागोतासँग साइनो सम्बन्ध छैन । वर्षौंअघि ऊ बिछोडिएको थियो र अहिले आफ्ना नातेदार खोज्दैछ ।
    हालै जुलियाले रोबर्ट वेस्टनलाई सहयोग गरिन् । जो सन् १९५६ मा बर्मिङघममा ओडियन सिनेमा हलको महिला शौचालयमा भेटिएका थिए । उनलाई सौतेनी भाइ र बहिनीले खोजेका हुन् । उनी भन्छन्, उनीसँग जोडिएका अधिकांश घटना अमेरिकी सैनिकसँग जोडिएको हुन्थ्यो, जो दोस्रो विश्वयुद्धका बेला बेलायतमा थिए । जुलिया भन्छन्, एक व्यक्तिले उनीसँग यौन सम्पर्क राखेका थिए, महिना दिनपछि पत्ता लाग्यो, उनका पिता अमेरिकी सेनामा थिए । उनी भन्छन्, त्यसो त अभिभावक नभएका बच्चाको बुबा अमेरिकी सैनिक हुन्छन् भन्ने आममानिसको सोचाइ छ ।
    जुलियाले एक महिलालाई सहयोग गरेकी छन्, जन्मेपछि उनलाई लन्डनको किग्स क्रोस रेल स्टेसनमा छोडिएको थियो । त्यस्तै, अर्को घटना सन् १९२८ तिरको हो, उक्त घटनामा पनि एक बालिकालाई रेलमा छोडिएको थियो । उनको पनि नाता खोज्न जुलियाले सहयोग गरिरहेकी छन् ।
    डिएनए डिटेक्टिभले कसरी काम गर्छ ?
    जुलिया भन्छिन्, ‘म थुकको डिएनए सेम्पल लिन्छु र त्यसलाई परीक्षणका लागि पठाउँछु । त्यसपछि काम सुरु हुन्छ, डिएनए डाटाबेसको । डिएनए टेस्टबाट प्राप्त नतिजासँग सम्बन्धित जानकारी लिएपछि सुरु हुन्छ जासुसीको काम । उनी डेटाबेससँग मिल्दोजुल्दो डिएनए पेटन्र्स खोज्छिन् । जुलिया तत्काल यी कामका लागि आफ्ना ग्राहकसँग पैसा लिँदिनन् ।
    त्यसपछि संसारभर आफ्ना चिनजान रहेका व्यक्तिसँग सम्पर्क गरेर नातेदारको (जुनसुकै ठाउँमा होस्) उनी पत्ता लगाउने र चिन्ने काम सुरु गर्छिन् । रोबर्ट वेस्टनले जब जुलियासँग सम्पर्क गरेकी थिइन्, उनले जुलियालाई त्यसबेला भनेका थिए, ‘विगत लामो समयदेखि उसलाई खोज्ने असफल प्रयास गरिरहेको थिएँ, त्यो काम गरेको झन्डै अहिले ४४ वर्ष बितेछ ।
    जुलियाले उनको थुकको सेम्पल लिएर डिएनए टेस्ट गरिन् । त्यसपछि डेटाबेसको नातेदार खोज्ने काम सुरु भयो । उनी भन्छन्, ‘लगभग कसै न कसैका लागि कोही भेटिन्छ । भान्जासम्म त भेटिन्छ भन्ने मलाई विश्वास लाग्छ ।’ सुरुमा टाढाका नातेदारसँग पेटन्र्स म्याच गरियो, तर पछि उनको दोस्रो भान्जेभाइको पेन्टर्स प्राप्त भयो । रोबर्ट भन्छन्, ‘जुलियाले मलाई सोधिन्, तिम्रो कुनै भान्जा छ ? मैले उसको नामै भनिदिएँ– टमी । उनी पनि डिएनए टेस्टका लागि राजी भए । तर परीक्षणपछि थाहा भयो, ऊ त मेरो सौतेलो भाइ पो रहेछ । रोबर्ट भन्छन्, ‘त्यसका लागि तपाईं भाग्यमानी हुनुपर्छ ।’
    कहिलेकाहीँ धेरै पुरानो नातासम्बन्धी खोज्न सहयोग पुग्छ । परिवार खोजबिनका लागि काम गर्ने सेल्वेसन आर्मीले पनि ८० वर्षभन्दा अधिक समयका बिछोडिएको परिवारलाई पुनर्मिलन गराउने प्रयास गरिरहेको छ । उनका अनुसार प्रत्येक दिन झन्डै १० परिवारको पुनर्मिलन गराउँछ । उसको सफलताको दर ८९ प्रतिशत छ । सहयोग माग्नेको पहिचान गोप्य राख्न सेल्वेसन आर्मी प्रतिबद्ध छ । अनुमति नपाई उसले कुनै किसिमको सूचना बाहिर ल्याउँदैन । जुलिया भन्छिन्, त्यस्ता धेरै पारम्परिक समस्याहरू सुल्झाइएको छ, तर केही त्यस्ता घटना पनि छन्, जुन अहिलेसम्म सुल्झाउन सकिएको छैन । तर यति हुँदाहुँदै पनि व्यक्तिको कम्तीमा जातीयता पत्ता लाग्छ । यसका साथै डिएनए डेटाबेस पनि बढ्दै जानेछ, जसले गर्दा अञ्जान मानिसको नातेदार खोज्न सम्भावना पनि बढ्दै जानेछ ।
    जुलियाले जेनेटिक्सको अध्ययन गरेकी होइनन्, यद्यपि उनी भन्छिन्, डेटासँग काम गर्न तपाईंसँग स्मार्ट र तार्किक क्षमता हुन आवश्यक छ । उनी भन्छिन्, मलाई विज्ञानको जानकारी छ, किनभने मैले सिंगापुरमा विज्ञान विषय लिएर अध्ययन गरेकी हुँ । उनी भन्छिन्, मेरी आमालाई थाहा थिएन, उनको पिता को हुन् भनेर । मैले उनका पिताजी खोजेर पत्ता लगाएँ । त्यहीँबाट मैले यसलाई निरन्तरता दिएकी हुँ ।
    ‘मैले अमेरिकामा एक व्यक्ति भेटे, जो परिवारको जरो पत्ता लगाउने काम गर्थे । उनले नै मलाई यो काम कसरी गर्न सकिन्छ भनेर सिकाए । उनले मलाई पेटन्र्स देखाउन सिकाए र भने, ‘कस्तो वस्तुलाई एक साथमा राखेर देखाउन सकिन्छ ।’ मलाई उसको काम औधि मन प¥यो । मेरी आमाले थाहा पाइन्, उनका पिताको चार वर्षअघि नै निधन भइसकेको रहेछ, तर उनकी बहिनी छन्, जो अहिले आफ्नो परिवारसँगै दक्षिण अमेरिकामा बस्छिन् । उनी पनि अहिले सम्पर्कमा आएकी छन् ।
    जुलियाका अनुसार आममानिस अक्सर आफ्नो बिछोडिएको नाता खोज्न उत्साहित हुन्छ, जोसँग ऊ कहिले भेटेको छैन । तर छोडिएका बालबालिकाको घटना भने संवेदनशील हुन्छ । यसको सूचना प्रायः म दिन्नँ, यसबारे सामाजिक कार्यकर्ताहरूले सूचना दिने गरेका छन् । नातेदार उनीहरूबाट जति नै टाढा भए पनि उनीहरूको आनिवानी, रुचि र खुवाइ एउटै जस्तो हुन्छ । जुलिया भन्छिन्, ‘एकपटक मैले दुईजनालाई भेट गराएको थिएँ, उनीहरू दुवै खगोलशास्त्र थिए । रोबर्ट र उनका सौतेनी भाइ टमीको सेन्स अफ ह्युमर एउटै जस्तो थियो । उनीहरू हेर्दा यस्तो लाग्थ्यो, जो वर्षौअघिदेखि चिनजान थियो ।’

     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…