Page header hundai

  • काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् । फाइनल खेल सुरु भएको केही समयमा लगातारको वर्षाले रद्द भएपछि दुवै टोलीले संयुक्तरुपमा उपाधि प्राप्त गरेका हुन् ।  टस हारेर पहिले व्याटिङको निम्तो पाएका नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लबका सामु १२७ रनको लक्ष्य दिएको थियो । पुलिसले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन जोडेका थिए ।
    जवाफी व्याटिङमा उत्रेका आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछिको लगातारको वर्षाले गर्दा खेल हुन नसकेपछि अम्पाएरले खेलको नियमानुसार दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरे ।
    उपाधिसँगै आर्मी र पुलिसले १५–१५ लाख रुपैयाँ प्राप्त गरे । उक्त प्रतियोगिताका विजेता टोलीलाई २० लाख तथा उपविजेता टोलीलाई १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने व्यवस्था थियो ।
    अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित भए ।  उनले ब्याटिङतर्फ १२६ रन र बलिङतर्फ सर्वाधिक १४ विकेट लिएका थिए । उपाधिसहित पुनले रु एक लाख प्राप्त गरे । प्राप्त रकमको २५ प्रतिशत बृद्धाश्रमलाई प्रदान गर्ने घोषणासमेत उनले सो गरे ।
    त्यसैगरी पश्चिमाञ्चलका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान चुनिए भने आर्मीका सुशान भारी उत्कृष्ट बलर बने । दुवै खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।  
    प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी पश्चिमाञ्चलकै विपिन खत्री घोषित भए । उनले उपाधिसहित रु २५ हजार प्राप्त गरे । प्रतियोगिताको विजेता टोलीलाई उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरे ।
    सो अवसरमा मन्त्री श्रेष्ठले क्रिकेट खेलको विकास तथा विस्तारका लागि सरकारले सक्दो पहल गर्ने बताउँदै यस किसिमको प्रतियोगिताले खेलाडीको स्तरबृदि हुने बताए । राखेपको आयोजनामा गत जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा तीन विभागिय टोलीसहित पाँच विकास क्षेत्रका टोलीको सहभागिता थियो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…