Page header hundai

  • काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी न्युडायमण्ड एकेडेमीलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भयो । एपीएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाए पनि न्युडायमण्डले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेको थियो ।
    एपीएफले पहिलो २५–२२ र दोस्रो २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि न्युडायमण्डले तेस्रो २५–१८ र चौथो पनि २५–१८ ले आफ्नो पक्षमा पार्दै सेटमा २–२ को बराबरी ग¥यो । यद्यपी निर्णायक एवम् पाँचौ सेट एपीएफले १५–८ ले जित निकालेपछि उपाधि रक्षा गर्न सफल भयो । विजेता एपीएफले ट्रफिसँगै क्वायरटफ म्याट्रेसले प्रायोजन गरेको एक लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेतामै सिमित न्युडायमण्डले ट्रफी र नगद एक लाख रुपैयाँमा चित्त बुझायो ।
    त्यस्तै पश्चिमाञ्चलले विभागीय टोली नेपाल पुलिसलाई स्तब्ध बनाउँदै तेस्रो स्थान हात पारेको छ । निकै रोमाञ्चक भएको तेस्रो स्थानको खेलमा पनि पश्चिमाञ्चलले पुलिसमाथी ३–२ को सेटमा जित निकाल्यो । पहिलो सेट २५–२२ ले पुलिसले आफ्नो पक्षमा पार्दै सुरुआती अग्रता लिएपनि दोस्रो सेटमा पश्चिमाञ्चलले २५–१८ ले जित निकाल्दै खेलमा फर्कियो । तर तेस्रो सेटमा पुलिसले २५–२२ ले जित निकालेपछि पश्चिमाञ्चल २–१ को सेटमा पछि प¥यो ।
    चौथो सेटमा पश्चिमाञ्चलले २६–२४ को प्रतिस्पर्धात्मक जित निकाल्दै सेटमा २–२को बराबरी गर्न सफल भयो । निर्णायक एवम् पाँचौँ पनि पश्चिमाञ्चलले १५–१३ ले बाजी मारेपछि पुलिस तेस्रो स्थानबाट वन्चित रह्यो । तेस्रो स्थानको पश्चिमाञ्चलले नगद ५० हजार तथा ट्रफि हात पा¥यो । गौरी शंकर हिमालयन कार्पेटका कार्यकारी निर्देशक दावा तामाङले तेस्रो पुरस्कार प्रायोजन गरेका छन् ।
    प्रतियोगिताको बेस्ट प्लेयर एपीएफकी सरस्वती चौधरी चनिइन् । सरस्वतीले जेम फ्लोरिङले प्रायोजन गरेको नगद १५ हजार र ट्रफिका साथै एयर एसियाबाट प्रायोजन भएको काठमाडौ–मलेसिया–काठमाडौँको एयर टिकट प्राप्त गरिन् । शेरबहादुर खड्का स्मृति स्पेशल अवार्डबाट न्युडायमण्डकी प्रतिभा मालीले सम्मानित भइन् । मालीले जेम फ्लोरिङ नै प्रायोजन गरेको नगद १० हजार रुपैयाँ हात पारिन ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…