Page header hundai

  • झन्डै हजार वर्षअघि पृथ्वीको पूर्वी र पश्चिमको भागलाई जोड्न यस्तो बाटो बनाइएको थियो, सुरुमा जसको प्रयोग आर्थिक गतिविधिका लागि भयो । तर कालान्तरमा त्यो बाटो संसारका केही नयाँ देश बन्ने र केहीको अस्तित्व मेट्नका लागि प्रयोग भयो । संसार अहिले पनि त्यो बाटोलाई रेशममार्ग भनेर चिन्छ ।
    इतिहासकारहरू त्यसलाई केवल एउटा बाटो मात्रै मान्दैनन्, त्यसमा प्रशस्त सहायक बाटो पनि निकालिएको मान्दछन् । यदि रेशममार्गको कुरा गर्ने हो भने इतिहासमा त्यसलाई सिल्क रोड भनियो । त्यो बाटो एउटा नदीजस्तै थियो, जसले समय समयमा धेरै उपद्रो मच्चाउँछ, यसका सहायक नदी हुन्छ । वास्तवमा चीनबाट टर्की जोड्ने जुन बाटो थियो, त्यसलाई सिल्क रोड भनिन्थ्यो ।
    गत साता बेइजिङमा संसारका विकसित २८ देशका नेता र एक सय २० भन्दा बढी देशका प्रतिनिधिका अगाडि चिनियाँ राष्ट्रपति सी जिन पिङले नयाँ रेशममार्गको घोषणा गरे, जसलाई शान्तिमार्ग नाम दिइएको छ । राष्ट्रपति पिङले भने, हामी बेल्ट एन्ड रोडलाई शान्तिमार्ग बनाउन चाहन्छौं । हामी यस्तो अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिन चाहन्छौं, जुन सबैका लागि फाइदा र सहयोगको आधारमा हुनेछ । यो बाटोले सहयोगमा असमझदारीभन्दा कुराकानीका लागि साझेदार बनाउने छ ।
    एक अर्काको सम्प्रभुता र क्षेत्रीय अखण्डतासँगै विकासको बाटो र सामाजिक तन्त्रलाई सम्मान गर्न तथा एकअर्काको प्रमुख हित र ठूलो चिन्तालाई पनि ध्यानमा राख्न आवश्यक छ । चीनले सडक, पानी र पाइपलाइनको बाटोमार्फत एसियालाई पुनः एकपटक र युरोपलाईसमेत नजिक ल्याउने सपना देखेको छ । यो परियोजनाका लागि एक सय २४ अर्ब डलर खर्च हुनेछ । पूर्वी एसियाबारे जानकार राहुल मिश्रा भन्छन्, यसका लागि पैसा जुटाउनेदेखि लिएर निर्माणको योजनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । पहिलेको सिल्क रोडमा धेरै देश सहभागी थिए, विशेषतः व्यापार सञ्चालनका लागि प्रयोग हुन्थ्यो, त्यसमा सरकारको खासै योगदान हुँदैन थियो । अहिलेको सिल्क रोड चिनियाँ सरकारले सुनियोजित तरिकाले बनाइरहेको छ । यसका लागि न्यू डेभलपमेन्ट बैंक, एसियाली विकास बैंक, चीनको प्रान्तीय सरकार, केन्द्र सरकारले लगानी जुटाउने छन् ।
    पुरानो रेशममार्गको नाम चिनियाँ व्यापारीहरूले राखेका थिए । विशेष तरिकाले बनाइएको रेशमलाई विश्वभरि फैलाउन चीनले त्यसबेला धेरै मेहनत गरेको थियो । भनिन्छ, चीनको पर्खाल (ग्रेटवाल) समेत यसैको रक्षाका लागि बनाइएको थियो । समयसँगै यसको विस्तार चारै दिशामा हुँदै गयो । बिर्सन नहुने कुरा के हो भने कुनै एउटा देश वा सरकारले यो बनाएका थिएनन् ।
    इतिहासकार पुष्पेस पन्त भन्छन्, ‘पुरानो सिल्क रोडमा देशको भौगोलिक सिमाना निश्चित थिएन । कबायली तथा घुमन्तु क्षेत्र (कजाकिस्तान र टर्की) हुँदै जान्थ्यो । इरानको उत्तरी क्षेत्रलाई छुन्थ्यो भने अफगानिस्तानको पाँव पखारतालाई पनि भेट्थ्यो । धेरै ठूलो भागलाई समेट्थ्यो, तर त्यस क्षेत्रमा मान्छेको बसोबास हुँदैन थियो । यो सडक विस्तारले संसारको तस्बिर नै बदल्न ठूलो भूमिका निर्वाह ग¥यो । छोटो अवधिमै यो बाटो सैन्य, सिद्धान्त, संस्कृति र संस्कार मार्ग बन्यो । भारतको कालो खुर्सानी जुलियस सिजरको देशमा पुग्यो भने इरानको समोसा भारतको गल्ली–गल्लीमा बन्न थाल्यो । यो बाटोको यात्रा पूरा गर्न केही महिना लाग्छ । यो बाटोमा व्यापारको साथसाथै विचारको पनि आदान–प्रदान हुन्थ्यो । धार्मिक विचारको आदान–प्रदान हुन्थ्यो । आज पनि लद्दाखमा जुन रोटी पाइन्छ, त्यो मध्यएसियाको रोटीजस्तै हो, भारतको जस्तो होइन । त्यसैगरी भारतमा खाइने समोसा काजकिस्तान वा त्यस वरपरको क्षेत्रमा रूप बदलिएको समोसा पाइन्छ ।
    भारतलाई किन समस्या ?
    सन् २०१३ मा चीनले जब ‘वान बेल्ट वन रोड’ अर्थात् रेशममार्गको पारियोजना अगाडि सा¥यो, त्यसपछि संसार झस्कियो । संसारका केही देशले यसबारे शंका उपशंका गर्न थाले । अमेरिका र जापानलाई साथ दिँदै भारतले पनि चीनको यो महत्वाकांक्षी योजनालाई समस्याको रूपमा हेर्न थाल्यो । सुरुमा चीनले यो परियोजनामा भारतको केही बन्दरगाहलाई पनि समेटेको थियो । तर पाकिस्तान प्रशासित कश्मिरलाई समेत समेटेपछि भारत झस्किएको हो । पाकिस्तानलाई आर्थिक गतिविधिको बरन्डा बनाउन खोजेपछि भारतको आशंकालाई थप बल पुगेको छ ।
    चीनले भन्दै आएको छ, दुई देशको विवादित क्षेत्रमा तेस्रो देशले आर्थिक गतिविधि सञ्चालन गर्नु हुँदैन । तर सिपिइसीको सम्बन्धमा चीनले यो मान्यतालाई मनन गरेको छैन । चीन पाकिस्तान प्रशासित कश्मिरलाई आर्थिक गतिविधिको बरन्डा बनाउन चाहन्छ । भारतको चिन्ता त्यति मात्र होइन, यो परियोजनामा सामेल भएको नेपाल, श्रीलंका, बंगलादेश र भुटानजस्ता देशप्रति पनि चिन्ता देखाएको छ । यो परियोजनामा संलग्न भएपछि महँगो निर्माण योजनाले लाभ त गर्ला, तर त्यससँगै अनुमानित फाइदा भएन भने चीनले कसरी पैसा फिर्ता गर्छ भन्ने कुरा पनि बाहिर आएको छैन । चीनले पटक पटक त्यही कुरा दोहो¥याएको छ, यसको उद्देश्य संसारका बेग्ला बेग्लै भागको व्यापार व्यवसायलाई सरल, सुगम र सबैको पहुँचमा पुग्छ ।
    चिनियाँ राष्ट्रपति सि जिपिङले भने, ‘हामीभित्र सहयोग भावना हुनु अत्यावश्यक छ । हामी वार्ताका माध्यमबाट अगाडि बढ्नुपर्छ । संयुक्त निर्माण र साझेदारी, नीतिमा सहयोग, सुविधा जोड्ने, व्यवधानरहित व्यवसाय, आर्थिक एकीकरणबारे सामूहिक चिन्ताको विषय हुनुपर्छ । सहयोगबाट फाइदा लिने हो भने खुल्लापनमा सहयोग गर्नपर्छ । हामीले पर्खाल बनाउन, अग्लो सीमा राख्ने र संरक्षणवादको विरोध गर्नुपर्छ । जानकारहरू भन्छन्, चीनले आफ्नो देशमा निर्माण र उत्पादनको यति ठूलो साम्राज्य बनाइसक्यो, उसको तयारी माल बेच्नलाई समस्या भइरहेको छ । नयाँ बाटोको खोजी र संसारका सानातिना बजारमा समेत चिनियाँ पहुँच उसको अभिलासा हो ।
    सबैलाई थाहा छ, सम्पर्क बढ्यो भने व्यापार बढ्छ । यसको साथै चिनियाँ आफ्नो मुद्रालाई विश्वव्यापी बनाउने प्रयास गर्नेछ । यो प्रभुत्व बढ्छ नै त्यसका साथै चिनियाँ सेनाले पनि यो बाटो प्रयोग गर्नेछ, जस्तो जिबुटीमा भएको थियो । चीनले अमेरिकाजस्तै एसियामा आफ्नो सैन्य अखडा बनाएर अमेरिकालाई चुनौती दिन सक्छ ।

     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…