Page header hundai

  • ज्याकलिन क्यानेडीले सन् १९६२ मा भारतको यात्रा गरेकी थिइन् । उनी अमेरिकी राष्ट्रपति जोन अफ क्यानेडीका पत्नी हुन् । उनको भारत यात्रा निजी थियो, त्यसैले उनी अमेरिकी एयरलाइन्सको सट्टा एयर इन्डियाबाट भारत आएकी थिइन् । उनले रोमबाट एयर इन्डियाको फ्लाइट समातेकी थिइन् । उनीसँग बहिनी राजकुमारी लि ¥यदजिविल र अर्का एक नातेदार भारत आएका थिए । भारत आउनुभन्दा अगाडि उनीहरू पोपलाई भेट्न भेटिकनसिटी पुगेका थिए । लि यो कुरामा केही रिसाएकी थिइन् । सम्बन्ध विच्छेद भइसकेकाले लिले पोपलाई भेट्न चाहेकी थिइनन् ।
    निजी भ्रमण भए पनि भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू पालम विमानस्थलमा ज्याकलिन केनेडीको पर्खाइमा थिए । ज्याकलिन चढेको विमान पालम विमानस्थलको आकाशमा घुमिरहेको थियो । विमान आकाशमा किन उडिरह्यो भनेर नेहरूले अमेरिकाका लागि भारतीय राजदूत बिके नेहरूलाई रहस्य पत्ता लगाउन निर्देशन दिए । बिके नेहरू आफ्नो आत्मकथा ‘नाइस गाइज फिनिस सेकेन्ड’ मा लेख्छन्, विमान आकाशमा उडिराख्नुपर्ने रहस्यबारे मैले प्रधानमन्त्रीलाई भनें, ज्याकलिनले आफ्नो मेकअप पूरा गरिसकेकी छैनन् । प्रधानमन्त्री नेहरू हल्का मुस्कुराए । उनले अमेरिकी यी प्रथम महिलालाई प्रोटोकलको कुनै महत्व छैन, उनलाई समयमा पुग्नुभन्दा सुन्दर देखिनु बढी महत्वपूर्ण लाग्छ ।’
    केही समय ढिलो गरी ज्याकलिन विमानबाट ओर्लिन् । उनको भव्य स्वागत भयो । पालम विमानस्थलदेखि तीनमूर्ति निवाससम्मको बाटोमा हजारौं मानिस ज्याकलिनको स्वागतमा थिए । भारतको दूरदराजबाट ती अमेरिकी महारानीको दर्शन गर्न दिल्ली आएका थिए । अमेरिकी दूतावास पुग्नुभन्दा केही समय अगाडि भारतमा अमेरिकी राजदूत केन गालबे्रथले बीके नेहरूसँग भनेका थिए, ज्याकलिन भारतमा जहाँ जान चाहन्छिन्, त्यहाँ तपाईं पनि हुनुपर्छ । सोहीअनुरूप आफ्नो देशमा राजदूत पाहुना बने ।
    ज्याकलिन र उनकी बहिनीले पहिलो रात प्रधानमन्त्री निवासमा बिताए । नेहरूले उनीहरूको सम्मानमा रात्रिभोजको आयोजना गरे । खाना छिट्टै सकियो, त्यसपछि उनीहरूसँग कोठामा फर्किनुको विकल्प रहेन । त्यही बेला परमाणु ऊर्जा आयोगका अध्यक्ष होमी भाभाले नाचगान गर्न सल्लाह दिए । ज्याकलिनकी बहिनी नाचगानका लागि तुरुन्तै तयार भइन्, तर ज्याकलिनले केही असजिलो महसुस गरिन् । राजदूत बिके नेहरू र भाभाले ज्याकलिनलाई कोठामै छाडेर बहिनी लिलाई लिएर दिल्लीको चर्चित होटल इम्पिरियलको ‘द टेवर्न’ मा नाच्न हिँडे ।
    भोलिपल्ट ज्याकलिन र उनकी बहिनी, केन र किटी गालब्रेथ, बिके नेहरू र विदेश मन्त्रालयका अधिकारी सनु कपाडिया जसलाई लियाजो अफिसर बनाइएको थियो, उनीहरू एक विशेष रेल चढेर आगराका लागि प्रस्थान गरे । रेल्वे बोर्डले ज्याकलिनका लागि भारतको सबैभन्दा उत्कृष्ट रेल उपलब्ध गराएको थियो । जसमा सैलुनको पनि प्रबन्ध गरिएको थियो । खानासँग उत्कृष्ट वाइनको पनि व्यवस्था थियो । ज्याकलिनलाई त्यो क्षण उत्कृष्ट लागिरहेको थियो । किनभने अमेरिकामा सधैं विमानमा यात्रा गर्ने भएकाले रेलको यात्राले उनलाई सुखद् अनुभूति दिइरहेको थियो । ज्याकलिनले फतहपुर सिकरीको अकबरको महल र ताज महलको अवलोकन गरिन् । त्यसको भोलिपल्टदेखि उनले विमानबाट यात्रालाई निरन्तरता दिएकी थिइन् । तर उनले वाराणसी जाँदा चाहिँ रेलमै जाने इच्छा राखिन् ।
    नेहरू अगाडि लेख्छन्, सुन दगुर्दै मकहाँ आइन् र भनिन्, ‘यति छोटो समयको सूचनाले वाराणासी यात्रा सम्भव छ ? मैले रेल्वे बोर्डका अध्यक्ष करनेल सिंहलाई फोन गरे, उनले तुरुन्तै रेलको व्यवस्था मिलाएँ । सम्पूर्ण पाहुना वाराणासीका लागि प्रस्थान ग¥यो । तर यो यात्राबारे विदेश मन्त्रालयलाई जानकारी दिन राजदूत नेहरूले बिर्सेछन् । वाराणासीबाट फर्केपछि विदेश मन्त्रालयका अधिकृतहरूले अमेरिकी राष्ट्रपतिको सुरक्षामा खेलवाड गरेको भन्दै स्पष्टीकरण सोध्यो । वाराणासीबाट ज्याकलिन उदयपुर गइन्, जहाँ महाराणाको महलमा रात बिताइन् । महल यति भव्य थियो, जहाँबाट ज्याकलिनले उक्त महललाई ह्वाइट हाउससँग दाँज्दै आफ्ना पतिलाई पत्र लेखेकी थिइन् । बीके नेहरू लेख्छन्, त्यही रात ज्याकलिनले भनिन्, हामी सबै हिमालतिर घुम्न जाऔं । हामी गयौं, चाँदनी रात थियो, हिमालको दर्शन गरेर फर्कियौं । भोलिपल्ट सुनले मलाई भनिन्, ‘खाजा समयमा हाम्रा सुरक्षा जवानले अमेरिकी सुरक्षा जवानसँग ख्यालठट्टा गर्दै भनेका थिए, हाम्रा साहेबले तपाईंको मेमसाहबलाई अपहरण गरे, तपाईंहरूले थाहा पाउनु भएन ।’

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…