Page header hundai

  • काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी महेश केसी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले बुढानीलकण्ठ नगरपालिकाको मेयर पदका उम्मेदवारी दिएका छन् । कुनै पार्टीबाट प्रतिनिधित्व नगरेका केसीको चुनाव चिन्ह बक्सिङको ग्लोब हो । स्वास्थ नागरिक उत्पादनका लागि खेलकुदलाई नै एजेन्डा बनाएका छन् । ‘एक घर एक तेक्वान्दो खेलाडी, प्रत्येक वडामा कर्भड हाल’ को एजेन्डा बोकेर केसी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । खेल क्षेत्रमा स्थानीय तहको चासो बढाउन तथा खेलकुदको माध्यमबाट संसार चिनाउन आफूले एक घर एक तेक्वान्दो खेलाडीको एजेन्डा अगाडि सारेको केसीले बताए ।
    ‘स्थानीय माटोको स्पर्स लिन आफू खाली खुट्टा घरदैलो कार्यक्रममा निस्केको हुँ,’ कुनै ढोंगी प्रस्तुत गर्न होइन, केसीले भने, ‘राजनीतिक दलको एजेन्डाभन्दा पनि स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर आफूले मेयर पदमा उम्मेदवारी हुँ ।’
    पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता होइन भन्ने जिज्ञासामा केसीले भने, ‘पूर्वाधार विकास त आफ्नो ठाउँमा छँदैछ, त्यसलाई अवरुद्ध गरेर खेलकुदको विकास गर्नुपर्छ भन्ने मेरो मान्यता होइन । पूर्वाधार विकाससँगै खेल क्षेत्रलाई पनि अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । उनले प्रत्येक घरमा एकजना स्वास्थ्य नागरिक बनाउन सकियो भने करोडौं रुपैयाँ विदेश जान रोकिन्छ भने स्वास्थ्य दिमागले सिर्जनशील कुरा दिनसक्ने बताए ।
    ‘औषधि उपचारका नाममा हामी वर्षौ अबौं रुपैयाँ विदेश पु-याउँछौं, रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु बुद्धिमानी हो, त्यसैले प्रत्येक घरमा एकजना स्वस्थ्य नागरिक उत्पादन गर्नका लागि उसलाई खेल क्षेत्रमा आकर्षित गर्नैपर्छ भन्ने मेरो मान्यता हो,’ केसीले भने, ‘यदि बुढानीलकण्ठका नगरबासीले मलाई मेयर बनाए भने म त्यो गरेर देखाउने छु ।’ जित सम्भव छ भन्ने तरुणको जिज्ञासामा केसीले भने, ‘जनताका अगाडि खाली खुट्टा मत मागिरहेको छु । आशा छ, मेरो एजेन्डामा नगरवासी सहमत हुनुहुन्छ, त्यसैले मेरो जित सुनिश्चितजस्तै छ ।’
    अन्तर्राष्ट्रिय तेक्वान्दोमा आधा दर्जन स्वर्ण पदक जितेका केसी यसअघि बुढानीलकण्ठ– १९ वडाका वडा संयोजक थिए ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…