Page header hundai

  • कुनै पनि जीवको सन्तान वृद्धिका लागि यौन आवश्यक प्रक्रिया हो । संसारमा प्रकृतिले जति किसिमका जीव सृष्टि गरेका छन्, त्यसमा शारीरिक सम्पर्कको विधि पनि त्यति नै किसिमका छन् । सामान्यतः भाले र पोथीको यौन सम्पर्कबाट सन्तान जन्मन्छन् । तर संसारकै बुद्धिमानी प्राणी अर्थात् मान्छे जो सन्तान उत्पादनका लागि मात्र यौन सम्पर्क राख्दैन ।
    यौनका बारेमा मानिसबीचको चासोका कारण धेरै हुनसक्छन् । मानिसहरूबीच विभिन्न किसिमको सम्बन्ध विकासका लागि पनि यौन सम्पर्कलाई आवश्यक ठानिन्छ । त्यसो त हाम्रो समाजले होमोसेक्सुअलिटीलाई पनि मान्यता दिन थालेको छ । तर कुनै समय त्यस्तो पनि थियो, समलिंगीलाई घृणाको दृष्टिले हेरिन्थ्यो । त्यसलाई प्रकृतिले दिएको ठानिँदैन थियो ।
    यी सबै विवाद जति गरे पनि नयाँनयाँ कुरा आउँछन् । तर होमोसेक्सुअलिटी अर्थात् समलिंगीको चर्चाबारे तपाईंलाई के थाहा छ ? यदि थाहा छैन भने समलिंगीबारे यी कुरा जानी राख्दा नोक्सान हुँदैन । धेरै मानिसहरू समलिंगी यौन सम्बन्धलाई सामान्य ठान्छन् । जसमा महिला महिलासँगै र पुरुष पुरुषसँगै आकर्षित हुन्छन् ।
    अंगे्रजीमा यसलाई हिट्रोसेक्सुअल अथवा हेट्रोसेक्सुअलटी भनिन्छ । यसको अर्थ नेपाली शब्दकोमा खोजियो भने उभयलिंगी हुन्छ । विपरीत लिंगको साथीप्रति चासो बढ्न थालेपछि अथवा सम्बन्ध बनाउनलाई सामान्य भाषामा यौन सम्पर्क भनेर बुझिन्छ । तर बुझ्नुपर्ने कुरा के हो भने तपाईंलाई यसबारेमा कसले कहिले भनेको थियो । म पुरुष हुँ भन्ने कुरा कहिले थाहा पाउनुभयो र मैले महिलासँग सम्बन्ध विस्तार गर्नुपर्छ या महिला हुँ, पुरुषसँग सम्बन्ध बनाउनुपर्छ भन्ने कुरा कहिले ज्ञान भयो ?
    यसको जवाफ सजिलो छ, यी सबै भगवानको लीला हो । यसबारे कसैले सिकाउँदैन पनि पढाउँदैन पनि । जसरी तपाईं सामान्य यौन सम्पर्क भनेर जान्नुहुन्छ, त्यो भगवानको लीला हो भनेर बुझ्नु हुन्छ । ती उभयलिंगीहरूमा पनि पा्रकृतिक रूपमै यौन सम्पर्कका लागि चासो देखाउन थाल्छन् । कोही मानिसहरू त्यस्ता व्यक्तिलाई समलिंगी भनेर हेयको भावले हेर्छन् ।
    पूर्वी दर्शनमा यौनको विषयमा खुला रूपमै चर्चा हुन्थ्यो । अहिले पश्चिमा देशमा यौनका विषयलाई लिएर जति खुला छ, त्यो धेरै पुरानो होइन । पश्चिमा देशमा यौन खुला भएको सय वर्ष पनि पुगेको छैन । तर पूर्वीय दर्शनमा यौन भगवानकै पालादेखि खुला थियो भनिन्छ । यो शताब्दीको सुरुमा पश्चिमा देशमा समलिंगी हुनु भनेको दुर्भाग्य वा पाप ठानिन्थ्यो । कानुनी रूपमा खुला भएको धेरै भएको पनि छैन । कतिपय देशमा अहिले पनि समंलिंगी विवाद गैरकानुनी ठानिन्छ ।
    उन्नाइसौं शताब्दीसम्म सामान्य यौन सम्बन्ध जसलाई अंगे्रजीमा हेटरोसेक्सुअल भनिन्छ, त्यसलाई सही अम्मल सम्झिन्थ्यो । तर त्यही विषय बीसौं शताब्दीमा आएपछि यौन सम्बन्ध जस्तो विषय बहस र ठूलै मुद्दा बन्यो । यसको सबैभन्दा ठूलो कारण पश्चिमी देशमा आएको औद्योगिक क्रान्ति थियो । बेलायतमा औद्योगिक क्रान्ति सुरु भएपछि जनसंख्यामा वृद्धि हुन थाल्यो । मानिसले पैसा कमाउन थाले । मानिसहरू यौनसम्पर्कलाई बच्चा जन्माउनका लागि मात्र होइन रहेछ भन्ने सम्झन थाले । यसबाट आनन्द पनि पाइँदो रहेछ भन्ने कुरा मानिसले बुझ्न थाले । त्यति मात्र होइन, यौन सम्बन्धले धेरै रोगको उपचारसमेत हुन्छ भन्ने कुरा पत्ता लगाउन थालियो ।
    सहरमा जनसंख्या बढ्न थालेपछि यौन अपराध पनि बढ्न थाले । जसका कारण यौन सम्बन्धबारे नयाँ बहस सिर्जना हुन थाल्यो । बहससँगै यौनबारे नयाँ तथ्यहरू सार्वजनिक हुन थाले । तथ्यसँगै यसका नाम र शब्द पनि नयाँ आउन थाले । हजारौं वर्षअघिदेखि नै हेटरोसेक्सुअल अथवा सामान्य यौन सम्बन्धका बारेमा आममानिसको बेग्लाबेग्लै धारणा थियो ।
    बीसौं शताब्दीको सुरुसम्म अधिकांश शब्दकोषमा यसलाई घृणाको भावले परिभाषा गरिन्थ्यो । त्यसको २५ वर्षपछि अर्थात् सन् १९३४ देखि हेटरोसेक्सुअलको परिभाषामा केही परिवर्तन आउन थाल्यो । अर्थात् केही फेरबदल हुन थाले । भनिन्छ, विपरीत लिंगप्रति यौन इच्छा राख्नु सामान्य अम्मल हो । अर्थात् यो हेटरोसेक्सुअलको परिभाषा हो, जुन वयस्क मान्छेले राम्रोसँग जान्दछ ।
    के मानिसहरू जहिले पनि हेटेरोसेक्सुअलमा मात्रै रमाउँछन् भन्ने प्रश्न महत्वपूर्ण हो । जुन सम्बन्ध अहिले आममानिसमा थियो, त्यो धेरै पहिलेदेखि नै थियो त ? यस विषयमा धेरै अनुसन्धानहरू भएका छन् । मान्छेको विकास प्रक्रियामा समलिंगीको कुनै एउटा समयमा सुरु भएको अनुसन्धानको निष्कर्ष थियो । अमेरिकाको मिसिगन युनिभर्सिटीका प्राध्यापक डेविड हालपिरिन भन्छन्, ‘यौनको कुनै इतिहास छैन । यो त शरीरभित्र हुने एउटा सामान्य प्रक्रिया मात्र हो, जो सन्तान वृद्धिका लागि अर्थ राख्छ । यसैकारण १९ औं शताब्दीसम्म पश्चिमा देशमा यो शब्दको विषयमा कुनै चर्चा वा बहस भएन ।
    सन् १८६८ भन्दा अगाडि सामान्य यौन सम्बन्धका लागि अरु कुनै शब्द नै प्रयोगमा थिएन । जब मानिसहरूबीच विभिन्न विधि र प्रक्रियाका यौन सम्पर्क हुन थाल्यो, त्यसपछि मानिसको चासो बढ्न थाल्यो । त्यसपछि नै हो, यौन सम्बन्धलाई विभिन्न किसिमको नाम दिन थालिएको हो । सन् १८६० मा हंगेरीका एक पत्रकार कार्ल मारिया कर्टबेनीले मानिसलाई यौन व्यवहारका आधारमा चार किसिमको नाम दिए । पहिलो हेटरोसेक्सुअल, जसलाई सामान्य यौन सम्बन्ध भनिन्छ, दोस्रो होमोसेक्सुअल अर्थात् समलिंगी, यसबाहेक हेटरोजेनिटी तथा मोनोसेक्सुअल दुईवटा शब्द जुन धेरै प्रयोगमा आउँदैन । हस्तमैथुन र बेस्टिएलिटी अर्थात् पशुसम्भोगजस्ता शब्द पनि त्यसबेलादेखि प्रयोगमा आएका हुन् ।
    यौन सम्बन्धका बारेमा विभिन्न किसिमका पुस्तक पाइन्छन् । त्यसबेला पनि हेटरोसेक्सुअल जस्ता शब्द लेख्न पाइँदैन थियो । सबैभन्दा पहिला यो शब्द १८८० मा एक पत्रकारले आफ्नो उपन्यासमा प्रयोग गरेका थिए । त्यसपछि सन् १९८९ मा जर्मनी मनोचिकित्सक रिचर्ड वान क्राफ्ट इबिगले यौनसँग जोडिएको व्यवहारबारे पुस्तक लेखे । त्यही पुस्तकमा हेटरोसेक्सुअल शब्द प्रयोग गरिएको थियो । यद्यपि रिचर्डको चासो अरु कुरामा थियो । आम यौन सम्बन्धका बारेमा थिए, त्यसैले उनले पनि हेटरोसेक्सुअललाई बढी महत्व दिएनन् ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…