Page header hundai

  • के तपाईं लामो जीवन बाँच्न चाहनु हुन्छ ? अथवा क्यान्सरको खतरालाई कम गर्न चाहनु हुन्छ ? त्यसो हो भने छोटो दूरीका लागि तपाईंले सवारी साधनको रूपमा साइकललाई रोज्नुपर्ने हुन्छ । यो कुनै गफ होइन, वैज्ञानिकहरूले प्रमाणित गरेको तथ्य हो भन्ने कुरा बीबीसीले लेखेको छ ।
    अध्ययनअनुसार यातायातमा साइकलको प्रयोग हृदयघात र क्यान्सरको आशंकलाई एकदमै न्यून गराउँछ । बेलायतमा नियमित आउने जाने साढे दुई लाख मानिसमा गरिएको अध्ययनले यस्तो देखिएको हो । सार्वजनिक यातायात प्रयोग गर्ने वा कारमा हिँड्डुल गर्नेभन्दा सडकपेटीमा पैदल हिँड्नु फाइदाजनक भएको पाइयो ।
    ग्लासगोको टिमले यो अध्ययन गरेको थियो । उनी भन्छन्, एक पटक नियमित कामकाजको हिस्सा बनेपछि साइकल चलाउने कुनै इच्छाशक्ति चाहिँदैन, जस्तो कि जिम जाने इच्छा हुन्छ । पाँच वर्ष लगाएर गरिएको अध्ययनले सक्रिय रहने मानिसको तुलना तिनीहरूसँग गरिएको थियो, जो बी स्थिर रहन्छन् ।
    अध्ययनमा संलग्न गराएका व्यक्तिमध्ये दुई हजार चार सय ३० जनाको मृत्यु भएको थियो । तीन हजार सात सय ४८ जनालाई क्यान्सर भएको थियो । एक हजार एक सय १० जनामा मुटुसम्बन्धी समस्या देखिएको थियो । तर अध्ययनका बेला लगातार साइकल चलाउनेहरूमा मृत्युको सम्भावना ४१ प्रतिशतले कम भएर गएको थियो । यसमा क्यान्सरको सम्भावना ४५ र मुटुसम्बन्धी रोगको सम्बन्धना ४६ प्रतिशत थियो ।
    साइकल चलाउनेहरूले एक सातामा औसत झन्डै ४८ किलोमिटर यात्रा गरेका थिए । हड्डीको विरामीका लागि त साइकल चलाउनेहरूलाई बरदान सावित भयो । हिँड्नेहरूलाई मुटुसम्बन्धी रोग एकदमै न्यून लाग्छ । तर बिर्सन नहुने कुरा के हो भने हिँड्दा ती व्यक्तिलाई मात्र फाइदा पुग्छ, जो सातामा कम्तीमा दस किलोमिटर हिँड्छन् ।
    ग्लासगो युनिभर्सिटीका प्राध्यापक डा.जेसन गिलले बीबीसीलाई दिएको जानकारीअनुसार जो व्यक्ति क्रियाशीले यात्रा गर्छ, अथवा क्रियाशील यात्रा गर्छ, त्यस्ता व्यक्तिलाई क्यान्सर र मुटुसम्बन्धी रोग लाग्ने सम्भावना एकदमै कम हुन्छ । तपाईं दिनहुँ काममा जानुपर्छ भने साइकललाई साथी बनाउनुस्, त्यसले रोग लाग्नबाट बचाउँछ । बानी परेपछि इच्छाशक्तिको कुरा पनि आउँदैन । विकसित देशमा रेलको लिकसँगै साइकल लेन पनि बनाइदिएको हुन्छ । हाम्रो देशमा पनि अब विकास गर्दा साइकल लेन बनाउन छुटाउनु हुँदैन ।
    साइकल र सार्वजनिक यातायात दुवै प्रयोग गर्ने मान्छेलाई पनि स्वास्थ्यमा फाइदा नै पुग्छ । धूमपान, खानपान र मोटोपना जस्ता अन्य सम्भावित प्रभावलाई हटाएपछिको त्यो असर थियो । बेलायती मेडिकल जर्नलमा प्रकाशित भएको उक्त अध्ययनको अर्थ थियो, कुनै पनि रोगको स्पष्ट कारण वा असर निर्धारण गर्न सम्भव हुँदैन । अध्ययनअनुसार साइकल चलाउनेलाई क्यान्सरको खतरा न्यून हुन्छ, तर वजन कम गर्न होइन ।
    व्यायामका लागि साइकल चलाएर घुम्नुलाई राम्रो मानिन्छ । त्यसो त दुवै चलायमान हुन्छ । बेलायतको क्यान्सर अध्ययनका क्लेयर हायडा भन्छन्, यो अध्ययनले तपाईंको दैनिक क्रियाशीलताले प्राप्त गर्ने सम्भावित लाभलाई उजागर गर्न सहयोग पुग्छ । तपाईंलाई जिम जान अथवा म्याराथन दौडिराख्नु आवश्यक हुँदैन । हल्का शरीर तताउने र श्वास प्रश्वासमा थोरै तीव्रता ल्याउनु भयो भने स्वास्थ्यलाई फाइदा पुग्छ । यी काम तपाईंले साइकल कुदाएर होस् वा घरको कामबाट गर्नुहोस्, त्यसले सबैलाई फाइदा पुग्छ ।

     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…