Page header hundai

  • के तपाईं कोही मान्छे मर्दै गरेको हेर्न रुचाउनु हुन्छ ? यो प्रश्न नै तपाईंका लागि गज्जब लाग्न सक्छ । तर संसारमा त्यस्ता व्यक्ति पनि हुँदा रहेछन, जो फाँसीमा झुन्डिरहेको मान्छे हेर्न स्वतस्फुर्त पुग्छन् ।
    टेरेसा क्लार्क र उनका पति लैरी क्लार्क यस्ता दम्पती हुन्, जसले विगत केही वर्षदेखि मान्छेलाई फाँसीको सजाय दिएको नजिकबाट अवलोकन गरिरहेका छन् । टेरेसाका पति लैरी फाँसीको सजाय हेर्दा पहिलो पटक एक्लो थिए । त्यसपछि उनीसँग टेरेसा पनि संलग्न भइन्, उनले भनिन्, ‘यो हेर्न लायक चीज हो ।’
    टेरेसाले सन् १९९८ मा पहिलो पटक फाँसी दिएको हेरेकी थिइन् । त्यसबेला डगलस बुकानान जुनियरलाई फाँसी दिइँदै थियो । तिनीहरू आफ्ना पिताका सौतेनी आमा र दुई भाइका हत्यारा थिए । टेरेसा र लैरीलाई फाँसी दिइरहेको हेर्दा आनन्द आउँछ भन्ने कुरो होइन । लैरी र टेरेसाजस्ता कानुनी आवश्यकता पूरा गर्न त्यहाँ पुगेका हुन् । अमेरिकाको केही राज्यमा कानुनअनुसार कसैलाई फाँसी दिइँदैछ भने केही दर्शक अनिवार्य उपस्थित हुनुपर्नेछ । दर्शकको अनुपस्थितिमा कसैलाई पनि फाँसीको सजाय दिइँदैन । तर समस्या के हो भने मान्छेहरू फाँसीको सजाय दिएको हेर्न कोही पनि आउँदैनन् ।
    कस्तो हुन्छ फाँसी
    फाँसीको सजाय पाउने व्यक्ति जेलमै हुन्छ । बुकाननलाई फाँसी सजाय दिइएको बेला उनले देखेको घटनाबारे टेरेसाले यसरी सविस्तार बयान गरिन् । फाँसीको दिन पनि उसलाई जेलबाट बाहिर निकालियो । केही समय उसलाई कोठामा बिताउन दिइयो । त्यसपछि उसलाई त्यही ठाउँमा पु¥याइयो, जहाँ ऊ फाँसीमा चढ्नुपर्ने थियो ।’ त्यसभन्दा अगाडि उसलाई उज्यालो कोठामा राखियो । त्यो कोठामा धेरै झ्याल थिए, पर्दा हटाउँदा बुकानन देखिए । बुकाननलाई सोधियो, के तिमी अन्तिम पटक केही भन्न चाहन्छौं ? बुकाननले उत्तर दिए, ‘यात्रा सुरु गर्नुहोस्, म हिँड्न तयार छु ।’ टेरेसा भन्छिन्, फाँसीको समय कैदीले सिधै ती व्यक्तिहरू देख्छन्, जो अगाडि बसेका छन् । अर्थात् टेरेसा र लैरी जस्ता मान्छे । अनौठो फिलिङ हुन्छ, मर्दै गरेको मान्छेले तपाईंलाई घुरेर हेरिरहेको हुन्छ ।’ यस्तो मृत्युदण्ड हेर्दा के कुनै असर पर्दैन भन्ने प्रश्नको जवाफ दिँदै टेरेसा भन्छिन्, ‘जब मैले पहिलो पटक हेरेर आएँ, त्यो बेला गाडी रातोबत्तीमा उभिएको थियो, त्यो बेला दुर्लभ झ्यालमा त्यो व्यक्तिलाई देखे, जो भर्खरै मेरो सामुन्ने थियो । फाँसीपछि डाक्टरले कैदीलाई मृतक घोषित गर्छन् र साक्षीलाई धन्यवाद दिन्छन् ।
    समाचारमा यस्ता व्यक्ति किन ?
    केही समयअघि अराकांशश राज्यको न्याय विभागले फाँसीको सुनिश्चितता गर्न केही साक्षीको अभाव भएको उल्लेख गरेको थियो । राज्यमा ११ दिनभित्र आठ कैदीलाई फाँसी दिइनुपर्ने विभागले नोटिस जारी गरेको थियो । राज्यको नियमअनुसार एउटा फाँसीमा कम्तीमा ६ जना सम्मानित नागरिकको उपस्थिति अनिवार्य छ । फाँसी सही तरिकाले दिइयो है भन्नका लागि कानुनले ६ जना सम्मानित नागरिकको उपस्थिति अनिवार्य गरेको बताइन्छ । विभागको उक्त अपिलपछि केही मानिसहरू सार्वजनिक भए । उनीहरूले उपस्थिति जनाएर कानुनलाई सहयोग गर्ने बताएका थिए ।
    वृद्ध पनि साक्षी
    ७७ वर्षका फ्रेन्क वेइलेन्डले अहिलेसम्म चारवटा फाँसी देखिसकेका छन् । सन् २००६ मा फ्रेन्कले अन्तिम पटक मृत्युदण्ड दिइएको देखेका थिए । त्यसबेला कैदी थिए, बैन्डन हेडरिक । हेडरिकका लागि मृत्यु दुई विकल्प थियो, विषालु सुई वा इलेक्ट्रिक चेयर । फ्रेन्क भन्छन्, ‘म जहाँ बसोबास गर्छु, त्यसैको नजिक बस्थ्यो हेडरिक । मेरा चिनजान भएका मानिससँग समेत हेडरिक परिचित थियो । प्रहरीका अनुसार हेडरिकलाई सुईसँग औधि डर लाग्थ्यो । उनले भने, पहिला हेडरिकलाई चेयरमा बसाइयो, त्यसपछि टाउकोमा स्पन्ज लगाइयो, ताकि विद्युतको करेन्ट छिटो सञ्चालन होस्, त्यसपछि उनी ढले । फ्रेन्क भन्छन्, ‘हेडरिकको हात चेयरमा बाँधिएको थियो, मलाई लाग्थ्यो, ऊ कुर्सी पक्रेर बसिरहेको छ । तर त्यस्तो केही भएन, छिसिक्क आवाज आयो, यदि मलाई पनि मार्ने हो भने यही इलेक्ट्रिक चियरकै विकल्प रोज्ने छु । आफ्नो अनुभव सुनाउँदै फ्रेन्क भन्छन्, ‘मैले देखेको यी घटना दिमागमा पटक पटक रिप्ले हुन्छन्, थाहा छैन, यस्ता घटनाको साक्षी म किन बन्छु ?
    धेरै मृत्युदण्ड दिने देश चीन
    मानवअधिकार संगठन एमनेस्टी इन्टरनेसनलले भनेको छ, चीनमा गत वर्ष जतिलाई मृत्युदण्ड दिइयो, त्यतिकै संख्यामा विश्वका अन्य मुलुकमा दिइएको थियोे । संगठनले भनेको छ, चीनलाई छोडेर संसारमा एक हजार ३२ जनालाई फाँसीको डोरीमा झुन्ड्याइयो । एमनेस्टीका अनुसार २०१६ मा संसारभरि फाँसी दिनेको संख्यामा ३७ प्रतिशतले कमी आएको छ । अर्थात् अघिल्लो वर्ष एक हजार ६ सय ३४ जनालाई फाँसी दिइएको थियो । यसको मुख्य कारण पाकिस्तान र इरानमा फाँसी दिएको घटनामा कमी आउनु हो भनिएको छ । यद्यपि यी दुवै देश फाँसी दिने सूचिको शीर्ष पाँच नम्बरमा पर्छन् ।
    संगठनका अनुसार चीनमा जतिलाई फाँसी दिइन्छ, त्यतिकै संख्यामा बाँकी संसारमा फाँसी दिइन्छ । तर चीनको तथ्यांक बाहिर आएको छैन, जति तथ्यांक छन्, ती सबैलाई विश्वसनीय आधार भनिएको छ । सन् २००६ पछि पहिलो पटक अमेरिका शीर्ष पाँचबाट बाहिर आएको हो । फाँसी सजाय दिनेमा पाकिस्तानमा गिरावट आएको छ । सन् २०१५ मा तीन सय २६ लाई झुन्ड्याइएको थियो भने सन् २०१६ मा त्यो संख्या ८७ मा सीमित भयो । मध्यपूर्व र उत्तर अफ्रिकामा कूल फाँसीको संख्यामा २८ प्रतिशतले कमी आएको बताइन्छ । तर नाइजेरियामा यस्तो घटनामा बढोत्तरी भइरहेको छ । समग्र अफ्रिकी देशलाई विश्लेषण गर्ने हो भने त्यहाँ एक सय ४५ प्रतिशतले वृद्धि भइरहेको छ । संसारका एक सय चार राष्ट्रले आफ्नो देशको कानुन र व्यावहारिक मृत्युदण्डको सजाय हटाएका छन् । सन् १९९७ सम्ममा मृत्युदण्ड नदिने देशको संख्या ६४ मात्र थियो ।

     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…