Page header hundai
  • प्रधानमन्त्रीलाई आईओसीको पत्र


    काठमाडौं । नेपाल ओलम्पिक कमिटीमा सरकारी हस्तक्षेप जारी रहे लगभग पाँच वर्षका लागि नेपाली खेलकुद अन्धकारतिर धकेलिने निश्चित प्रायः भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपालको विवादको विषयमा आईओसीले सरोकार राखेर गरेको पत्राचार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएपछि त्यस्तो संकेत देखिएको हो । आईओसी र ओसीएले नेपालको सरकारी निकायमा डाइरेक्ट पत्र पठाएको भने होइन । आईओसी र ओसीएले ओलम्पिक कमिटीलाई दिएको निर्देशनअनुसार प्रधानमन्त्री, गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पत्र पठाइएको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार ‘आईओसी र ओसीएले उच्च निकायमा सो पत्र पठाउन भन्ने निर्देशन अनुसार सम्प्रेषण गरेको हो । उनले ‘समयमै सरकारले यसमा गम्भीर भएर सोच्छ भन्ने विश्वास छ ।’ उनले प्रहरीको संरक्षणमा सातदोबाटोमा रहेको भवन रुक्मशम्शेर राणा अध्यक्ष रहेको कमिटीले कब्जामा लिएको आरोप लगाएका थिए ।
    ‘राष्ट्रको गौरवसँग जोडिएको १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा जुट्नुपर्ने बेला छ । म दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अध्यक्ष छु । यो जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने,
    ‘त्यसैले निर्बाध रूपमा काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्छ‘ ।’ अन्तर्राष्ट्रिय सहभागिता आफ्नो कमिटीले मात्र गर्न सक्ने कुरा दोहो¥याएका थिए । आईओसीले २८ मार्चमा पत्राचार गरी नेपालमा समानान्तर ओलम्पिक कमिटीका नाममा भएको पछिल्लो गतिविधिबाट आफू गम्भीर भएको बताएको छ । श्रेष्ठ अध्यक्ष रहेको कमिटीले मात्र नेपाल काम गर्न सक्ने आईओसीले जारी गरेको पत्रमा उल्लेख छ ।
    अध्यक्ष श्रेष्ठले रुक्म शम्शेर राणा अध्यक्ष रहेको राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीलाई स्थिति समान्य अवस्थामा ल्याएर निर्बाध रूपमा काम गर्ने वातावरण बनाई मेलमिलापका लागि बाटो खुला गर्न आग्रह गरेका छन् । उनले गत शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर भवनमा निर्बाध रूपमा काम गर्ने स्थिति बनाइदिनका लागि सरकारलाई समेत आग्रह गरे ।
    उनले समयमै सकारले कदम नचाले नेपाली खेलकुद अन्धकारमा जाने भन्दै घुमाउरो रूपमा आईओसीबाट निलम्बनमा पर्न सक्ने चेतावनीसमेत दिए ।
    आईओसीले नेपालमा ओलम्पिक चार्टर्डविपरीत आईओसीको सम्पत्तिका रूपमा रहेका ओलम्पिक शब्द, ओलम्पिक रिङ र प्रतीक प्रयोग भई ओलम्पिक मुभमेन्टमा नराम्रो अवस्था सिर्जना भएको बताएको छ ।  आईओसीले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको कमिटीलाई तत्काल आफ्नो कार्यालयमा पुनःस्थापना भई ओलम्पिक चार्टर्डअनुसार गतिविधि गर्नसमेत निर्देशन दिएको छ । उसले ओलम्पिक शब्द, रिङ र प्रतीक प्रयोग गर्ने अधिकार श्रेष्ठ कमिटीलाई रहेकाले समानान्तर कमिटीको नाममा ओलम्पिकको सम्पत्ति प्रयोग भएकाले तत्काल बन्द गराउन समेत आग्रह गरेको छ ।
    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २८ मार्चमा नेपाललाई गरेको पत्राचारमा ओलम्पिक गेम्स, एसियन गेम्सलगायत आईओसीले मान्यता दिएको बृहत् खेलकुद प्रतियोगितामा आईओसीको मान्यता प्राप्त श्रेष्ठ कमिटीले सम्बन्धित राष्ट्रका खेलाडीको सहभागिता गराउन सक्ने समेत उल्लेख गरेको छ ।
    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीमार्फत नेपालमा लामो समयदेखि रहेको ओलम्पिक विवाद समाधानका लागि शान्तिपूर्ण र रचनात्मक वार्ताका लागि आग्रह गरेको छ । राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्शेर राणा अध्यक्ष रहेको कमिटी, सरकारसँग नेपालको  खेलकुद र खेलाडीको हितका लागि वार्ताको ढोका खुला राख्न आग्रह गरेको हो ।
    आईओसीका एनओसी रिलेसन्स डाइरेक्टर पेरे मिरो र ओलम्पिक काउन्सिल अफ एसियाका डाइरेक्टर जर्नलर तथा टेक्निकल डाइरेक्टर हुसान अल मुसल्लामले हस्ताक्षर गरेको पत्र सरकारको उच्च निकायमा बुझाउनसमेत श्रेष्ठ कमिटीलाई आग्रह गरिएको छ । तत्काल यस विवाद मिलाउने विषयमा कार्य नगरेमा एनओसीको अब बस्ने कार्यकारीको बोर्ड बैठकमा एजेन्डा लगिने बताइएको छ । ‘हामी विश्वास गर्दछौं । सरकारी निकायले यो समाधानका लागि समर्थन गर्नेछ ।

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…