Page header hundai
  • निलेन्द्रराज श्रेष्ठ, अध्यक्ष दक्षिण एसियाली ट्राइथोलन संघ


    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता हालै सम्पन्न भयो । राष्ट्रिय प्रतियोगिताले जति चर्चा पाउनु पर्ने थियो, त्यत्ति नपाएको गुनासा सुनियो । मिति तोकिदै स्थगित भएको यो प्रतियोगिता लगभग असफल भएको विश्लेषण भइरहेको छ । राष्ट्रिय प्रतियोगितालाई नेपाल ट्राइथलोन संघका महासचिव निलेन्द्रराज श्रेष्ठले कसरी हेरेका छन् । यसै विषयमा श्रेष्ठसँग तरुणले गरेको कुराकानी

    ० सातौं राष्ट्रिय खेलकुदलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
    – देशमा अस्थिर राजनीति छ, त्यो राजनीतिबाट खेलकुद पनि अछुतो छैन । राष्ट्रिय प्रतियोगिताबाट दुईवटा कुरा अपेक्षा गरिन्छ । पूर्वाधार विकास र नयाँ खेलाडी उत्पादन हुन्छन् । तर सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट यी दुवै कुरा राष्ट्रले पाउन सकेन । त्यस हिसाबले विश्लेषण गर्दा सातौं राष्ट्रिय प्रतियोगिता पूर्णरुपले असफल भयो । यी दुवै कुरा भएन भन्दैमा निराश भइहाल्नु हुँदैन किनभने कम्तीमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताले निरन्तरता पाएको छ ।

    ० निरन्तरता पाउनु मात्रै ठूलो कुरा हो ?
    – प्रतियोगिता पटक पटक मिति घोषणा हुँदै स्थगित भएको थियो । अन्ततः पूर्वाञ्चलमा जेजस्तो अवस्थामा भए पनि पुसको पहिलो साता सम्पन्न भयो । यसमा प्रशस्त कमीकमजोरी भएका छन्, त्यसलाई सुधार गरेर जानु बुद्धिमानी होला भन्ने मलाई लाग्छ । हुँदै नहुनुभन्दा प्रतियोगिता सम्पन्न भएको छ, अबका दिनमा सुधार गर्दै अझ परस्कृत गर्दै लैजानुपर्छ ।

    ० राज्यको त्यत्रो लगानी ?
    – भूतले खाजा खाने बेलामा बजेट विनियोजन गरेर खेलकुदको पूर्वाधार बन्दैन । राज्यले खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म राज्यको लगानी बालुवामा पानी हाले सरह हुन्छ । जबसम्म दीर्घकालीन सोच राखेर खेलकुदमा लगानी गरिदैन तबसम्म खेलकुदबाट कुनै उपलब्धी हासिल गर्न सकिँदैन ।

    ० अब के गर्नुपर्छ ?
    – सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अनियमिता गर्नेहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छ । राज्यले नै छानबिनमा सक्रिय हुनुपर्छ, ताकि दोश्रो पटक खेल क्षेत्रबाट त्यस्ता गलत काम गर्ने मनोबल समाप्त होस् । त्यसका लागि समिति नै बनाएर अनुसन्धान गरिनुपर्छ । भइसकेका कुराबाट पाठ सिकेर नयाँ ढंगले अघि बढ्नुपर्छ । आठौं राष्ट्रिय प्रतियोगिताका लागि तोकिएको स्थानमा पूर्वाधार बनाउन अहिलेदेखि नै लाग्नुपर्छ । प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि तयारी अहिलेदेखि गरियो भने मात्र सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ । त्यसका लागि दीर्घकालीन भिजन भएका व्यक्ति नीति निर्माण तहमा हुनुपर्छ । राष्ट्रिय खेलकुद परिषद् एक्लैले केही गर्न सक्दैन ।

    ० तपाईंको ट्राइथोलन सातौं राष्ट्रिय प्रतियोगितामा सहभागी भएन नि ?
    – हामीले अघिल्लो वर्ष नै राष्ट्रिय प्रतियोगिता बेगानाश तालमा सम्पन्न ग¥यौं । अघिल्लो वर्ष ३ वटा खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको थियो । स्वीमिङ, भारोत्तलन र ट्राइथोलनको राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको हो ।

    ० ट्राइथोलन नेपालीका लागि नयाँ खेल हो ?
    – यो ओलम्पिक खेल हो । सन् २००० देखि यो ओलम्पिकमा समावेश भएको हो । एउटा खेलाडीले स्वीमिङ, साइकल र रनिङ गरेर सम्पन्न हुने ट्राइथोलन नेपालीका लागि नयाँ खेलजस्तो लागे पनि १६ वर्ष अगाडि दुई जना विदेशीको संलग्नतामा अन्तर्राष्ट्रिय च्याम्पियसीप भएको थियो । लगातार तीन संस्करण यो प्रतियोगिता भयो । ट्राइथोलन संघ दर्ता पनि भएको थियो । च्याम्पियनसीप रोकिएपछि धेरैले ट्राइथोलन बिर्सेका थिए । सन् २०११ मा हामीले यसलाई व्युझायौं । दुवै संघलाई निर्वाचन विधिबाट एउटै बनाएर अघि बढाएका छौं । अहिले अन्य खेलजस्तै ट्राइथोलन नेपालमा पनि पपुलर हुँदैछ ।

    ० कसरी खेलिन्छ ?
    – स्ट्याण्र्ड खेलमा १ दशमलब ५ किमी स्वीमिङ, ४० किमी साइकिलिङ र १० किमी रनिङ हुन्छ । स्प्रिन्ट इभेन्टमा मिक्स टिम रिलेमा दुई दुई जना केटाकेटी हुन्छन् । यसको दूरी स्ट्याण्र्डभन्दा सानो हुन्छ ।

    ० कति छन् खेलाडी प्रशिक्षक ?
    – चार वर्षअघि हामीले शून्यबाट सुरु गरेका हौं । त्यसबेला खेल सामग्रीलगायत हामीसँग केही थिएन । अहिले ४० जना प्राविधिक अधिकृत (प्रतियोगिता हुँदा चाहिँदै जनशक्ति) पाँचजना प्रशिक्षक र त्यस्तै चार दर्जनजति खेलाडी तयार गरिसकेका छौं ।

    ० खेलाडीले उपाधि पनि जितेका छन् ?
    – पाँचौं राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । दक्षिण एसियाली च्याम्पियनसिपको चौथो संस्कृत गत मार्चमा सम्पन्न भयो । अब पाँचौं संस्करण हुँदैछ । फिलिपिन्समा सम्पन्न एसिया च्याम्पियनसिपमा उमेर समूहको खेलमा २ स्वर्ण र एक सिल्भर जितिसकेको छ भने साफमा पहिलो पटक ट्राइथोलन राखिएको थियो । त्यहाँ पनि हामीले दुईवटा पदक जित्यौं । व्यक्तिगतमा रजत र मिक्स रिलेमा कास्य पदक हाम्रा खेलाडीले जितिसकेका छन् ।

    ० यो खेलका लागि पूर्वाधार तयार गर्न अप्ठ्यारो रहेछ नि ?
    – विशेषतः यो समुन्द्रमा खेलिने खेल हो, यद्यपि नेपालमा पनि प्रशस्त ताल तलैया भएकाले सम्भावना धेरै छ । तर टे«निङ सेन्टरका लागि हिटिङ सिस्टमको स्वीमिङ पुल नभएपछि हिउँदको समयमा अभ्यास गर्न कठिन हुन्छ ।

    ० खेलमा खेलाडीको आकर्षण ?
    – यो बलशाली खेल हो, स्वभावैले नेपालीहरु बलशाली हुन्छन् । नयाँ खेल भएकाले पनि खेलाडीहरुको आकर्षण धेरै नै पाइन्छ । यद्यपि यो खेलमा अरु खेलजस्तो अध्ययन अनुसन्धान भएको छैन । जुनसुकै खेलमा पदक जित्नुको पछाडि विज्ञान जोडिएको हुन्छ । अन्य खेलमा जस्तै ट्राइथोलनमा अध्ययन अनुसन्धान भएको छैन ।

    ० सम्भावना के देख्नुहुन्छ ?
    – सम्भावना धेरै छन्, त्यसैले हामी योजना बनाएर लागिरहेका छौं । युथ ओलम्पिकमा छनोट हुने, एसियन प्रतियोगितामा छनोट भएर भाग लिने, ओलम्पिकमा सहभागीका लागि प्रयास गर्नेछौं । त्यसैगरी १३ औं सागमा हामीले स्वर्ण पदक जित्ने लक्ष्य लिएका छौं ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…