Page header hundai

  • विराटनगर । सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उनको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्रायः स्वर्ण पदकमा कब्जा गरेकी छन् ।
    पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदकमा चित्त बुझाए पनि त्यसपछिको छैटौं र सातौं राष्ट्रिय खेलमा सुनिताले लगातार स्वर्ण पदक जित्दै आएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ भगतपुरका उनले स्वर्ण पदक सहजै जितेकी होइनन ।
    कञ्चनपुरकै पहिलो जुडो खेलाडी सुनिताले जुडो खेल्न थालेको ६ वर्षमा पाँच स्वर्ण र एउटा रजत पदक जित्न सफल भएकी हुन् । जुडो खेलेदेखि उनँले त्यसमा प्रशिक्षण पनि दिँदै आएकी छन् । ‘म आफै प्रशिक्षक आफै खेलाडी हूँ’ स्वर्ण पदक जितेपछि भनिन् । ‘प्रतियोगितामा जति खेलाडीसँग भिडेँ साँझ बिहान घरमा उनीहरूकै सिको गरेर जुडोको अभ्यास गर्ने गरेको थिएँ’ उनले भनिन् । सुनिताले २०६५ सालदेखि आफैंले आफूलाई प्रशिक्षित पार्दै आएकी थिइन् ।
    त्यतिबेला जुडोको एक्लो खेलाडीका रुपमा रहेका उनले अहिले १० खेलाडी तयार पारिसकेकी छन् । २०६८ फागुनमा सुदूरपश्चिममा आयोजना गरिएको छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनितासँगै आशिश ओझाले कञ्चनपुरबाट सहभागिता जनाएका थिए । सो प्रतियोगितामा दुबैजनाले स्वर्ण पदक जितेका थिए । पूर्वाञ्चलमा सातौं राष्ट्रिय प्रतियोगितामा उनले उत्पादन गरेका सात खेलाडी सहभागी थिए ।
    सुरुवातमा सुनिता कराँते खेल्थिन । चार कक्षा पढ्दादेखि उनी कराँतेमा होमिएकी हुन् । तर पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेको क्षेत्रीय छनोट प्रतियोगिताबाटै बाहिरिएपछि उनको मन कुँडियो । सँगैका साथी राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटे, तर सुनिता पीडा खप्न नसकेर घरमै बसिन ।
    ‘निराश भएर घरमै बसेकी थिएँ, एकजना साथीले जुडोको छनोटका लागि भाग लिन सल्लाह दिए । उनले विगत सम्झिँदै भनिन– ‘नाम मात्र सुनेको खेलको छनोटमा कसरी सहभागी हुने, सम्झिनै सकिन, तर साथीको करकापले छनोटमा सहभागी भएँ ।’
    तेक्वान्दो खेलाडी निर्मला चौधरीले ख्याल ख्यालमै दिएको सल्लाहकै कारण सुनिता अहिले जुडो खेलाडीको रुपमा स्थापित भइसकिन् । निर्मलाले सुनितालाई कञ्चनपुरको खुल्लामञ्चमा जुडोका प्रशिक्षक हरि श्रेष्ठसँग भेट गराइदिन । यो पाँचौंँ राष्ट्रिय प्रतियोगिता सुरु हुन १० दिन अघिको कुरा थियो । बाँकेका जुडो प्रशिक्षक श्रेष्ठ खेलाडीको खोजी गर्दै कैलालीको धनगढी हुँदै भीमदत्तनगरसम्म पुगेका थिए ।
    कम तौलका खेलाडी भेटाए पनि बढी तौलका खेलाडीको अभाव थियो जुडोमा । ८५ किलो तौलको हाराहारी भएकै कारण प्रशिक्षक श्रेष्ठले सुनितालाई जुडो खेल्न कर गरे । अनि उनले सुनितालाई सोझै धनगढी लगेर जुडो सिकाउन थाल्दा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काठमाडौँमा भिड्ने पक्कापक्की भयो । उक्त तौल समूहमा उनी सुदूरपश्चिमको एक्लो खेलाडी हुन् । सो क्षेत्रमा उनको प्रतिस्पर्धी कोही पनि भेटिएनन् ।
    आफ्नो तौल बढी हुनु नै मेरा लागि अवसर बन्यो, उनले भनिन्, ‘दुई दिनसम्म जुडो खेलबारे बुझ्नै समय लाग्यो । बाँकी आठ दिनको अभ्यासका भरमा प्रतिस्पर्धाका लागि काठमाडौँतर्फ लागेँ र सो प्रतियोगितामा रजत पदक जित्न सकँे । त्यसयता हरेक प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छु ।’
    पदकले हौसला बढायो, खेल्न उत्साहित बनायो,” विगत सम्झिदै सुनिताले भनिन, ‘पाँच वर्षअघि सुदूरपश्चिममै सम्पन्न छैठौं राष्ट्रिय प्रतियोगितामा मैले स्वर्ण पदक पाएँ । यसपाली सातौँमा समेत स्वर्ण पदकमा कब्जा जमाउनु सकेँ । छैटौँलगत्तै काठमाडौँमा सातौं दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा समेत स्वर्ण पदक जितेको थिएँ ।’ कञ्चनपुरको खुल्लामञ्चमा अभ्यासमा जाँदा उन जुडोको एक्लो खेलाडी । त्यसैले सुनिताले अधिकांश समय कराँते खेलाडीसँगै अभ्यास गर्दैआएकी थिइन् । ‘अभ्यासै नगर्दा खेल्न नसकिएला भन्ने डर,” उनले भनिन्, ‘कराँतेकै अभ्यासका भरमा नै मैले २०६८ सालमा छैठौं राष्ट्रिय प्रतियोगितामा जुडोमा ७८ किलोमाथिको तौलमा स्वर्ण पदक पाएँ । जुडोले उनको मन लोभ्याएको छ । घरपरिवारको साथ र सहयोग पाउँदासम्म स्वर्ण पदकका लागि खेलिरहने सुनिताले प्रतिज्ञा गरिन् । प्रशिक्षणबिना नै कुनै खेलाडीले जुनसुकै खेलमा पनि स्वर्ण पदक चुम्नु चानचुने कुरा होइन् ।
    त्यो पनि पाँच÷पाँच पटक । अझ विभागीय खलाडीको दबदबा रहेको स्थितिमा मोफसलका खेलाडीले स्वर्ण पदक जित्नु दुर्लभ नै मानिन्छ । तर २३ वर्षीया सुनिताले भने उक्त चमत्कार देखाउँदै आएकी छन् ।
    पाँच वर्षअघि काठमाडौंमा सम्पन्न सातौं दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा सुनिताले ७८ किलोमाथिको तौलमा स्वर्ण पदक जितिन । उनले उक्त खेलमा श्रीलङ्काका खेलाडी दमयन्ती हेवा हम्बेपितियालाई इपोन (नकआउट) गरिन् । ‘वेस्ट अफ थ्री’ मा सुनिताले दुई पटक विपक्षी खेलाडीलाई नकआउट गरिन् । चार मिनेटको खेलमा उनले एक मिनेट ३६ सेकेन्डमै खेल आफनो पक्षमा पारेकी थिइन् ।
    सात वर्षको उमेर हुँदा कराँते खेल्न थालेकी सुनिताले कराँतेमा ‘सेकेन्ड डन’ बेल्ट पाएकी थिइन् । तर उनी सन्तुष्ट हुन सकिनन् । ‘बेल्ट पाउनु उपलब्धि होइन रहेछ, पदक जित्नु ठूलो कुरा हो’ उनले भनिन, ‘नेपालमा खेलाडीलाई आत्मसन्तुष्टि दिलाउने भनेकै पदकले हो, अरु यहाँ के नै पो छ र ।’ राम्रो खेलकै कारण नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७०’ अन्तर्गत उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा परेकी थिइन ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…