Page header hundai
  • रञ्जिता कार्की, अधिवक्ता


    देश र समाज परिवर्तनका लागि कानुन व्यवसाय र राजनीतिलाई एकै साथ अघि बढाएको रञ्जिता कार्की बताउँछिन् । नेपाल ल क्याम्पसमा नेविसंघ अध्यक्ष, काठमाडौं जिल्ला अदालत वार एसोसिएनकी सहसचिव तथा झापा २ की क्षेत्रीय कोषाध्यक्ष हुन् । महिलालाई पेसामा टिक्न कठिन संघर्ष गर्नुपर्ने उनको बुझाई छ । यद्यपि मेहनत, लगनशील र इच्छा ग¥यो भने अप्ठ्याराहरूलाई सहजै पन्छाउन सकिने उनको अनुभव छ । पेसामा महिलाको अवस्था तथा उनको निजी जीवनबारे कार्कीसँग तरुणले गरेको कुराकानी :

    ० तपाईं कानुन व्यवसायी कि राजनीतिकर्मी ?
    – पेसाले म कानुन व्यवसायी हुँ, समाजसेवा मेरो रुचिको विषय हो । राजनीतिमार्फत समाजसेवामा पनि समर्पित छु ।

    ० कुन सजिलो ?
    – संसारमा सजिलो केही हुँदैन, रुचि र पेसामा कत्ति मेहनत गर्ने र समय दिने भन्ने कुरा महत्वपूर्ण हो । दुवै अप्ठ्यारा छन् ।

    ० पेसामा महिलालाई सजिलो होला नि ?
    – पेसामा महिलालाई झन् अप्ठ्यारो हुँदो रहेछ । पेसामा स्थापित हुनलाई चानचुने मेहनतले पुग्दैन, पेसामा स्थापित नभई आर्थिक रूपले टिक्न कठिन हुन्छ । अहिलेको परिप्रेक्ष्यमा परिवारले राजनीति गर भन्ने अवस्था छैन ।

    ० प्रतिस्पर्धा गर्न सकिन्न भन्न खोज्नुभएको हो ?
    – सुरुका दिनमा क्लाइन्टले पत्याउँदैन । स्थापित भइसकेपछि खोज्दै आउँछन् । कानुन व्यवसायमा सुरुका संघर्ष कठिन हुन्छ भन्न खोजेको हो । सीमित तलबमा जागिर खाने अर्को कुरा हो । ल फर्म खोल्नै श्रीमान् अथवा अरुको सहयोग चाहिन्छ । क्लाइन्टले महिलालाई हत्तपत्त पत्याउन खोज्दैन ।

    ० तपाईंलाई पनि त्यस्तै भइरहेको छ ?
    – मैले आफ्नै फर्म सञ्चालन गरेकी छु, राजनीतिक नेटवर्कले गर्दा मलाई त्यस्तो खासै कठिन परेको छैन ।

    ० कस्ता मुद्दाले प्राथमिकता पाउँछ ?
    – कानुन व्यवसायी भइसकेपछि सबै किसिमको मुद्दा हेर्नुपर्छ । मेरो विशेष रुचि चाहिँ ‘क्रिमिनल ल’ हो । एउटै किसिमको मुद्दा मात्र हेर्छु भन्न थाल्यो भने फर्म चलाउन कठिन हुन्छ । सम्बन्ध विच्छेद, फौजदारी मुद्दा हेर्नैपर्छ । तर कतिपय मुद्दा निःशुल्क लड्दिनुपर्ने पनि हुन्छ ।

    ० क्रिमिनल मुद्दामा रुचि राख्नुको कारण ?
    – यसका धेरै कारण छन् । यो सरकारवादी मुद्दा हुन्छ, जेलभित्र बसेको मान्छेको पीडालाई बाहिर ल्याउन धेरै महेनत गर्नुपर्छ ।

    ० क्रिमिनल मुद्दामा घुस लेनदेन हुन्छ भन्छन् नि ?
    – प्रमाणको आधारमा फैसला हुन्छ, क्रिमिनल मुद्दामा घुस लेनदेन हुन्छ भन्ने कुरा साँचो होइन होला ।

    ० न्यायालयमा घुस चल्छ ?
    – कानुन व्यवसायीले बिना प्रमाण बोल्नु हुँदैन । न्यायालयमा घुस लिएको देएको दशीप्रमाण नभएकाले घुस लेनदेन हुन्छ भनेर कसरी भन्न सकिन्छ ?

    ० बोर्डरलाइनको मुद्दामा घुस चल्छ भन्छन् ?
    – मुद्दा घुमाउन सक्ने कुरा मैले पनि सुनेकी छु, तर अहिलेसम्म प्रमाण नभएकाले घुस चल्छ भन्न सकिन्न ।

    ० वकिल बन्न कसले हुटहुटी लगायो ?
    – मेरो इच्छा चाहिँ पुलिस बन्ने थियो, तर देशमा द्वन्द्व चलेकाले घरपरिवारले प्रहरी सेवामा लाग्न दिएन । त्यसपछि बच्चादेखि नै कानुन व्यवसायप्रति चासो राख्थें । स्नातक सकेपछि कानुन विषय पढ्न थालें । अदालतसम्म पहुँच नभएकाहरूको मुद्दा बोकेर न्यायालय जाने उद्देश्यले कानुन विषय पढेकी हुँ, कसैको हुटहुटीमा पेसा अंगालेकी होइन ।

    ० पेसाले समाजसेवालाई सहयोग पुगेको छ त ?
    – पेसा र समाजसेवालाई समानान्तर ढंगले अघि बढाइरहेकी छु । राजनीतिको माध्यमबाट समाजसेवामा छु, राजनीतिलाई सहयोग पुगोस् भनेरै दुवैलाई एकै साथ अघि बढाएकी हुँ ।

    ० अप्ठ्यारा पनि होलान् नि ?
    – किन नहुनु, धेरै छन्, तर अहिलेसम्म व्यवस्थापन गर्न सकेकै छु । बिहान–बेलुकी समाजसेवामा लागिरहेकी छु । दिउँसो कार्यालय जानै प¥यो । काठमाडौं जिल्ला बार एसोसिएसन महिला समितिमा रहेकाले बारले सिफारिस गरेका मुद्दाहरू हेर्नुपर्छ ।

    ० कस्ता मुद्दा बढी सिफारिस हुन्छन् ?
    – घरेलु हिंसा, माना चामल, सम्बन्ध विच्छेदलगायतका मुद्दाहरू बढी हुन्छन् ।

    ० सम्बन्धविच्छेद गर्नेहरू धेरै आउँछन् ?
    – दुई–चारपटक सम्झाएर पठाउँछु । सम्बन्ध विच्छेद गर्नु राम्रो होइन, बाध्यता वा परिस्थितिलाई पुनर्विचार गर्न आग्रह गर्छु । अन्तत छुट्टिनु नै छ भन्ने निष्कर्ष निकाले भने मात्रै मुद्दा अघि बढाउँछु ।

    ० सम्बन्ध विच्छेदको घटना बढ्दो रहेछ ?
    – हो, अदालतको तथ्यांकले त्यस्तै देखाउँछ ।

    ० किन सम्बन्धविच्छेद गर्न खोज्दा रहेछन् ?
    – सबैको एउटै कारण हुँदैन, यद्यपि वैदेशिक रोजगारी एउटा महत्वपूर्ण कारण देखियो ।

    ० यसले कस्तो म्यासेज दिन्छ ?
    – राम्रो म्यासेज त यो हुँदै होइन, पश्चिमी शैलीले ल्याएको विकृति हो । यसले नयाँ पुस्तालाई अप्ठ्यारो पार्छ । समाज बिग्रिन्छ, परिवार विखण्डन हुन्छ ।

    ० मुद्दाको अध्ययनले के भन्छ ?
    – महिलाहरू बढी दोषी हुन् कि भन्ने देखिन्छ । यस सम्बन्धमा कानुनले महिलाहरूलाई प्राथमिकतामा राखेको छ ।

    ० महिलाहरूका कमजोरी ?
    – ट्रेन्ड फरक छ, परिवारिक दायित्वभन्दा पनि आत्मनिर्भर महिलाहरू पुरुषप्रधान समाजको दासत्व स्वीकार गर्न मान्दैनन्, त्यो स्वीकार गर्नु पनि हुँदैन, तर त्यसैलाई इगो बनाएर परिवार नै विखण्डन गर्नु ठीक होइन ।

    ० पछिल्लो समय कस्ता केस आए ?
    – मन परेको केटासँग विवाह नगरिदिने एउटा कारण भइदियो भने अर्को प्रविधिले पनि विकृति भिœयाएको छ । मोबाइलका कारण सम्बन्ध विच्छेद भएको चारवटा घटना मैले हेरेँ । एकल परिवार, सम्बन्धमा शंका र स्वतन्त्र भएर हिँड्न खोज्दा सम्बन्धमा दरार आउँदो रहेछ ।

    ० निजी कुरा सोध्न मिल्छ ?
    – किन नमिल्नू, मिल्छ । देश र समाज परिवर्तनको महाअभियानमा निस्केकी म एउटा खुला किताब हुँ ।

    ० विवाह गर्नुभयो ?
    – छैन, भोलिका दिनमा के हुन्छ अहिले भन्न सक्दिनँ ।

    ० स्कुल पढ्दा ड्रिमब्वाई रोज्नुभएन ?
    – रोजिएन, सबै साथीभाइ समानजस्तो लाग्थ्यो, त्यसतर्फ चासो नै राखिएन ।

    ० कसैले आई लभ यु पनि भनेन ?
    – त्यस्तो आँट गर्ने पुरुष अहिलेसम्म फेला परेको छैन ।

    ० प्रस्ताव आए रिजेक्ट हुँदैन ?
    – मन मिल्ने आए किन रिजेक्ट गर्नू ? समाजसेवा र कानुन व्यवसायमा लागेकाले होला प्रस्ताव राख्नै डराउँछन् जस्तो लाग्छ ।

    ० जीवनसाथीको मापदण्ड के बनाउनुभएको छ ?
    – त्यस्तो मापदण्ड बनाएर बसेकी छैन, मृत्यु र विवाह मान्छेको बहसमा हुँदो रहेनछ भन्ने बुझेकी छु ।

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…