Page header hundai

  • काठमाडौं । आफ्नै बोलीका कारण प्रधानमन्त्री बन्ने समय एक महिना लम्बिएपछि एमाले अध्यक्ष खड्गप्रसाद ओलीले यतिबेला मौन व्रत धारण गरेका छन् । करिब दुई सातादेखि उनले लिएको मौन व्रतले पार्टीभित्र खुलदुली मच्चाएको छ भने कूटनीतिक निकायले आफ्नो प्रयास सार्थक भएको बताइरहेको समाचार स्रोतले बताएको छ ।
    प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना जारी रहेकै बेला एमालेले अग्रता हासिल गर्दै गएपछि ओलीले भने– ‘राष्ट्रिय सभाको निर्वाचन नयाँ सरकार आएपछि हुन्छ, त्यसैले अध्यादेश स्वीकृति नगर्न म राष्ट्रपतिसमक्ष आग्रह गर्छु, साथै वर्तमान सरकारले नियुक्ति गर्ने प्रदेश प्रमुखहरूसँग हाम्रो पार्टीका सांसदले सपथग्रहण गर्ने छैनन्, त्यसैले प्रदेश प्रमुख नियुक्तिका लागि यो सरकारले सिफारिस ग¥यो भने त्यसलाई कार्यान्वयन नगर्न पनि म राष्ट्रपतिसमक्ष आग्रह गर्छु ।’ ओलीको यो दबाबपछि राष्ट्रपति विद्या भण्डारीले लामो समयसम्म राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश अड्काएर राखिन् । सरकारले पनि लामो समय प्रदेश प्रमुख नियुक्ति गर्न सकेन ।
    राष्ट्रपतिद्वारा अध्यादेश रोकिँदा र सरकारले प्रदेश प्रमुख नियुक्त गर्न नसक्दा नयाँ सरकार गठनका लागि संवैधानिक संकट देखियो । किनकि संविधानको धारा १८४ को उपधारा ८ मा स्पष्ट लेखिएको छ– ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक परिणामलाई अन्तिम रूप दिन सकिनेछ ।’ तर ओलीको आग्रहबमोजिम राष्ट्रपतिले अध्यादेश अड्काउँदा र ओलीको धम्कीपछि सरकारले समयमै प्रदेश प्रमुख नियुक्त गर्न नसक्दा राष्ट्रिय सभाको निर्वाचन हुन सकेन । राष्ट्रिय सभाको निर्वाचन हुन नसक्दा प्रतिनिधिसभाको परिणाम आउन सकेन, जसका कारण नयाँ सरकार गठन प्रक्रिया प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दासमेत अघि बढ्न सकेको छैन ।
    राष्ट्रपतिले अध्यादेश नअड्काएको भए र प्रदेश प्रमुख नियुक्तिमा ओलीले अवरोध खडा नगरेको भए माघको पहिलो साताभित्रै ओली प्रधानमन्त्री बनिसक्ने थिए । सातै प्रदेशमा त्यतिबेलै सरकार बनिसक्ने थियो । आफ्नै बोलीका कारण आँफै प्रधानमन्त्री बन्न ढिलो भएपछि ओलीलाई मौन व्रत धारण गर्न निकटस्थ तथा शक्तिकेन्द्रबाट सुझाव आएको छ । एकै दिन तीन–तीनवटा कार्यक्रममा पुग्ने र अन्ट–सन्ट बोल्ने ओली थाइल्यान्ड भ्रमणपछि मौन देखिएका छन् । सार्वजनिक कार्यक्रमहरूमा समेत जान छाडेका छन् । कतिपयले उनको मौन व्रतलाई कांग्रेससँग सम्बन्ध सुधार गर्ने र उसको समर्थनमा सरकार बनाउने योजनाका रूपमा अथ्र्याएका छन् ।

     

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…