Page header hundai

  • काठमाडौं । संसदीय दलको नेता बनेर मात्रै प्रधानमन्त्री निवास छाड्न  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी पंक्तिले दबाब दिएको छ । प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपति विद्या भण्डारीकहाँ पुग्नु अगाडि नै प्रधानमन्त्री निवास बालुवाटार छाड्ने मनस्थितिमा प्रधानमन्त्री देउवा छन् । निर्वाचन आयोगले फागुन ५ गते राष्ट्रपतिकहाँ विवरण पठाउने अनुमानका साथ ४ गते नै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री देउवा रहेको बुझिएको छ ।  
    तर निर्वाचन आयोगले समानुपतिक सांसदलाई फागुन २ गते नै प्रमाणपत्र दिने भएकाले संसदीय दलको नेता निर्वाचनको प्रक्रिया ५ गतेभित्र टुंग्याउन महामन्त्री डा.शशांक कोइरालाले सभापति देउवालाई सल्लाह दिएका छन् । पार्टी भित्र सभापति देउवा र महामन्त्री कोइराला अलग–अलग पक्षका हुन् । तर अहिलेको जटिल परिस्थितिलाई ख्याल गर्दै सभापति देउवालाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाउने अभियानमा महामन्त्री कोइराला स्वयं जुटेका छन् । आफ्ना निकटस्थसँग उनले भनेका छन्–‘सामान्य परिस्थिति भएको भए, हारजित जे हुन्थ्यो म आफैं देउवाविरुद्ध संसदीय दलको नेता पदमा चुनाव लड्ने थिएँ, तर अहिले विषम परिस्थिति भएका कारण पार्टी सभापतिलाई सर्वसम्मत दलको नेता बनाउनुपर्छ ।’
    हुन त रामचन्द्र पौडेल समूहबाट प्रकाशमान सिंहले संसदीय दलको नेता पदमा चुनाव लड्ने घोषणा गरेका छन् । तर महामन्त्री डा.कोइराला स्वयं नै सभापति देउवाको प्रस्तावक बन्ने भएकाले प्रकाशमान पछि हट्ने सम्भावना छ । कांग्रेसका ६३ सांसदमध्ये ४० जना सभापति देउवाको पदमा खुलेरै उभिएका छन्, त्यसमाथि महामन्त्री कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत खुलेरै देउवाको पक्षमा साथ दिने भएपछि  खासै समस्या छैन । नयाँ सरकार गठनलगत्तै संवैधानिक परिषद्मा नियुक्ति प्रक्रिया सुरु हुने भएकाले प्रमुख प्रतिपक्षी दलको नेता आवश्यक पर्छ । त्यसका लागि पनि संसदीय दलको नेताको निर्वाचन छिट्टै गर्न सभापति देउवामाथि पार्टी पंक्तिको दबाब बढेको हो ।

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…