Page header hundai
  • हरिबोल गजुरेल, पोलिटब्युरो सदस्य, माओवादी केन्द्र एवम् सांसद


    ० भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपालको भ्रमणको समय सन्दर्भ मिलेन भनिन्छ नि ?
    – नेपालमा नयाँ सरकार बन्ने सन्दर्भमा सरकारसँगको  सम्बन्धलाई भारतले अलि सहज बनाउन खोजेको जस्तो देखिन्छ । नेपालमा वाम गठबन्धनको सरकार बन्दै छ । वाम गठबन्धनको सरकारसँग भारतले सम्बन्ध सुधार गर्न चाहेको  देखिन्छ । खासगरी एमालेसँग बिग्रेको सम्बन्धलाई भारतले सुधार गर्ने प्रयासको रूपमा यो भ्रमण भएको देखिन्छ ।  

    ० त्यसका लागि यो भ्रमण उपयुक्त थियो र ?
    – नेपालमा भारतले आफ्नो भूमिका जहिले पनि खोजिरहेको हुन्छ । नेपालको समग्र घटनाक्रममा भारत आफ्नो भूमिका चाहन्छ । यो पहिलेदेखिको प्रवृत्ति हो, अहिले मात्र भएको होइन ।

    ० अहिले नै आउनु उपयुक्त थिएन भन्ने तपाईंको भनाइ हो ?
    – यसलाई उपयुक्त अनुपयुक्त भन्ने भन्दा यो भ्रमणको परिणाम कस्तो आउँछ ? त्यो हेर्नुपर्छ । भारतले वाम गठबन्धनलाई सहज रूपमा लिने हो कि वाम गठबन्धनमा दरार पैदा गर्न खोजेको हो ? यो अझै प्रस्ट भएको छैन । यो भ्रमण वाम गठबन्धनलाई दरार पैदा गर्ने उद्देश्यबाट भएको हो भने भ्रमण गलत भयो । किनभने जनमत वाम गठबन्धनको पक्षमा छ । वाम गठबन्धनलाई कमजोर बनाउनु यो भ्रमणको काम हो भने यो गलत हो, तर वाम गठबन्धनलाई सहज बनाउनुपर्छ भन्ने भारतको सोच हो भने यो भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्छ ।

    ० अनुकुल भयो भने भ्रमण सकारात्मक परिणाम दिन सफल भन्ने हो ?
    – आगामी दिनमा देखिएको परिणामबाट मात्र यो कुरा भन्न सकिन्छ । अब कस्तो परिणाम आउँछ ? त्यो हेर्नुपर्छ । अझै पार्टी एकीकरण भएको छैन । वाम गठबन्धनको सरकार पनि बनेको छैन । वाम गठबन्धनको सरकारसँग सम्बन्ध सुधार गर्नुपर्छ भन्ने भारतको सोच हो भने यो राम्रो हो, तर गठबन्धनमै दरार पैदा गर्ने उद्देश्य हो भने भ्रमण नकारात्मक हो ।

    ० तर भारतीय विदेशमन्त्री सरकारको निमन्त्रणमा आउनुपर्नेमा एउटा पार्टीको निमन्त्रणामा आइन्, उनले मर्यादा नाघिन् भन्ने कुरा पनि आएको छ नि ?
    – पार्टीको निमन्त्रणमा भन्दा पनि एमालेको नेतृत्वमा सरकार बन्दै छ । केपी ओली प्रधानमन्त्री बन्दै हुनुहुन्छ । जनमत उहाँको पक्षमा छ भन्ने कुरा प्रस्ट छ । खालि सरकार बन्न ढिलो भएको मात्र हो । सरकार बन्न ढिलो भएको सन्दर्भमा यो भ्रमण भएको हो । यसलाई असहज मान्नुपर्ने कारण छैन । हिजो पनि सचिव, मन्त्री आउने गरेका हुन् । भारतले अहिलेको जनमतलाई सहज रूपमा लिएको हो भने भ्रमण राम्रो हो । तर भारतको सोच अहिलेको जनमतलाई अन्यत्र मोड्न खोजेको हो भने ठीक होइन । भारतको सोचाइ पार्टी एकतालाई कमजोर बनाउने हो भने भ्रमण दुर्भाग्य नै हुन्छ ।

    ० तर नयाँ सरकार गठन भइसकेपछि आएको भए राम्रो हुने थिएन र ?
    – कुन बेला आए भन्दा पनि हामीले परिणाम हेर्नुपर्छ । मैले यो कुरा अघि नै भनिसकें । भारत र नेपालको सम्बन्ध सुधार गर्नुपर्छ भन्ने कुरा त राम्रो हो नि । सम्बन्ध सुधार गर्नै पर्ने अवस्था छ । छिमेकी देशसँग सधैं ‘टसल’ गरेर अघि बढ्न गाह्रो हुन्छ  । मित्र बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन भनिन्छ । त्यसैले चीन र भारतसँग हामीले कुनै न कुनै ढंगबाट सम्बन्ध बनाइरहनुपर्छ । सम्बन्ध बढाउन खोज्नु राम्रो कुरा हो ।

    ० भारतले एमालेसँग मात्र सम्बन्ध बढाउन खोजेको हो ?
    – जससँग सम्बन्ध विग्रेको छ, उसैसँग बनाउने हो । अहिले सम्बन्ध बिग्रेको एमालेसँग हो । २०६४ सालको निर्वाचनपछि रुक्मांगद कटवाल प्रकरणमा माओवादीसँग भारतको सम्बन्ध बिग्रेको हो । केपी ओली प्रधानमन्त्री भएपछि एमालेसँग भारतको सम्बन्ध बिग्रेको हो । जनमतलाई कदर गर्दै नयाँ शिराबाट भारतले एमालेसँग सम्बन्ध सुधार गर्न खोजेको हो भने राम्रो कुरा हो ।

    ० भनेपछि केपी ओलीको चाहनामा भारतीय विदेशमन्त्री नेपाल आएकी हुन् ?
    – भारतको प्रधानमन्त्री र नेपालको भावी प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भइसकेपछि उहाँ नेपाल आउनुभएको हो । त्यसैले उहाँ ओलीसँगको सल्लाहले नै नेपाल आउनु भएको हो । त्यत्तिकै किन आउनु हुन्थ्यो र ? सल्लाहअनुसार भारतले उहाँलाई पठाएको होला । त्यसैले मेरो भनाइ के हो भने सम्बन्ध सुधार गरौं भन्ने उद्देश्यबाट यो भ्रमण भएको हो भने राम्रो कुरा हो ।

    ० यो भ्रमणपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अलि टाढिएको जस्तो लाग्दैन ?
    – अहिले नै केही भन्न सकिँदैन । त्यो भन्नु उपयुक्त हँुदैन । दुई पार्टीबीचको एकता आन्तरिक कुरा हो । मान्छेले अहिले  विभिन्न किसिमको अनुमान गर्ने गर्छन् । अनुमान गर्दा जे पनि हुन सक्ने भयो । तर अनुमानको भरमा अहिले नै भन्नु भन्दा  पनि भारतको ठोस व्यवहार कस्तो हुन्छ ? त्यो हेरेर मात्र भन्न सकिन्छ । भारतीय विदेशमन्त्रीको भेट केपी ओली र प्रचण्डसँग अलग अलग भएको छ । स्वराजसँगको भेटपछि हाम्रो पार्टीको अध्यक्षसँग मेरो कुराकानी हुन पाएको छैन । भ्रमणको बेला म बाहिर थिएँ । त्यसैले अहिले नै म केही भन्न सक्दिनँ । मैले भन्न खोजेको के भने यसपछिको परिणामलाई हामीले हेर्ने कुरा हो ।
    यसअघि नरेन्द्र मोदी नेपाल आउनुभयो । नेपालको संसद्लाई सम्बोधन गर्नुभयो । भ्रमण सकारात्मक देखियो । जनमत उत्साहित देखियो । जनतामा ठूलो उत्साह देखियो, तर व्यवहारमा त्यस्तो देखिएन । नेपालमा संविधान बनाउँदा टसल भयो । भारतको भनाइ र गराइमा अन्तर भयो । त्यसले नेपाली जनतालाई नमिठो महसुस गरायो । मोदी आउँदा जसरी उहाँले नेपालको जनमतको कदर गर्नुभयो, तर व्यहारमा उल्टो देखियो । नेपालले संविधान जारी गरेबापत नाकाबन्दी व्यहोर्नुप¥यो । त्यसैले भ्रमणपछिको घटनाक्रमलाई हामीले हेर्नुपर्छ । अहिले  भारतीय विदेशमन्त्रीको नेपालको भ्रमणलाई हामीले सकारात्मक हेरौं, तर व्यवहारमा पहिलेको जस्तो देखियो भने प्रतिक्रिया दिउला । पहिलेको जस्तो नकारात्मक नभई भारतले इतिहासको घटनाक्रमबाट शिक्षा लिएर जनमतलाई कदर गर्न खोजेको हो भने भ्रमण उपलब्धिपूर्ण भयो ।

    ० प्रसंग बदलौ, एमाले र माओवादीबीचको एकीकरण कहिले हुन्छ ?
    – नयाँ सरकार गठन र एकीकरणको प्रक्रियासँगसँगै अघि बढाउनु पर्छ । एकीकरणका लागि गृहकार्य अघि बढिरहेको छ, तर विषय दुई नेताबीच निष्कर्षमा पुगिसकेको छैन । एमालेले अल्मल्याईरहेको छ ।

    ० एमाले नेताहरू सरकार गठनपछि मात्र पार्टी एकीकरण हुन्छ भनिरहेका छन् नि ?
    – सरकार गठन र पार्टी एकता सँगसंँगै लैजानद्रपर्छ भन्ने हाम्रो कद्ररा हो । अझ सरकार गठनअघि नै पार्टी एकता हद्रनद्रपर्छ भन्ने कद्ररा पनि आएको छ । पहिले हामीसँग समय थिएन, अहिले समय छ । त्यसैले समय भएको बेला पार्टी एकताको कद्ररा पनि सँगसंँगै अघि बढाउनद्रपर्छ भन्ने भन्ने हाम्रो भनाइ हो । भोलि हामी बीचमा असमझदारी बढ्न सक्छन्, त्यसैले सँगसँगै अघि बढाऔ भन्ने हाम्रो भनाइ हो ।

    ० सरकार गठन अगाडि, पार्टी एकीकरण पछाडि हुन सक्छ कि सक्दैन ?
    – हद्रनै नसक्ने होइन, तर सँगसँंगै गनद्र्र राम्रो कद्ररा हो । भोलि अन्तर्विरोध चर्कने खतरा आउन सक्छ । एकै ठाउँमा भएपछि अन्तर्विरोध भित्रै गर्न सकिन्छ । एकै ठाउँमा नभएपछि अन्तर्विरोध अर्को रूपबाट चर्कन सक्छ । आखिर एकीकरण गर्नै पर्छ भने एकता गरेर सरकारमा जाऔं भन्ने हाम्रो भनाइ हो । एकीकरणका लागि छलफल चलिरहेको छ, तर निष्कर्षमा पुगिएको छैन ।

    ० केपी ओली पार्टी अध्यक्ष, प्रचण्ड सहअध्यक्ष हुने गरी पार्टी एकीकरण हुँदैछ भन्ने कुरा आएको छ । त्यो सम्भावना छ ?
    – यसमा हामीले बुझ्नुपर्ने कुरा के हो भने माओवादी सानो पार्टी होइन । कहिलेकाहीँ पार्टी चुनावमा साना हुन्छन् । नेपाली कांग्रेस अहिले सानो भएको छ । एमाले पनि त चुनावमा सानो भएको थियो । माओवादी पार्टी भनेको परिवर्तनको एजेन्डा बाहक हो । त्यो हिसाबबाट माओवादीको शक्ति ठूलो छ । माओवादीलाई चिन्नुपर्दा त्यसको शक्तिलाई, त्यसको एजेन्डालाई हेर्नुपर्छ । अहिले को ठूलो भयो, को सानो भयो भन्ने कुरा होइन, कसको एजेन्डामा देश चलिरहेको छ ? त्यो हामीले हेर्नुपर्छ । त्यो मुख्य कुरा हो । त्यसैले माओवादीलाई मिनिमाइज गरेर एकता गर्ने कुरा हुँदैन । र, त्यो सार्थक पनि हुँदैन । न्यायपूर्ण पनि हुँदैन । त्यसलाई जनमतले स्वीकार गर्दैन ।
    एजेन्डा माओवादीको हो । हिजो एमाले सबैभन्दा सानो पार्टी भएको थियो । २०६४ सालको चुनावमा माओवादीले प्रत्यक्षमा बहुमत ल्याएको हो । त्यसैले चुनावमा ठूलो सानो हुन्छ, तर एजेन्डाको बाहक माओवादीलाई मिनिमाइज गरेर एमालेमा माओवादी मिसाउने कुरा आउँदैन । मिनीमाइज भएर  माओवादी एमालेसँग किन मिसिन्छ ? एकता पो गर्ने हो, मिसिने त होइन नि । एकता  सम्मानजनक ढंगबाट हुन्छ । माओवादी पनि एमालेलाई ह्युमिलेट गरेर एकताको पक्षमा छैन । माओवादीलाई पनि ह्युमिलेट गरेर एकता गर्नु फाइदा छैन । त्यसले विभाजनको आधार मात्र तयार गर्छ । दुई पक्षको सम्मानजक एकता हुनुप-यो ।

    ० प्रचण्ड पार्टी अध्यक्ष र केपी ओली प्रधानमन्त्री हुनुहुन्छ त ?
    – मैले सम्मानजक एकता हुनुपर्छ भन्न खोजेको हो । यही नै गर्नुप¥यो भन्दा एकता सम्मानजनक हुनुपर्छ । दुई पार्टीको एकता सम्मानजक भयो भनेर जनता र कार्यकर्ताले महसुस गर्नुप¥यो ।

    ० प्रस्टसँग भन्नुपर्दा प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुनुप¥यो, होइन ?
    – यसमा जनता र कार्यकर्ताको कुरा पनि आउँछ । अहिले मान्छेहरूले एउटा प्रधानमन्त्री, अर्को पार्टी अध्यक्ष भनेर बुझेका छन् । त्यो भयो भने एकता सहज हुन्छ भन्ने हाम्रो भनाइ हो ।

    ० पार्टीको भनाइ पनि त्यही हो ?
    – हामीले बुझेको कुरा त्यही हो । छलफल पनि त्यसैमा केन्द्रित छ । एउटा–एउटा भूमिका हुने गरी छलफल केन्द्रित भएको छ । पार्टी अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्ड हुनुपर्ने हो । ठूलो पार्टी भएको हैसियतले ओली अध्यक्ष हुने र प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने हो, तर अहिलेको जनमत केपी ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा छ । उहाँलाई प्रधानमन्त्री गराउने गरी आएको जनमतको हामी सम्मान गर्छौं । त्यसैले प्रधानमन्त्री पदबाट उहाँलाई अलग राख्दा त्यो राम्रो देखिँदैन । जनमत त्यो होइन, तर एजेन्डाको हिसाबले प्रचण्डलाई भूमिकाविहीन बनाएर जाँदा त्यो पनि त्यो जनमतअनुरूप हुँदैन ।

    ० एमाले र संघीय समाजवादी फोरम मिलेर सरकार बनाउने भन्ने कुरा पनि गाईगुई सुनिन्छ नि । त्यो सम्भावना देख्नुभएको छ ?
    – कुराकानी त विभिन्न पक्षसँग विभिन्न ढंगबाट भइरहेको हुन्छ  । मिडियामा पनि विभिन्न ढंगबाट कुराकानी आइरहेको हुन्छ, तर त्यसरी सरकार बनाउने हो भने जनमतको कदर हँुदैन । एउटै घोषण–पत्रमा चुनाव लडेको वाम गठबन्धनको पक्षमा जनमत आएको छ । पार्टी एकतासहितको गठबन्धनलाई जनताले अनुमोदन गरेका हुन् । त्यो भन्दा बाहिर जाने हो फेरि अर्को चुनावमा जानुप¥यो । कि एउटा नेताले आँट गर्नुप¥यो, वाम गठबन्धन गलत रहेछ, यसले राम्रो गरेन भनी अर्को प्रक्रियामा अलग अलग गरी चुनावमा जानुप¥यो । एउटा एजेन्डा, एउटा अवधारणा बनाएर हामी चुनावमा गएका हांै, त्यो एजेन्डामा जनताले मत दिए, तर अहिले त्यसलाई बाइपास गरेर फोरमसँग गठबन्धन गरेर जाने हो भने त्यो जनमत भन्दा बाहिर हो । माओवादीलाई बाहिर राखेर सरकार बनाउनु भनेको जनमतको उपेक्षा गर्नु हो । त्यो त घातक हुन्छ ।

    ० दुई पार्टीको एकता ढिला हुनुको कारण के हो त ?
    – एकीकरण प्रक्रिया जटिल छ । सरल छैन । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब आइरहेका हुन्छन् । हाम्रो पार्टी अध्यक्षमाथि पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब आइरहेका होलान् । केपी ओलीमाथि पनि त्यस्ता दबाब आइरहेका होलान् । यसैगरी एक अर्काप्रतिको आशंका र तिक्तता पनि छन् । तिनीलाई पनि हटाउनु छ । के हो, के हो भन्ने कुरा पनि छ । एक अर्कामा आशंकाका बीउहरू अझै छन् । यसले पनि काम गरेको होला । एकता सबैलाई चित्तबुझ्दो हुनुप¥यो । हाम्रो पार्टी अध्यक्ष प्रचण्डलाई मात्र चित्तबुझ्दो भएर भएन, यसैगरी केपी ओलीलाई मात्र चित्तबुझ्दो भएर भएन । सबैलार्ई चित्तबुझ्दो हुनुप¥यो । यी सबैलाई मिलाएर एकता गर्नुपरेको छ । त्यसैले पार्टी एकता गर्ने काम जटिल हो । हिजो भिन्न भिन्न ढंगले अघि बढेका दुईवटा पार्टी एक भएर चुनावमा जाने भन्ने कुरा आफैंमा जटिल काम हो । जटिल काम भएकाले यसले केही समय त लिन्छ नै ।

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…