Page header hundai

  • काठमाडौं । नेपालमा ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । हाल १८३ वटा हल सञ्चालनमा छन् । पछिल्लो समय सिनेमा हल बन्द गरेर सपिङ मल र पार्टी प्यालेस बनाउन लागिरहेका बेला ‘बक्स अफिस’ कार्यान्वयन गर्ने निर्णय चलचित्र विकास बोर्डले गरेको छ ।
    लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा चर्चा र बहसको विषय बन्दै आएको ‘बक्स अफिस’ कार्यान्वयनका लागि माघ ११ गते सैद्धान्तिक सहमति जुटेको छ । बिहीबार चलचित्र विकास बोर्डका सदस्य तथा ‘बक्स अफिस’ कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकामा आगामी साउन १ गतेदेखि र काठमाडौं बाहिरका हलमा माघ १ गतेसम्म जडान गर्ने निर्णय भएको छ । जसअनुसार वैशाख १ गतेदेखि परीक्षण गरिने भएको छ ।  ‘बक्स अफिस’ जडान गर्न ब्रेन डिजिट इट सोलुसन प्रा.लि.लाई जिम्मेवारी दिइएको छ । महर्जन संयोजकत्वको ‘बक्स अफिस’ कार्यान्वयन समिति कार्यान्वयन समितिमा प्रदिपकुमार उदय, आकाश अधिकारी, कपिल पराजुली सदस्य तथा प्रभाकर भट्टराई सदस्य सचिव छन् ।
    फिल्म सो नै गायब हुने निर्माताको आरोप
    चलचित्र निर्माता तथा वितरकहरूको सधंै गुनासो रहने गरेको थियो, ‘बक्स अफिस प्रणाली लागू नहुँदा हामी मर्कामा प¥यौं ।’ हल सञ्चालकहरूले सोसमेत गायब गर्ने गरेको उनीहरूको दाबी छ । वितरक तथा हल सञ्चालकहरू पारदर्शी नभएको स्वयं निर्माताहरूले बताउँदै आएका छन् । नेपाली सिनेमा क्षेत्रमा ‘बक्स अफिस’ नहुँदा चलचित्रले कति व्यापार गरे, कुन चलचित्र सफल वा असफल बने भन्ने सबै अनुमानका आधारमा हुँदै आएको थियो ।
    ‘बक्स अफिस’ कार्यान्वयनमा आएमा कुन चलचित्रले कति व्यापार गरे ? कति टिकट बिक्री भयो ? बुकिङ कस्तो छ ? भन्ने सबै थाहा हुन्छ । निर्माता निर्देशकहरूले ‘बक्स अफिस’ कार्यान्वयनमा जोड दिँदै आए पनि वितरक र हल मालिकहरूले विरोध गर्दै आएका थिए । बक्स अफिसको अभावमा नेपाली चलचित्रले कति व्यापार ग¥यो भन्ने यकिन तथ्यांक कसैसँग पनि हुँदैन थियो । वितरक तथा निर्माताको मोखिक भनाइलाई पत्याउनुपर्ने अवस्था थियो । यसको फाइदा उठाउँदै अधिकांश चलचित्रले पहिलो हप्ताको बिजनेस अपत्यारिलो दिँदै आएको बताइएको छ ।

    मल्टिप्लेक्समा अहिले नै छ ‘बक्स अफिस’
    नेपालमा बक्स अफिस लागू गर्ने भन्ने विषय नयाँ होइन । आधा शताब्दी लामो इतिहास नेपाली चलचित्र उद्योगले बोकिसकेको छ । चलचित्रको इतिहास जस्तै ‘बक्स अफिस’ लागू हुने या नहुने भन्ने मुद्दा पुरानो नभए पनि नयाँ भने होइन । नेपालमा पछिल्लो समय मल्टिप्लेक्स सिनेमा हल निर्माणमा वृद्धि भएको छ । मल्टिप्लेक्स सिनेमा हलमा अहिले पनि ‘बक्स अफिस’ छ । कसैलाई चलचित्र हेर्न मन लागे पहिल्यै बुकिङको सिस्टम, कति सिट प्याक भए ? कति टिकट बिक्री भयो ? भनेर अहिले पनि सजिलै बुझ्न सकिन्छ । खासगरी काठमाडौं उपत्यकासहित केही ठूला सहरमा मल्टिप्लेक्स सिनेमा हल रहेका छन् । तर, सिंगल थियटरमा भने ‘बक्स अफिस’ जडान भएको छैन । त्यसैले चलचित्र विकास बोर्डले पहिले काठमाडौं उपत्यकाबाट बक्स अफिस कार्यान्वयनमा ल्याउने भएको छ ।
    बक्स अफिस चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणाली हो । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो । आधिकारिक तथ्यांक लिन सकिन्छ । कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखाउने भएकाले यसमा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन सक्तैनन् । प्रत्येक शोको पूर्ण विवरण निर्माता तथा वितरकले घरमै बसेर थाहा पाउन सक्छन् । ‘बक्स अफिस’ लागू गर्न हलहरूले अनिवार्य ‘ई–टिकट’ प्रणाली लागू गर्नङ्घपर्छ । पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरूमा यो प्रणाली लागू गरिए पनि पुराना हलमा भने ‘ई–टिकेटिङ’ को व्यवस्था छैन ।
    २०७१ सालमा चलचित्र विकास बोर्डको रोहबरमा निर्माता संघ र चलचित्र संघबीच बक्स अफिस लागू गर्ने औपचारकि सहमति भए पनि लागू भएन । लामो बहसपछि साउन १ गतेबाट बक्स अफिस सुरु गर्न निर्माता संघ र चलचित्र संघ सहमत पनि भएका थिए । पहिलो चरणमा उपत्यकाका २५ हलमा र एक वर्षभित्र लागू गर्ने सहमति भएको थियो । प्राविधिकसहितको कार्यदल पनि गठन भएको थियो । तर, कार्यान्वयनमा जान सकेन । बक्स अफिस लागू गर्ने कुराले निर्माता संघका अध्यक्ष आकाश अधिकारी निकै खुसी छन् । ‘मैले २०६५ सालदेखि लगातार उठाउँदै आएको विषय बल्ल सुनुवाइ भएको छ । नयाँ प्रविधि र विकासलाई कसैले पनि छेक्न सक्तैन भन्ने कुरा आज प्रमाणित भएको छ,’ उनले बताए ।

    निकिताले सक्लिन् बक्स अफिस लागू गर्न ?
    बक्स अफिस कार्यान्वयन गर्ने पृष्ठभूमि यसअघिको चलचित्र विकास बोर्ड नेतृत्वले गरेको थियो । त्यसबेला राजकुमार राई बोर्ड अध्यक्ष थिए । दुई–दुईपटक निर्माता संघको अध्यक्ष भएकाले पनि राईलाई निर्माताको पीडा र व्यथा धेरै थाहा थियो । सोही कारण उनले बक्स अफिस लागू गर्न सरोकारवाला सबैसँग छलफल गरी आधार खडा गरेका थिए । अब कार्यान्वयनमा आउन मात्र बाँकी थियो । तर, उनको कार्यकाल पूरा भयो । सरकारले हालै निकिता पौडेललाई विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ । यहीबेला बक्स अफिस कार्यान्वयन गर्ने निर्णय बाहिर आएको छ । काठमाडौंका अधिकांश मल्टिप्लेक्स सिनेमा हलमा बक्स अफिस लागू भए पनि निकिता सञ्चालक रहेको गोपीकृष्ण सिनेमा हलमा बक्स अफिस लागू भएको छैन । सोही कारण अहिले अधिकांश निर्माता निर्देशक निकिताले बक्स अफिस कार्यान्वयनमा ल्याउन सक्छिन् र ? भनेर प्रश्न गर्न थालेका छन् ।

     

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…