Page header hundai
  • विन्दुकान्त घिमिरे


    माघ ४ र ५ गते बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य डा.शेखर कोइरालाले भने– ‘नेपाली कांग्रेसले निर्वाचन हारेकै हो, सिट कम आए पनि पपुलर भोट आएको छ भनेर चित्त बुझाएर बस्ने बेला छैन । पार्टी निर्वाचन लडेको जस्तो देखिएन । व्यक्ति लडेको जस्तो मात्रै देखियो । म पनि निर्वाचन हारेको ब्यक्ति हुँ । मलाई कसैले हराएको हैन, म आफै हारेको हु्ँ । तर आफू हारे पनि प्रदेश सभाका दुवै सिट जिताउने म मात्रै एक्लो प्रतिनिधिसभा उम्मेदवार हुँ । निर्वाचन पछाडि देशभरका नेता र कार्यकर्ता साथीहरूमा निरासा छाएको छ । तिनको मनोबल उच्च बनाउन जरूरी छ । केन्द्रीय समितिले केन्द्रीय प्रतिनिधि पठाएर हुन्छ या के गरेर हुन्छ, तत्कालै उनीहरूसँग संवाद गर्न जरूरी छ । कसैलाई दोष नदिई पार्टीले निर्वाचनमा किन पराजय भोग्न प¥यो ? यसको समीक्षा गर्न जरूरी छ । यसका लागि फागुनको पहिलो साता नै महासमितिको बैठक बोलाइनुपर्छ । निर्वाचनको समयमा गरिएको लोकतान्त्रिक गठबन्धनको कुनै औचित्य नै साबित भएन । कहीं पनि हाम्रा साथीहरूले यो गठबन्धनको अनुभूति गर्न पाएनन् ।’
    यसैगरी डा.कोइरालाले भनेका छन्– ‘सुजाता कोइरालाबाहेक कसैलाई पनि समानुपातिकमा नदोहो¥याउने सहमति बालुवाटारको यही कोठामा भएको हो, तर किन दुईपटक र तीनपटकसम्म एकै व्यक्तिलाई समानुपातिकको उम्मेदवार बनाइयो ? पार्टीभित्रका युवाहरूले चलाएको अभियानका बारेमा नेतृत्व पंक्तिबाटै नकारात्मक टीकाटिप्पणीहरू भए । समयमै केन्द्रीय समिति बैठक बसेको भए त्यहीं उहाँहरूले आफ्ना कुराहरू राख्नु हुन्थ्यो । यसमा अन्यथा लिनुपर्ने थिएन र छैन । सबै जिम्मेवार साथीहरूले कार्यसम्पादन समिति र संसदिय समिति अवैधानिक भयो, विधानविपरीत भयोे भनिरहनुभएको छ । कार्यसम्पादन समितिमा त म छैन । सभापतिज्यूले संसदीय समितिमा मलाई आमन्त्रित सदस्यको रूपमा राख्नुभयो । त्यसका लागि सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु । टिकट वितरणमा मबाट पनि केही गल्ती र कमीकमजोरी भयो होला, त्यसको जिम्मेवारी लिँदै अवैधानिक भनिएको यो समितिमा आजदेखि म बस्ने छैन भन्ने जानकारी गराउन चाहन्छु । हुन त प्रदेश प्रमुख नियुक्त गर्ने काम सरकारको हो । अहिले नियुक्त प्रदेश प्रमुखहरूमा कतैबाट पनि खोट लगाउने ठाउँ छैन, राम्रा व्यक्तिहरू नियुक्त भएका छन् । तर केही समय पहिले काशीराज दाहालको समितिले सम्बन्धित प्रदेशकै व्यक्तिलाई प्रमुख बनाउन हुँदैन भन्ने प्रतिवेदन दिएको थियो । सरकारले विज्ञको त्यो रिपोर्टलाई बेवास्ता गर्ने काम ग¥यो । जहाँसम्म राष्ट्रिय सभाको कुरा छ, पार्टीमा दुःख गरेका धेरै पुराना साथीहरू र अवसर नपाउनु भएका केन्द्रीय सदस्यहरू हुनुहुन्छ । राष्ट्रिय सभामा उहाँहरूलाई अवसर दिइनुपर्छ ।’

     

    २०४८ सालदेखि लगातार सत्तामा तथा लाभको पदमा रहिरहेका कांग्रेसका धेरैजसो नेताले चुनाव हारेका छन् । उदाहरणका लागि  झापामा विश्वप्रकाश शर्माले चुनाव हार्नु र कृष्णप्रसाद सिटौलाले चुनाव हार्नु उस्तै उस्तै हुँदै होइन । सिटौला विगत डेढ दशकदेखि लगातार शक्तिमा छन् । मोरङमा डिगबहादुर लिम्बूले चुनाव हार्नु र महेश आचार्य तथा डा.शेखर कोइरालाले चुनाव हार्नु एउटै होइन ।


    केन्द्रीय समितिको बैठकमा करिब ५० जनाले आफ्नो भनाइ राखेका थिए । सबैका भनाइ गहन र मननयोग्य छन् । तर  डा.कोइरालाको भनाइ यहाँ उद्धृत गरिनुका दुईवटा कारण छन्– ‘एउटा कारण हो, गत महाधिवेशनमा उनलाई सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरूले विश्वास गरेका छन् । दोस्रो कारण हो, गत महाधिवेशनपछि यताका दिनमा उनका क्रियाकलाप पार्टीभित्रका गुट र उपगुटभन्दा माथि उठ्ने प्रयत्नतिर उन्मुख छन् । त्यसैले पार्टीलाई पुरानै ठाउँमा लैजानका लागि केन्द्रीय समितिको बैठकमा उनले दिएका सुझाव व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा पार्टीको हितमा छन् भनी बुझ्न सकिन्छ ।
    केन्द्रमा त परै जाओस्, एउटा प्रदेशमा पनि सरकार गठन गर्न नसक्ने हैसियतमा पुग्ने गरी भएको नेपाली कांग्रेसको यो पराजयलाई सामान्य भन्न मिल्दै मिल्दैन । नेपाली कांग्रेस केन्द्रमा धेरै ठूलो अन्तरले दोस्रो पार्टी बनेको छ भने कतिपय प्रदेशमा त नेपाली कांग्रेसको अवस्था तेस्रो या चौथो छ । एक्कासि भएको यो ज्यादै नै लज्जाजनक पराजयपछि पार्टीपंक्तिमा निराशा आउनु स्वाभाविकै हो । कांग्रेसलाई पुरानो हैसियतमा लैजानका लागि पार्टीका नेता तथा कार्यकर्ता जति छन्, त्यो भन्दा धेरै सुझाव तथा प्रतिक्रिया आएका छन् । कांग्रेसलाई समर्थन नगर्नेहरूले समेत कांग्रेसको यो बिजोगप्रति चिन्तित भएझै गरी सुझाव दिइरहेको देखिएको छ । उदाहरणका लागि खगेन्द्र संग्रौला कहिल्यै पनि नेपाली कांग्रेसका समर्थक होइनन्, लेख्न सक्ने भएदेखि नै उनले कांग्रेसको विरुद्ध कलम चलाउँदै आएका हुन्, तर कांग्रेसले यस्तो कमजोरको साथ हार बेहोर्नु परेकोमा उनले समेत चिन्ता र चासो प्रकट गरेका छन् । एउटा भनाइ छ–‘धेरै नै नोक्सान पुगेपछि शत्रुले पनि सहानुभूति राख्छ ।’ यतिबेला नेपाली कांग्रेसप्रति विपक्षीहरूले समेत सहानुभूति प्रकट गरेको अवस्था छ ।
    कांग्रेस पुरानो अवस्थामा फर्कियोस् भन्ने चाहना पार्टीपंक्तिको मात्रै होइन, पार्टीभन्दा बाहिरको पंक्तिको पनि देखिएको छ । तर यस विषयमा सभापति शेरबहादुर देउवाको औपचारिक धारणा बाहिर आएको छैन । चुनावमा पराजित भएर काठमाडौं फर्केपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायतका केही नेताहरूले सभापति देउवामाथि सार्वजनिक रूपमै दोष थुपोरेका थिए । यसमा देउवाको जवाफ थियो–‘आँफू चुनाव हार्ने, दोष ममाथि थुपोर्ने गर्न पाइन्छ ?’ सुन्दा जतिसुकै रुखो लागे पनि देउवाको यो जवाफ नेपाली कांग्रेसको यथार्थता हो । नेपाली कांग्रेसका कतिपय ठूला नेता चुनाव जितेपछि एक वर्ष मा पाँच सातपटक पनि सायदै पुगेका छन् । पुग्नेहरूले पनि आफूलाई मत दिएर जिताउने जनताको दुःख सायदै हेरेका छन् । २०४८ सालदेखि लगातार सत्तामा तथा लाभको पदमा रहिरहेका कांग्रेसका धेरैजसो नेताले चुनाव हारेका छन् । उदाहरणका लागि  झापामा विश्वप्रकाश शर्माले चुनाव हार्नु र कृष्णप्रसाद सिटौलाले चुनाव हार्नु उस्तै उस्तै हुँदै होइन । सिटौला विगत डेढ दशकदेखि लगातार शक्तिमा छन् । मोरङमा डिगबहादुर लिम्बूले चुनाव हार्नु र महेश आचार्य तथा डा.शेखर कोइरालाले चुनाव हार्नु एउटै होइन । आचार्य र कोइराला २०४८ सालदेखि केही अपवादबाहेक सत्ताको केन्द्रविन्दुमा छन् । चीनकाजी श्रेष्ठले चुनाव हार्नु र रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, रोमी गौचन, यज्ञबहादुर थापा, टेकबहादुर गुरुङलगायतले चुनाव हार्नु एउटै होइन । काभ्रेका मधु आचार्यले चुनाव हार्नु र नुवाकोटका डा.रामशरण महत तथा अर्जुननरसिंह केसीले चुनाव हार्नु एउटै होइन ।
    २०४८ सालयता नेपाली कांग्रेसका नाममा जनताले दिएको सत्ता चलाउने म्यान्डेट ज–जसले धेरै उपयोग गरेका छन्, उनीहरू नै हुन् पराजयको मुख्य जिम्मेवार । पार्टी सभापतिका नाताले मात्रै होइन, जनताले नेपाली कांग्रेसलाई दिएको म्यान्डेट प्रयोग गर्दै चार–चारपटक प्रधानमन्त्री बनेका देउवाले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ भन्ने मागलाई अन्यथा लिनै मिल्दैन । यसैगरी, नेपाली कांग्रेसलाई विगतमा प्राप्त अवसरबाट देउवापछि सबैभन्दा बढी लाभ प्राप्त गर्नेमा कोइराला परिवार हो । यसबीचमा कोइराला परिवारबाट देउवाले भन्दा पनि धेरैपटक र धेरै समय सत्ताको नेतृत्व गरिएको छ । डा. शशांक, डा. शेखर र सुजाता कोइरालाले २०४८ सालपछि सबैभन्दा लामो कालखण्ड सत्ताको उपयोग गरेको यथार्थतालाई लुकाउन मिल्दैन । तेस्रोमा रामचन्द्र पौडेल हुन् । २०४८ सालयताका २६ वर्षमध्ये उनले राज्यबाट लाभ प्राप्त नगरेको भनेको गत कात्तिकयता मात्रै हो । त्यसपछि डा.रामशरण महत, महेश आचार्य, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, रमेश लेखक, एनपी साउद, गगन थापालगायतका नेताहरू हुन् । चन्द्र भण्डारीले चुनाव हार्नु र रमेश लेखकले चुनाव हार्नु पनि एउटै होइन । यो दृष्टान्त बुझेर आफू हार्नुको कारण खोज्नु र आउने समयलाई सकारात्मक ढंगले आप्mो पक्षमा पार्नुको कुनै विकल्प छैन ।

     

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…