Page header hundai

  • नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी कुनै समय पार्टीको प्रभावशाली भूमिकामा थिए । पार्टीको नेतृत्वदायी भूमिकामा नरहे पनि जोशी पार्टीका कार्यक्रम र कार्यकर्ता भेटघाटलगायतका काममा अझै सक्रिय छन् । चुनावमा टिकटका लागि गरेको जोशीको प्रयास सफल हुन सकेन । उनले स्वतन्त्र उम्मेदवारी पनि दिए । तर उनको उम्मेदवारी खारेज भयो । यसमा उनले कांग्रेस नेता रामचन्द्र पौडेल कारक रहेको जिकिर गर्ने गरेका छन् । जोशीलाई चुनाव हराएको भन्दै कारबाहीको सिफारिस जिल्लाले गरिरहँदा जोशीले भने पार्टी जिल्ला सभापति र नेता पौडेल नै कारक भएको भन्दै उनीहरूलाई कारबाही हुनुपर्ने तर्क गरिरहेका छन् । उनै नेता जोशीसँग गरिएको यो कुराकानी :

    ० तनहुँका ६ वटै क्षेत्रको परिणाम आयो, कांग्रेसको नेताको हिसाबले यो परिणामलाई कसरी हेर्न‘भएको छ ?
    – यो असाध्यै दुःखदायी अवस्था हो । नेपालको प्राजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट तनहुँले धेरै नेतृत्वदायी भूमिका निर्वाह गरेको  छ । काग्रेस शून्य अस्थामा जानु अत्यन्त दुःखद् अवस्था हो । मुख्यतया पार्टीमा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । चाहे केन्द्र वा जिल्लामा प्रतिनिधित्व गर्ने नेतृत्वले हो । नेतृत्वको गतिविधिलाई तनहुँका जनताले मन पराएनन् । र, प्रमुख रूपमा रामचन्द्र पौडेलजी जसले २६ वर्षदेखि देश र तनहुँमा शासन गर्न‘भयो । उहाँबाट मानिस यति आजित भएका रहेछन् र स्थानीय निर्वाचनदेखि हालसम्म जिल्ला नेतृत्वबाट पनि जनता यति धेरै निराश भएका रहेछन् कि तनहुँमा कांग्रेस पराजित भयो । यसको अर्थ जनताले कांग्रेसलाई मन नपराएको भने हैन । किनभने समानुपातिकको मत हेर्न‘भयो भने जति पहिले थियो अहिले पनि उस्तै छ । तर प्रत्यक्षतर्फ खासगरी क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवारप्रति कार्यकर्ताको एकदमै वितृष्णा भयो । र, त्यसको परिणाम र क्षेत्र नम्बर १ मा चुनाव लडे्का रामचन्द्रजीले केपी ओली र प्रचण्डसँग सहमति गर्न खोज्नुभयो, यो अनैतिक र अस्वाभाविक पनि थियो । आफैंभित्रको बद्मासी र असक्षम नेतृत्व भयो । २६ वर्षदेखि जनताले कांग्रेसकै नेतृत्वबाट दमन महसुस गर्नु नै पराजयको कारण हो ।

    ० कांग्रेस नेता पौडेलले नै तपाईविरुद्ध दाबी विरोध दिनुभयो, यसलाई कसरी हेर्न‘भएको छ ?
    – उहाँलाई मेरो उम्मेदवारी नहुँदा जित्छु भन्ने लागेको रहेछ । दोस्रो, कुनै पनि हालतमा मलाई केही पनि नदिने गरी एउटा जालझेल बुनेर उहाँ तनहुँ फर्कनु भएको रहेछ । साथीहरू भन्थे, उहाँ ढुक्क हुनुहुन्छ । जबकि परिस्थिति उहाँको प्रतिकूल थियो । उहाँले निर्वाचन आयोगका अधिकारीहरूसँग अनेकौं अनैतिक र अप्राकृतिक हिसाबले सम्बन्ध बनाउनुभएको रहेछ । मेरो उम्मेदवारी जे गरे पनि खारेज गर्ने गरी उहाँ जानुभएको रहेछ । उहाँले सकेसम्म उम्मेदवारी दर्ता गर्ने नदिने । गरिहाले विशेष अदालतबाट जरिवाना नतिरेको भनेर ९ बजे नै पक्राउ गराउने र ५ बजे छोड्ने योजना बनाउनु भएको रहेछ ।  म अलि सतर्क भएँ र विशाल जुलुसका साथ गएर मैले दरखास्त हालें । यदि पार्टीले २ नम्बरमा मलाई टिकट दिए पनि एमाले लगाएर मेरो उम्मेदवारी खारेज गराउने योजना उहाँको रहेछ । अनि त्यहाँ गएर हल्ला पनि गरिदिनुभयो । जोशीलाई समानुपातिक वा राष्ट्रिय सभामा दिन्छु भन्दा मानेन भनेर भ्रम फैलाउन उहाँ सफल हुनुभयो । जब जनताले उहाँको वास्तविक कुरा बुझे अनि उहाँ आफैंले थापेको जालमा पर्न‘भयो ।  

    ० ६ वटा क्षेत्रमा कतै नजित्दा तपाईले पाएको भए जित्ने आधार थियो, कसरी भन्न सकिन्छ ?
    – तनहुँमा कांग्रेस कमजोर भएर हारेको हैन । रामचन्द्रजीले मेराविरुद्ध (बाँकी पृष्ठ ७ मा)
    जुन दुष्कर्म गर्न‘भयो, त्यसका विरुद्धमा जनता उत्रिए । अरु पाँचजनालाई हराउन त उहाँ आफैं लाग्नुभयो नि । १ नम्बरमा रामबहादुर गुरुङ र हरि चुमानसँग सम्झौता गर्न‘भयो । दमौलीको भोट र क्यामिनको भोट हेर्न‘भयो भने रामचन्द्र पौडेललाई गएको छ, अरु भोट गोविन्द भट्टराईलाई नगएर रामबहादुर गुरुङलाई गएको छ । व्यास–१ भादगाउँको भोट हेर्न‘भयो भने त्यहाँ उहाँलाई गएको भोट रघुनाथ पौडेललाई नगएर हरि चुमानलाई गएको छ । १ नम्बरमा उहाँले रामबहादुर र हरि चुमानसँग सम्झौता गरेपछि अरुले जित्ने कुरै भएन ।
    उहाँ बाबुराम भट्टराईलाई जिताउन गोरखा जानुभयो । लमजुङमा तीनवटा सभा गर्न‘भयो । तर मादी किन तर्न‘भएन ? २ नम्बरमा यदि उहाँ ऋषिङ गइदिएको भए ध्र‘व वाग्लेले पनि जित्न सक्थे । शंकर भण्डारीले पनि जित्थे । त्यहाँ ८० प्रतिशत कांग्रेस भएको ठाउँम २० प्रतिशत मात्र भोट आएको छ । र, श्याम्घामा उहाँका सबै नातेदार छन् । त्यहाँ उहाँ किन जानुभएन ? उहाँले गएर भनेको भए त्यहाँ प्रदीप पौडेलले चुनाव जित्थे । त्यहाँ पनि उहाँले एमालेसँग के सम्झौता गर्न‘भएछ भने म २ नम्बरमा जान्नँ, तपाईहरूले मलाई १ मा सघाउनुप¥यो भन्नुभएछ । चुनाव प्रचारका लागि उहाँ २ नम्बरमा जानुभएन । र, शंकर भण्डारी, प्रदीप पौडेल र ध्र‘व वाग्लेहरूले चुनाव हारे । १ मा त उहाँको गठबन्धनै थियो । मैले यदि टिकट पाएको भए २५ हजारले १ नम्बरमा जित्थें र ४ नम्बर प्रदेशमा पनि यसले सघाउँथ्यो ।

    ० तपाईहरूजस्ता पार्टीबाट पद र प्रतिष्ठा पाउनेको असहयोगका कारण सबै क्षेत्रमा चुनाव हारियो भनिन्छ नि ?
    – म त्यति प्रभावशाली भएको भए मलाई टिकट दिएको भए हुन्थ्यो नि । फेरि मलाई नै उहाँले अयोग्य भनेर उजुरी हालेपछि कहाँ प्रचार गर्न जाने ? भोट हाल्ने दिन पनि बिहान गएर भोट हालेर फर्कें । तर तनहुँमा कांग्रेसले दुई कारणले चुनाव हा¥यो । पहिलो कारण २६ वर्षसम्म रामचन्द्र पौडेलले सिन्को पनि भाँच्नुभएन ।
    दोस्रो कारण, उहाँ १ नम्बरका लागि भगौडा हो, तर जनतालाई लादेर जबर्जस्ती उहाँ जानुभयो, त्यसले उहाँलाई जनताले जवाफ दिए । अनि मेराविरुद्ध मुद्दा हाल्ने काम सुरुदेखि उहाँले गरेको भन्ने कुरा जब जनताले थाहा पाए, तब जनता मेरो पक्षमा भएकाले स्वाभाविक रूपमा उहाँलाई मन पराउने कुरा भएन । मैले उहाँलाई हराउन लागेको भए उहाँले अझ धेरै मतले हार्ने हुनुहुँदो रहेछ । मैले चाहेको भए त्यसो गर्न सक्थें ।
    म त काठमाडौं आएर बसें । किनभने उहाँले अयोग्य भनेपछि म प्रचार गर्न कतै जाने कुरा भएन । अनि कुनै उम्मेदवारले मसँग भेटेर सहयोग गर्न‘प¥यो भनेर कसैले भनेनन् । प्रदीप पौडेलबाहेक सबैले फोन त गरे, तर भेट्ने हिम्मत कसैले गरेनन् ।  प्रदीपले त टेलिफोनमा पनि सम्पर्क गरेनन् । सहयोग नै नमागेपछि म त चुप लागेर बस्नुको विकल्प थिएन । चुनावको दिन बिहान गएर मत हालेको मानिसले भनेर त्यत्रो मत कम हुन्छ र ?    
    अब यति हुँदा पनि कसैले मलाई क्रेडिट दिन्छ र उसले हराएको हो भन्छ भने म के भनूँ ? यदि म शक्तिशाली भएको भए मलाई किन कहीँ केही दिइएन ? फेरि मलाई त मेरो वडाको सदस्यको टिकट बाँड्दा पनि सोधिएन अनि उहाँ त्यति शक्तिशालीले मैले गर्दा चुनाव हारेको भन्न मिल्छ र ?

    ० कारबाहीको कुरा आएको छ, अब तपाई के गर्न‘हुन्छ ?
    – पहिलो कुरा, म उम्मेदवारै हैन । मेरो उम्मेदवारी खारेज भइसकेपछि कोही प्रस्तावक र समर्थक हुने कुरै भएन । दोस्रो कुरा, आमजनता नै रामचन्द्र पौडेलविरुद्ध थिए । उहाँमा सकेसम्म सानो समूह लिएर काम गर्ने र विपक्षीको नामै सुन्न नचाहने धारणा छ ।
    सकेसम्म मानिस लखेट्ने काममा उहाँ लाग्नुभयो । म व्यास–४ मा चिया खान गएको थिएँ । उनीहरूले स्थानीय तहमा ८० प्रतिशत मत एमालेलाई दियौं भने । अहिले ९० प्रतिशतले त्यसो गरे । किन भनेर सोधेको, उम्मेदवार नै मन परेन भने ।
    अब कसलाई कारबाही गर्न‘हुन्छ ? रघुनाथ पौडेल र गोविन्द भट्टराईलाई त पार्टी सभापतिकै निर्देशनमा हराइएको छ । २ नम्बरमा सबैलाई हराउन उहाँ नै लाग्नुभयो । अब यहाँ नक्कली कुरा गरेर हुँदैन । तनहुँ जिल्लामा रामचन्द्र पौडेल र बैकुण्ठ न्यौपानेको राज्य चल्दैन । अब यो जिल्लाको कांग्रेस कार्यसमिति विघटन गर्न‘पर्छ । रामचन्द्रजीकै कारणले हारेकाले उहाँलाई कारबाही गर्न‘पर्छ भनेर हामीले भनेका छौं । एक महिना हामी कुर्छौं । एक महिनासम्म पनि केन्द्रले सुनुवाइ गरेन भने हामी अब जिल्ला अधिवेशन गरेर पार्टी नेतृत्व परिवर्तन गर्छौं ।

    ० पार्टी समानान्तर हिसाबले चलाउन संरचना (बीपी विचार समूह) बनाउनु भएको हो ?
    – यो गैरसरकारी संस्था हो । नेपाली कांग्रेसले बीपीको विचार र सिद्धान्त छाड्यो । कांग्रेस बीपीको सिद्धान्तबाट विमुख भयो । हामीले तनहुँ मात्र हैन, बीपीको आस्था लोकतन्त्र र समाजवादका लागि देशैभर लागिरहेका छौं । पार्टीलाई समानान्तर हैन, ठिक बाटोमा लैजान खोलेको संस्था हो यो । अब रामचन्द्रजी कांग्रेस परिचालन समितिको संयोजक आफंै, भागबन्डाका आधारमा आफैं टिकट बाँड्ने अनि देशभर हार्नेले जिम्मेवारी लिनुपर्दैन ? अब जिल्ला सभापति र रामचन्द्रजीले तनहुँमा चुनाव हार्नुको कारण र जिम्मेवारी लिनुपर्छ ।

    ० यसले झनै तिक्तता ल्याउँदैन र ?
    – बेइमानहरूले पार्टी छाड्नुप¥यो नि । आफैं नेतृत्वमा बस्ने अनि आफैं हराउने हुन्छ ? यिनै नेतृत्व रहिरहे कांग्रेसले कहिल्यै जित्दैन । मैले ४ नम्बरको कुरा गरिसकें, यही नेतृत्व रहँदासम्म कांग्रेसले जित्दै जित्दैन ।

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…