Page header hundai
  • महेन्द्र राय यादव, अध्यक्ष मण्डलका सदस्य, राजपा


    ० निर्वाचन सकिएको एक महिना पुगिसक्यो, नयाँ सरकार बन्न ढिलो हुनुको कारण के होला, एमालेले त शंका व्यक्त गरेको छ नि ?
    – एमालेले बुझेर पनि बुझ पचाएको हो । एमालेले नै बनाएको संविधानमा यस्तो प्रावधान राखिएको हो । त्यसैले यो संवैधानिक कुरा हो । संविधान कस्तो बनेको रहेछ भन्ने एमालेले बल्ल बुझेको छ । राष्ट्रिय सभाको निर्वाचन भइसकेपछि नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्छ । राष्ट्रिय सभाको निर्वाचन नभएरै नयाँ सरकार बन्न ढिलो भएको हो । 

    ० राष्ट्रिय सभाको निर्वाचन अलि ढिलो भएन र ?
    – पहिलो कुरा त, यो संविधानमा राष्ट्रिय सभाको निर्वाचन गर्ने विधि र प्रक्रियाबारेमा केही लेखिएन । सरकारले अध्यादेश ल्याउनुप¥यो । अध्यादेश ल्याउन पनि केही समय लाग्यो । राष्ट्रिय सभाको निर्वाचन अध्यादेशको कारणले ढिलो भएको हो । अध्यादेश आउन ढिलो हुनुमा एमाले जिम्मेवार छ । त्यसैले एमालेकै कारण राष्ट्रिय सभाको चुनाव हुन ढिलो भएको हो ।

    ० कांग्रेसको कारणले नयाँ सरकार बन्न ढिलो भएको आरोप लागेको छ नि ?
    – अध्यादेशकोे कारण नयाँ सरकार बन्न ढिलो भएको हो । अध्यादेश प्रमाणीकरण ढिलो हुनुमा एमाले जिम्मेवार छ । एमाले बहुमतीय पद्धतिमा जान खोज्यो । एमाले एकल संक्रमणीयमा जान नखोजेको कारण राष्ट्रपतिबाट साढे दुई महिनासम्म अध्यादेश जारी भएन । राष्ट्रपतिले चाँडै निर्णय गर्नुपथ्र्यो । मुलुकलाई बन्धक बनाउन पाइन्नथ्यो । राष्ट्रिय सभाको निर्वाचनका लागि अध्यादेश जारी भएपछि निर्वाचन प्रक्रिया बल्ल अगाडि बढेको हो । 

    ० राष्ट्रिय सभाको निर्वाचनअघि सरकार परिवर्तन हुने सम्भावना रहेन, होइन ?
    – यो कुरा त संविधानमै लेखिएको छ । उहाँहरूले नै यस्तो प्रावधान संविधानमा राख्नुभएको छ । तर एमालेले अहिले आफैं सरकार बन्ने प्रक्रिया ढिलो भयो चाँडो गर भन्छ । कांग्रेसले संवैधानिक प्रावधानले ढिलो भएको हो भन्छ । संविधान बनाउन दलहरूबीचमै अहिले मतान्तर भइरहेको छ । 

    ० अबको नयाँ सरकार एमाले र माओवादी केन्द्रको बन्ने निश्चित भयो होइन ? 
    – जनताको जनादेश एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाउ  भन्ने हो । जनादेशले त्यही मानेको छ ।  

    ० त्यो सरकारलाई तपाईहरूले समर्थन गर्नु हुन्छ कि हुन्न ?
    – हामी हाम्रो मुद्दा उठाउँछौं । हाम्रो मुद्दा भनेको संविधान संशोधनलाई सम्बोधन गर्नुपर्छ भन्ने हो । र, हामीले उठाएका हाम्रा मागहरू समाधान हुनुपर्छ । तीनवटै दलले हाम्रो मुद्दालाई सम्बोधन गर्नुपर्छ । त्यसपछि मधेसको विकासको मुद्दालाई हामीले उठाउँछौं । अनि मात्र हामीले गुणदोषको आधारमा सरकारलाई समर्थन गर्ने या विरोध गर्ने कुरा आउँछ । अहिले नै हामी नयाँ सरकारलाई समर्थन गर्दैनांै । 

    ० संविधान संशोधनमा सुनिश्चितता देखाएपछि मात्र एमाले र माओवादीको सरकारलाई समर्थन गर्छौं भन्न खोज्नु भएको हो ?
    – सुनिश्चितता देखाएर मात्र हँुदैन, संविधान संशोधनलाई पास गर्नुपर्छ । त्यसपछि बल्ल समर्थन दिने या नदिने कुरा आउँछ । संविधान संशोधनविना समर्थन गर्ने कुरा आउँदैन । 

    ० समर्थन गरेपछि त्यो सरकारमा सामेल हुनुहुन्छ होला नि ?
    – त्यो सम्भावना छैन । 

    ० राजपाकै केही नेताहरू केपी ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री हुनु राम्रो हो भनिरहेका छन्, तपाईको धारणा के छ ?
    – को प्रधानमन्त्री बन्छन्, त्यो उनीहरूको कुरा हो । हामीले के बुझेका छौं भने एमाले र माओवादीको गठबन्धनलाई जनताले जनादेश दिएका छन् । उनीहरूले सरकार बनाउन् र देश चलाउन् । 

    ० मधेसका लागि ओलीभन्दा प्रचण्ड सहज हुन् र ?
    – प्रचण्ड हाम्रो लागि सहज भएको भए उनी किन ओलीसँग मिल्न जान्थे र ? जब संविधान संशोधनमा एमाले आएको थिएन । संविधान संशोधनमा नआएको पार्टीसँग प्रचण्ड किन मिल्न जानुपथ्र्यो ? 

    ० ओली नभई प्रचण्ड प्रधानमन्त्री भएमा तपाईहरूले समर्थन गर्नुहुन्छ कि हुन्न ?
    – ओेली प्रधानमन्त्री हुने कि प्रचण्ड प्रधानमन्त्री हुने, त्यो उहाँहरू दुईजनाको कुरा हो । जो प्रधानमन्त्री भए पनि हाम्रो लागि उस्तै हो । हामीलाई केही छैन । हामीले मुद्दा उठाउने कुरा हो । हाम्रा मुद्दालाई सम्बोधन गरे हामी समर्थन गर्छौं । सम्बोधन नगरे विरोध गर्छौं । गुणदोषको आधारमा समर्थन र विरोध गर्ने हाम्रो पार्टी नीति हुनेछ ।

    ० राजपाकै केही शीर्ष नेताहरूले केपी ओलीलाई हामीले समर्थन गर्ने सम्भावना छैन, प्रचण्ड प्रधानमन्त्री भए समर्थन गर्न सक्छौ भन्नुभएको छ नि ?
    – त्यो व्यक्तिगत भनाइ हो, पार्टी नीति हो । आ–आफ्नो दृष्टिकोण राख्ने स्वतन्त्रता सबैलाई छ । 

    ० ओली र प्रचण्ड एउटै हुन् भन्ने तपाई मान्नु हुन्छ ?
    – दुवै नेताले एउटै पार्टी बनाउन खोजेका छन् । त्यसैले दुवै नेता एउटै हुन् । उनीहरू एउटै पाटोका दुई सिक्का हुन् ।

    ० एमाले र माओवादी पार्टी मिल्छन् जस्तो लाग्छ ?
    –  तत्काल एमाले र माओवादी मिल्छन् जस्तो लाग्दैन । दुवै पार्टीका आ–आफ्ना विचार र दर्शन छ । नेता व्यवस्थापन मुख्य समस्या बन्ने देखिन्छ ।

    ० दुई पार्टी एक नभएमा एमालेबाहेकको सरकार बन्ने अवस्था छ कि छैन ?
    – विकल्पमा के हुँदैन ? विकल्पमा सबै कुरा आउँछ । खोज्दा सबै कुरा पाइन्छ । 

    ० भनेपछि एमालेइतर पार्टीको सरकार पनि बन्ने सम्भावना छ भन्न खोज्नु भएको हो ?
    – राजनीतिमा धेरै सम्भावना हुन्छन् । कुनै सम्भावनाको अन्त्य हुँदैन । माओवादी, कांग्रेस, राजपा र संघीय समाजवादी फोरमको सरकार बन्ने सम्भावना छ । माओवादीबाहेकको सरकार बन्ने सम्भावना पनि रहन्छ । 

    ० माओवादीको नेतृत्वमा एमालेबाहेकको सरकार बन्ने सम्भावना देख्नुभएको छ ?
    – सम्भावना त रहन्छ, तर म त्यो भन्दिनँ । त्यो जनादेश होइन । जनादेश एकातिर भए पनि सम्भावना अर्कोतिर हुन्छ । 

    ० तपाईको भनाइअनुसार ओलीकै नेतृत्वमा सरकार बन्छ भन्ने ग्यारेन्टी पनि छैन, होइन ? 
    – त्यो मैले किन भन्ने ? मलाई त्यो भन्ने के अधिकार छ ? सरकार बनाउने काम दलहरूको हो । दलहरूले कस्तो सरकार बनाउँछन्, त्यो उनीहरूको कुरा हो । 

    ० केन्द्रीय सरकार निर्माणको खेलमा राजपा सहभागी छैन ?
    – सरकार बनाउने खेलमा राजपा सहभागी छैन । हामी मुद्दामा आधारित छौं । मुद्दा सम्बोधन गर्ने नगर्ने कुरामा सरकारलाई समर्थन विरोध गर्ने कुरा आउँछ । हाम्रो मुद्दा सम्बोधन भए तपाईले भनेको कुरा अघि बढ्न सक्छ । तर अहिले त्यस्तो कुनै सम्भावना छैन । 

    ० सरकारले अझै पनि अस्थायी राजधानी तोकेको छैन, प्रदेश प्रमुख नियुक्ति गर्न सकेको छैन । अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न ढिलाइ भएन र ?
    – हामीले यो कुरा अलि अगाडि नै भनेका हांै । सरकारले बोलाएको सर्वदलीय बैठकमा हामीले सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकोेस् र एउटा प्रक्रिया अघि बढाओस् भनेर भनेका हांै । त्यसैले यो निर्णय गर्ने काम सरकारको हो ।  

    ० यस विषयमा सरकारले फेरि पनि राजनीतिक सहमति लिन खोजेको छ । सहमति लिन आवश्यक छ कि छैन ?
    – यसमा एमाले, माओवादी र हामी दुवै मधेसवादी दलहरूले पनि सरकारलाई निर्णय गर्न भनेका हौं । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम सरकारको हो । 

    ० त्यसो भए प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाइ हुनुमा सरकारकै कमजोरी हो ?
    – यसमा सरकार जिम्मेवार छ । सरकारले प्रदेश प्रमुखको नियुक्ति  अस्थायी राजधानी तोक्न ढिलो गर्नु हुँदैन । सकेसम्म चाँडो यो विषयमा प्रक्रिया अघि बढाएर मुलुकलाई सही बाटोमा लैजानुपर्छ । तर सरकारले किन ढिलो गरिरहेको छ ? हामीले बुझ्न सकेका छैनौं  । 

    ० सरकारले अस्थायी राजधानी नतोकेर प्रदेशसभाका सबै सांंंसदलाई काठमाडौं बोलाएर सपथग्रहण गराउने कुरा पनि आएको छ । त्यो सम्भावना कत्तिको छ ?
    – त्यो सम्भावना छैन र हँुदैन पनि । मधेसवादी दलहरूले जहाँ जहाँ प्रदेश छ, त्यहीँ सपथग्रहण गर्छन् । संघीयता भन्नेवित्तिकै प्रदेशमा सपथग्रहण गर्ने कुरा आउँछ । त्यसैले प्रदेशसभाका सदस्यको सपथ ग्रहण प्रदेशमा हुन्छ । काठमाडौंमा किन बोलाउनुप¥यो ? काठमाडौं बोलाएर सपथग्रहण गराउने हो भने केन्द्रिकृत भइहाल्यो नि । त्यो गर्न सरकारले पाउँदैन । 

    ० उच्च न्यायालय भएको ठाउँमा पनि अस्थायी केन्द्र तोक्ने कुुरा आएको छ, राजपाको सुझाव कस्तो छ ? 
    – उच्च न्यायालय  रहेको ठाउँमा सपथग्रहण गर्ने र अरु प्रक्रिया अघि बढाउन सकिन्छ । 

    ० स्थायी राजधानी त प्रदेशसभाले तोक्ने भयो, होइन ?
    – हो, स्थायी राजधानी प्रदेशसभा तोक्छ । सरकारले अस्थायी राजधानी तोक्ने मात्र हो । यो संविधानमै उल्लेख गरिएको कुरा हो ।  

    ० प्रदेश नम्बर २ मा जनकपुरलाई अस्थायी केन्द्र तोक्ने कुरा आएको छ, त्यो सम्भावना छ ?
    – त्यो सरकारको कुरा हो । सरकारले कहाँ तोक्छ तोकोस्, सरकारको अधिकारको विषयमा हामीले बोल्ने कुरा भएन ।

    ० प्रदेश नम्बर २ मा सरकारले राजपा र संघीय फोरमलाई सहज हुने गरी प्रदेश प्रमुख तोक्न लागेको छ भन्ने कुरा आएको छ । तपाईहरूले के सुझाव र सल्लाह सरकारलाई दिनुभएको छ ?
    – त्यसरी कुनै सहजताको आवश्यकता छैन । हामीले अस्ति पनि भनेका हांै, यो सरकारको हाम हो भनेर । सरकारको कामलाई हामीले सहमति विमति जनाउँदैनौं । 

    ० प्रदेश नम्बर २ मा प्रदेश प्रमुख मधेसी मूलकै हुनुपर्छ भन्ने तपाईहरूको अडान हो ?
    – हाम्रो कुनै अडान छैन । कुन मूलको पठाउने, त्यो सरकारको काम हो । हामीले केही भनेका छैनौं । यो मूलको र ऊ मूलको भनेर हामीले किन भन्नुप¥यो ? हामीलाई जुन मूलको भए पनि स्वीकार्य हुन्छ । 

    ० राष्ट्रिय सभाको निर्वाचनमा पनि तपाईहरूको सहकार्य संघीय फोरमसँग हुन्छ ?
    – संघीय समाजवादी फोरम मात्रै होइन, अरु दलसँग पनि सहकार्य हुन सक्छ । 

    ० कांग्रेससँग सहकार्य गर्नु हुन्न ?
    – राष्ट्रिय सभाको निर्वाचनमा संघीय फोरमसँग हाम्रो सहकार्य हुने निश्चित छ । नेपाली कांग्रेससँग पनि हाम्रो सहकार्य हुन सक्छ । पहिले हामी दुई पार्टीले यस विषयमा सल्लाह गर्छांै । दुई दलको सल्लाहपछि मात्रै कुन दलसँग छलफल गर्ने नगर्ने कुरा आउँछ । यो लेनदेनको विषय हो । 

    ० राजपा र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सम्भावना छ कि छैन ?
    – भविष्यमा मिल्ने सम्भावना बढ्दै जान्छ । 

    ० तत्काल छैन ?
    – चुनावमा तालमेल भएपछि दुई पार्टी मिल्ने सकारात्मक वातावरण बन्दै गएको छ । पार्टी एकता जनभावना पनि हो । जनताले तपाईहरू मिल्नुहोस्, मिलेर आउनु होस् भनेका छन् । तराई मधेसका जनताले अहिले पनि दुई पार्टी मिल्न दबाब दिइरहेका छन् । हामी जनभावनालाई सम्मान गरी अघि बढ्नुपर्छ । त्यसैले त्यो सम्भावना प्रबल छ । 

    ० प्रदेश सभाका समानुपातिक सांसदहरूको नाम टुंग्याउन राजपालाई किन यति सकस ?
    – त्यस्तो सकस परेको छैन । निर्वाचन आयोगले कलस्टर मिलाएर  पठाऊ भन्यो । हामीले कलस्टरअनुसार नाम दियौं, तर निर्वाचन आयोगले कहिले यो मिलेन, कहिले ऊ मिलेन भनिरहेको छ । हाम्रो पार्टी समावेशीको लागि लड्ने पार्टी हो । हामीले समावेशीअनुसार मिलाएका छौं । 
    समावेशी संविधानको मर्म र भावना हो । समावेशी गराउन कहाँ के मिलेको छैन, निर्वाचन आयोगले सच्याओस् भनेर हामीले भनेका छौं । यसमा सबै दोष निर्वाचन आयोगलाई जान्छ । 
     

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…