Page header hundai

  • काठमाडौं । विचरा नोकरशाहलाई पनि सजिलो कहाँ छ र ? मुलुकमा राजनीतिक स्थिरता छैन । कहिले कमल थापा मन्त्री, कहिले विजय गच्छदार, कहिले प्रेमबहादुर सिंह त कहिले सिपी मैनाली । जो मन्त्री भएर आए पनि हो मा हो मिलाउनै प-यो, ऐन कानुन पनि पालना गर्नैप¥यो, नत्र अख्तियारले च्याप्प पारिहाल्छ । अहिले यस्तै असजिलो फुकाउने क्रममा गृहसचिव मोहनकृष्ण सापकोटालाई भ्याईनभ्याइ छ । सापकोटालाई एमालेका अध्यक्ष प्रधानमन्त्री भएपछि गृह मन्त्रालय पक्कै पनि माओवादीकै भागमा पर्ने विश्वास रहेछ । त्यसैले अचेल वर्षमान पुनकोमा बिहानै देखिने गरेका छन् । त्यहाँ पुगेर उनले ‘हजुरहरू कहिले आउने हो, काम गर्नै सहज भएन’ भन्ने गरेका छन् । पुन नै गृहमन्त्री बन्छन् भन्ने ग्यारेन्टी पनि त छैन । पार्टीभित्रको सन्तुलन र संघर्षका कारण कृष्णबहादुर महरा पनि गृह तथा उपप्रधानमन्त्री बन्न सक्छन् नि । त्यसैले पुनसँग भेटेको अर्को दिन सबेरै उनी महरासँग भेट गर्दै उही कुरा दोहो¥याउँछन् । माओवादीका गृहमन्त्रीका सम्भावित सांसदलाई भेटेर मात्र मन कसरी बुझ्दो हो र क्यारियर भएका नोकरशाहको ? त्यसैले अहिले उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने चाँजोपाँजो मिलाउन लागेका छन् ।
    वैदेशिक रोजगार विभाग स्थापना भएर कामका लागि विदेशमा नेपालीलाई पठाउन सुरु गर्दाका महानिर्देशक सापकोटाले त्यहीबेला जिन्दगीभरका लागि पुग्नेगरी कमाएको भनी बद्नाम पनि गरियो । कम्प्युटर सिस्टम लागू नभएका बेला विदेशिनेसँग मनलाग्दो रकम लिएर स्वीकृति प्रदान गर्ने र कुनै रेकर्ड नहुने भएकाले उनले त्यतिबेला कमाएका रकमको हिसाब नै गर्न नसकिने सँगै काम गरेका एक कर्मचारीले दाबी गरेका छन्् । त्यसपछि जागिरमा उनले कहिल्यै पनि होचो अर्घेलो सहनुपरेको छैन । जहाँ मनलाग्यो त्यहीं उनी खटिँदै आएका छन् । सचिवमा बढुवा हुनासाथ नै उनी भूमिसुधारका सचिव भए । कर्मचारी सरुवामा समेत उनले लाभ लिएको आरोप लाग्न थाल्यो । त्यसपछि उनी हालका सरकारका हर्ताकर्ताका मानिस बनी सामान्य प्रशासन मन्त्रालयमा सचिव बने । उनले त्यहाँ सरुवा गरेर मात्र हैन सरुवा गरेकालाई आकर्षक स्थानमै थमौती गराएरसमेत करोडौं चलखेल गरेका उजुरी अख्तियारमा परी छानबिन भइरहेको दाबी केहीले गरेका छन् । तुलनात्मक रूपमा सज्जन ठानिएका सचिव सापकोटाको यो अवस्था छ भने अन्य सचिवको दिनचर्या कस्तो होला ?
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…