Page header hundai

  • काठमाडौं । नेपालगन्जलाई मुकाम बनाएर पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक चलखेल सुरु गरेका छन् । तर उनको चलखेल कुन उद्देश्यका लागि हो भन्ने स्पष्ट हुनसकेको छैन ।  भ्रमणमा निस्कनुभन्दा तीन दिनअघि शाहले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आफ्नै निवासमा डिनर खुवाएका थिए भने त्यसको भोलिपल्ट  राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई बोलाएर डिनर दिएका थिए । राप्रपाका अध्यक्ष कमल थापालाई भने उनले नेपालगन्जमै बोलाएर भेटघाट गरेका छन् । 
    पूर्वपञ्चहरूको पार्टी राप्रपा यतिबेला तीन टुक्रामा विभिाजित छन् । यी तीन वटा टुक्रालाई लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एउटै छातामुनि ल्यउने पहिलो प्रयास पूर्वराजा शाहको छ । तर उनको पश्चिम नेपाल भ्रमण  यतिमा मात्रै सीमित छैन । मुलुकको राजनीति सरलरेखामा अघि बढ्यो भने अबको पाँच वर्ष स्थायी सरकार बन्ने र त्यो अवधिमा मुलुकले आर्थिक विकासमा धेरै नै फड्को मार्ने अवस्था छ । पाँच वर्ष स्थायी सरकार चल्यो र मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्यो भने राजतन्त्र पुनर्बहालीको सम्भावना समाप्त हुने कुरामा पूर्वराजा शाह सचेत छन् । मुलुकको राजनीतिलाई सरलरेखामा अघि बढ्न नदिने अभियानअन्तर्गत नै पूर्वराजा शाह पश्चिम नेपाल गएको समाचार स्रोतको दाबी छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँग धनगढीको कुनै होटलमा गोप्य भेटघाट गर्ने योजना भ्रमणअघि नै तय गरिएको सूचना फैलाइएको थियो । तर भेटघाटमा उनी नआएर उनले आफ्ना प्रतिनिधिलाई पठाएको दाबी गरिएको छ ।
    पूर्वराजा शाहले नेत्रविक्रम चन्द विप्लव तथा उनका मान्छेहरू, रेशम चौधरी र उनका मान्छेहरूलाई पनि नियमितजसो भेटिरहेको अनुमान नेपाल प्रहरीले गरेको छ । पूर्वराजा शाह कहाँ कहाँ जान्छन् ? क–कसलाई भेट्छन् ? भन्ने सूचना एक एक घन्टामा पेस गर्न गृह मन्त्रालयले  आफ्नो मातहतका प्रहरी तथा सिडिओहरूलाई निर्देशन दिएको थियो । तर  पूर्वराजा शाहको टिमले प्रहरीलाई नराम्ररी छक्याउने गरेको छ । एक ठाउँमा भ्रमण गर्न जाने भनेर प्रहरीलाई सूचना दिने, तर पूर्वराजा शाह भने फुत्त अर्को ठाउँको भ्रमणमा निस्कने गरेपछि प्रहरी हैरान भएको छ ।

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…