Page header hundai
  • एकता विवाद सतहमा 


    काठमाडौं । अध्यक्ष खड्गप्रसाद ओली ‘कोल्ड डाइरिया’ का कारण विरामी भएर घरमै आराम गरिरहँदा एमालेका युवा नेताहरूबीच एकता बहसमा आरोप प्रत्यारोप सुरु भएको छ । एमाले–माओवादी एकीकरण गर्ने बहस चलिरहँदा एमालेभित्रका युवा नेताहरूबीच पुरानो पुस्ताले नेतृत्व छाड्नुपर्ने र नपर्ने बहस पेचिलो बन्न थाले पनि यो विषयमा पार्टी अध्यक्ष ओली मौन देखिएका छन् । माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नै निवास बालकोटमा भेटवार्ता गरेका ओलीले एकता बहसलाई अनावश्यक विवादमा नलैजाने बताउँदै मातहत संगठन र नेताहरूलाई बहसमा सहभागी नहुन निर्देशन दिने सहमति गरेको भए पनि अहिलेसम्म उनले त्यस्तो निर्देशन कोही कसैलाई दिएका छैनन् । ओलीको यसप्रकारको मौनतालाई माओवादी नेताहरूले शंकाको दृष्टिले हेर्न थालिसकेका छन् ।
    निर्वाचनमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनमध्ये धेरै सिट ल्याउने एमालेका नेताहरूबीच नेता नेतृत्वको बहस पछिल्लो पटक लम्बेतान बन्दै गएको छ । एमाले सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रका पार्टी अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले बिश्राम लिँदा उचित हुने धारणा राखेसँगै विवाद उत्कर्षमा पुगेको हो । अझ उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवादको औचित्य अब समाप्त भएको बताएपछि झन् पार्टीभित्र त्यसले छुट्टै बहस पैदा गरेको छ । 
    एमाले सचिव भट्टराईको भनाइ मुखबाट खस्न नपाउँदै अर्का नेता विष्णु रिमालले प्रतिवाद गर्ने गरेका छन् । उनले भट्टराईले ओलीकै बिरासतमा जितेको मात्र भनेनन्, ‘माकाफुईं’ अर्थात् योगेशलाई बाँदरको फुर्तीसम्म भन्न भ्याएका छन् । आइतबार पेसागत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सचिव भट्टराईले पार्टी एकतापछि ओली र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाललाई एकैपटक राजनीतिबाट सन्यास लिन सुझाव दिएका थिए । तर रिमालले अरुले सन्यास लिने विषयमा टिप्पणी गर्न चाहेनन्, उनले ओलीलाई विश्राम लिन गरिएको आग्रहमा मात्रै भट्टराईको प्रतिवाद गरेका थिए । 
    ओली र प्रचण्डले पार्टी एकता गरेपछि त्योभन्दा ठूलो काम गर्ने ठाउँ नभएकाले सन्यास लिएर सम्मानित भएर बस्नुपर्ने सचिव भट्टराईको विश्लेषण थियो । भट्टराईको धारणाप्रति रिमालले ट्विटमार्फत असहमति जनाए । रिमालले ट्विटमा ओलीकै सहयोगले चुनाव जित्नेले गुन बिर्सिएको भन्दै आपत्ति जनाएका थिए । रिमालको जवाफलाई भट्टराईले ट्विटबाट प्रतिवाद गर्दै भने, ‘करिब ३५ वर्ष भयो विष्णु रिमालसँग संगत भएको, उहाँ एक शालिन र मिलनसार लाग्छ । तर, मेरा बारेमा उहाँले प्रयोग गर्न‘भएको टिप्पणीले कुन विष्णु रिमाल हो छुट्याउन गाह्रो भयो । योगेश भट्टराईले भने ओलीसँग आफ्नो सम्बन्ध बिगार्ने तत्वहरू सक्रिय रहेको प्रतिक्रिया दिएका छन् । ‘अध्यक्षसँगको सम्बन्ध बिगारिदिने, उत्तेजित बनाउने प्रयत्न भएको छ,’ एक विद्युतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भट्टराईले भने, ‘उहाँले बुझ्नुभएको छ, हामी दुवै एकअर्काप्रति विश्वासका साथ काम गरिरहेका छौं ।’ नेताहरूसँगै ‘समाचारका दलालहरू’ पनि नेताबीच भिडाउन सक्रिय रहेको योगेशले आरोप लगाएका छन् ।
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…