Page header hundai
  • डा. सुरेश आचार्य


    नेपाली काँग्रेस विचित्रको पार्टी हो । जे गरे पनि लोकतन्त्र हुने चरित्र यसले बोकेको छ । निर्वाचनमा पराजयको धङधङी बाँकी नै छ । अनेक बैठक र वक्तव्यवाजी चलिरहेका छन् । यसको सार पार्टी नेतृत्वका कारण पार्टी हारेको हो । त्यसकारण यसको ‘निर्मम समीक्षा’ हुनु पर्छ । आशयमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सत्ता अरुलाई हस्तान्तरण गरिदिनु पर्छ । किनकी चुनावको हारको कारण नेतृत्व हो । खासमा देउवा नै हारको कारण हो ।
    चुनावमा हार बेहोर्नेले यसको दोष पार्टी नेतृत्वलाई दिए नै । चुनाव जितेकाले जीतको जशचाहिं पार्टीलाई दिएका छैनन् । हारको कारण आफू होइन, पार्टी हो । जीतको कारण पार्टी होइन, आफू हो । जिते आफ्ना कारणले जित्ने, आफू योग्य भएका कारण जितेको ठहर्ने । आफू लोकप्रिय भएका कारणले जितेको हुने । हारचाहिं विल्कुल आफ्ना कारणले नहुने । विचित्रको लोकतान्त्रिक संस्कारले काँग्रेस ग्रस्त छ । 
    निर्वाचनमा काँग्रेसका मात्र उम्मेदवार मात्र थिएनन् । अरु पार्टीले पनि उम्मेदवार उठाएका थिए । कतिपय त स्वतन्त्र उम्मेदवार पनि थिए । काँग्रेस भएर रहेकाहरु केही ठाउँमा बिद्रोही उम्मेदवार भए । काँग्रेस केही ठाउँमा पहिलो भयो । धेरै ठाउँमा दोस्रो भयो र केही अपवादमा तेस्रो वा चौथो बन्यो । जितेका बाहेकका अरु पार्टीले कति मत ल्याए ? स्वतन्त्र उम्मेदवारको मत कति आयो ? आफू लोकप्रिय ठानेर बिद्रोही बनेका कति काँग्रेस दोस्रो स्थानमा आए ? व्यक्ति आफू लोकप्रिय भएका कारणले वा उम्मेदवारका आफ्ना कारणले मात्र जित्ने भए किन कसैले जितेनन् ?
    काँग्रेसलाई यसपटक आम रुपमा कम्युनिष्ट गठवन्धनले हरायो । दोस्रो र तेस्रो मिलेपछि पहिलो स्वाभाविक रुपमा दोस्रो हुने नै भयो । यसपटक भएको यही हो । उनीहरुको गठवन्धन गठिलो बन्यो । तर लोकतान्त्रिक गठवन्धन फितलो भयो । अधिकांश ठाउँमा साथ दिएको राप्रपा र राप्रपा प्रजातान्त्रिक आफैंमा कमजोर पार्टी थिए । तर उनीहरुसँगको तालमेललाई चुनावमा एकाकार गर्न सकिएन । अधिकांश निर्वाचन क्षेत्रमा राप्रपाप्रतिको छोइछिटो कायम रह्यो । परिणामा संयुक्त प्रचार समिति नै बनेनन् । निर्वाचन क्षेत्रका प्रचार समिति पार्टी नेतृत्वले बनाइदिने होइन, उम्मेदवारले पहल गर्ने हो । त्यो गरिएन । केही अपवाद बाहेक संयुक्त आमसभा भएनन् । राप्रपाका महामन्त्री लड्ने सहमति भएका क्षेत्रमा काँग्रेसका पूर्व महामन्त्री लड्न पुगे । लोकतान्त्रिक गठवन्धन त्यहीं धरापमा प¥यो । यो अवस्था कसका कारण आयो ?
    संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालसँग केही निर्वाचन क्षेत्र विशेषमा सहमति भए । समग्र गठवन्धन हुन सकेन । काँग्रेसले फोरमका उपेन्द्र यादव र अशोक राईलाई छाड्दा उनीहरुको तदनुरुप सहयोग लिन काँग्रेसले सकेन । त्यही अवस्था राजपासँग रह्यो । महन्थ ठाकुर काँग्रेसको सहयोगमा जिते । उनको सहयोगमा विमलेन्द्र निधिले जित्ने अवस्था बनेन । लोकतान्त्रिक गठवन्धनलाई कमजोर बनाउन देउवा लागेका हुन् वा आफ्नो मत आफैं सुरक्षित गर्नु पर्छ, अरुसँग मिल्न हुदैन भन्ने अरु नेताको मानसिकताका कारण ?
    काँग्रेस यसपटक तुलनात्मक रुपमा कम ठाउँमा अन्तर्घातका कारण पराजीत भयो । खुलेर भएका अन्तर्घात त निकै कम रहे । गोविन्दराज जोशीलाई भ्रष्टचारी करार गराउने काम रामचन्द्र पौडेलले आफैं नगरेका हुदा हुन्, उनी शायद खुलेर लाग्ने थिएनन् । कतिपयले २०७० को बदला लिए । कतिले त स्थानीय चुनावको जवाफ फर्काउने मौका पाए । आफू भए ठीक र अर्को भए गलतको मानसिकताबाट पीडितहरु अन्ततः आफैं पीडित बने । के यो शेरबहादुरले गरेका थिए ? उम्मेदवार बनाउने विषयमा गुट रक्षागर्ने जस्ता कमी कमजोरीले पनि केही सीट अवस्थाका काँग्रेस पुगेकै हो । त्यसको अवजश देउवाले मात्र होइन, काँग्रेस संसदीय समितिमा रहेका सबैले लिनु पर्छ । मात्रामा फरक होला, प्रयत्न सबैले गरेकै हुन् ।
    कतिपयलाई शेरबहादुरको नाम सुन्दै मन नपर्न सक्छ । यो कुरा रामचन्द्र पौडेलमा पनि लागू हुन्छ । प्रकाशमान सिंह वा अरु कुनै नेताको नाम मन नपराउने यही काँग्रेसमा होलान् । तर काँग्रेस श्वास्वत हो । नेतृत्व क्षणिक हुन् । मातृकाप्रसाद कोइराला काँग्रेस छाडेर गए, तर अर्को पार्टी बन्न सकेन । मातृकाका कारण काँग्रेस बनेको रहेनछ । शेरबहादुर, रामचन्द्र वा कृष्ण सिटौला काँग्रेसका कारण बनेका हुन् । भोलि अर्को पुस्ता आउँछ । यो नियमित प्रक्रिया हो । पार्टीको हार वा जीतमा कुनै व्यक्ति विशेषलाई दोषी देख्नु भ्रम हो । आत्मरति मात्र हो । 
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…