Page header hundai
  • विन्दुकान्त घिमिरे


    यतिबेला नेपाल प्रहरीभित्र ३२ वर्षे सेवा अवधिको मुद्दा र नेपाली कांग्रेसभित्र उमेरहदको मुद्दा जोडतोडका साथ उठेको छ । प्रकृति भिन्न भए पनि यी दुवै संस्थाले गौरवशाली इतिहास बोकेका छन् । वर्तमानमा यी दुवै संस्था शुद्धीकरण तथा सुदृढीकरणको चरणमा रहेका छन् । 
    ३० वर्षे सेवा अवधिलाई लम्ब्याएर ३२ वर्षे गराउनासाथ नेपाल प्रहरीको कायापलट हुने तर्क हरेक आईजीपीले राख्दै आएका छन् । तर एआईजीभन्दा तल्लो पदमा रहनेहरूको तर्क हुने गरेको छ– ‘३० वर्षे सेवा अवधिलाई बढाएर ३२ वर्षे पु¥याइयो भने नेपाल प्रहरीको चेन अफ कमान्ड ध्वस्त हुनेछ ।’ अब कसको कुरा पत्याउने ? जुन व्यक्ति एआईजी तथा डीआईजी हुँदासम्म भन्ने गर्दछ– ‘३० वर्षे सेवा अवधिलाई बढाएर ३२ वर्षे पु¥याइयो भने नेपाल प्रहरीको चेन अफ कमान्ड ध्वस्त हुनेछ ।’ तर त्यही व्यक्ति आईजीपी भएपछि भन्न थाल्छ– ‘३० वर्षे सेवा अवधिलाई लम्ब्याएर ३२ वर्षे गराउनासाथ नेपाल प्रहरीको कायापलट हुन्छ ।’ वर्षौंदेखि नेपाल प्रहरीमा यो बहस जारी छ ।

    कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला नेतृत्वमा छँदा दोस्रो पुस्ताका केही नेताहरूले भन्ने गर्थे, ‘अब तपाईहरूलाई उमेरले साथ दिएन, ७० वर्ष कटिसक्नुभयो, तपाईहरूको बुढ्यौलीका कारण पार्टी संगठनले गति लिन सकेन, संगठन हाँक्न सक्ने युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नोस् ।’ जवाफमा गिरिजाप्रसाद भन्ने गर्थे–‘कसैले हस्तान्तरण गर्ला र नेतृत्वमा पुगौंला भनेर कुरेर बस्नेहरू युवा होइनन्, नेतत्वमा त आफंै पुग्ने हो, महाधिवेशनको फेस गर्नोस्, उमेरका आधारमा कोही पनि बूढो र युवा हुँदैन, चिन्तनका आधारमा हुन्छ, अर्काले हस्तान्तरण गर्देला र नेतृत्वमा पुगौंला भन्ने सोच राख्ने व्यक्ति जुनसुकै उमेरको किन नहोस, उसलाई युवा भन्न मिल्दैन ।’ 
     


    नेपाली कांग्रेसभित्र दोस्रो पुस्ताका नेताहरूले सधैं उमेरहदको एजेन्डा उठाउँदै आएका छन् । फरक यति हो कि यो एजेन्डा उठाउने पात्रहरू फरक छन् । हिजो कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला नेतृत्वमा छँदा दोस्रो पुस्ताका केही नेताहरूले भन्ने गर्थे, ‘अब तपाईहरूलाई उमेरले साथ दिएन, ७० वर्ष कटिसक्नुभयो, तपाईहरूको बुढ्यौलीका कारण पार्टी संगठनले गति लिन सकेन, संगठन हाँक्न सक्ने युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नोस् ।’ जवाफमा गिरिजाप्रसाद भन्ने गर्थे– ‘कसैले हस्तान्तरण गर्ला र नेतृत्वमा पुगौंला भनेर कुरेर बस्नेहरू युवा होइनन्, नेतत्वमा त आफंै पुग्ने हो, महाधिवेशनको फेस गर्नोस्, उमेरका आधारमा कोही पनि बूढो र युवा हुँदैन, चिन्तनका आधारमा हुन्छ, अर्काले हस्तान्तरण गर्देला र नेतृत्वमा पुगौंला भन्ने सोच राख्ने व्यक्ति जुनसुकै उमेरको किन नहोस,् उसलाई युवा भन्न मिल्दैन ।’ गिरिजासाद कोइरालाले करिब ८४ वर्षको उमेरसम्म पनि मुलुक र पार्टीको सक्रिय नेतृत्व गरे । तर उनले कसैलाई पनि वृद्ध उमेरको आभास हुन दिएनन् । 
    हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले करारी हार बेहोर्नुको कारण खोजी हुन थालेको छ । यो हारको कारण सभापति शेरबहादुर देउवाको वृद्ध उमेर त होइन ? भन्ने प्रश्न युवा नेताहरूले उठाएका छन् । गिरिजाप्रसाद कोइरालाले ८४ वर्षको उमेरसम्म सक्रिय नेतृत्व प्रदान गरेको सन्दर्भलाई हेर्ने हो भने  वर्तमान सभापति देउवालाई बयोवृद्ध भन्न मिल्दैन । ७४ वर्षको उमेर पुगेकाहरू विश्वको कतिपय मुलुकमा अहिले पनि सक्रिय नेतृत्वमै छन् । उमेरभन्दा पनि शारीरिक तथा मानसिक सयिक्रयता महत्वपूर्ण पक्ष हो । उमेर बढ्दै गएपछि प्रायःजसोलाई अल्जाइमर्सको समस्या सुरु हुन्छ । यो आफैंमा रोग नभएर मानसिक अवस्था हो । सामान्यतः ६५ वर्ष नाघेपछि स्मरण शक्ति कमजोर हुन थाल्छ । पहिलेका कुरा सम्झने, तर पछिका कुरा बिर्सने समस्या हुन्छ । यो समस्याबाट कृष्णप्रसाद भट्टराई पछिल्लो उमेरमा पीडित थिए, तर गिरिजाप्रसाद कोइरालालाई यो समस्या भएको गुनासो कसैले पनि गरेनन् । 
    वर्तमान पार्टी सभापति देउवामा यो समस्या देखापरिसके वा नसकेको भन्नेबारे केही कुरा बाहिर आएको छैन । पाँच महिनाअघि  सप्तरीमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा देउवाले  निर्धारित वक्तव्यलाई बिर्सेर पाँच मिनेटअघि कसैले दिएको ज्ञापनपत्र पढ्न थालेका थिए, तर समयमै सिडिओले थाहा पाएकाले थप अनिष्ट भएन । यसबाहेक बुढ्यौलीले छोएका लक्षण देखिने गतिविधि सभापति देउवाबाट खासै भएका छैनन् । 
    पार्टी संगठनलाई पूर्णता दिन नसक्नु, आईजीपी प्रकरण, लोकमान प्रकरण, प्रधानन्यायाधीश प्रकरण, राजदूत नियुक्ति प्रकरणलगायतमा  देउवा मात्र होइन, सबै नेता नराम्रोसँग चुकेको कुरा सत्य हो । यी प्रकरणका कारण नेपाली कांग्रेसको भोट घटेको विश्लेषण भएको छ भने त्यो पनि केही हदसम्म पक्कै हो, तर नेपाली कांग्रेसले चुनाव हार्नुको मुख्य कारण भनेको वाम गठबन्धन नै हो । पार्टी र सरकारको नेतृत्व कुशलतापूर्वक सम्पन्न भएका छैनन् भने देउवाको उमेर एउटा कारण हुन सक्छ, तर त्यो विषय आज उठाउनुको कुनै अर्थ छैन । विगतदेखि नै हुँदै आएका काम हुन् ती । र, वाम गठबन्धन हुनुमा देउवाको उमेर कारण होइन । गगन थापालगायतका केही नेताले देउवाको उमेरलाई आधार बनाएर पार्टी हस्तान्तरणको आवाज उठाएका छन् । 
    यसपटकबाहेक देउवाले तीनपटकसम्म प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हालिसकेका छन् । पहिलो पटक  २०५२ सालमा त उनी ५१ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक प्रधानमन्त्री बन्दा देउवा ५७ वर्षका थिए, तेस्रोपटक ६० वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । तर पहिलोपटक ५१ वर्षको उमेरमा प्रधानमन्त्री बन्दा र चौथोपटक ७४ वर्षको उमेरमा प्रधानमन्त्री बन्दा देउवाको कार्यशैली तथा स्पिरिटमा कुनै उतारचढाव आएको छैन । यसकारण  भन्न सकिन्छ कि– ‘उमेरजन्य समस्याका कारण देउवाबाट कमीकमजोरी भएको होइन ।’
    विगतमा देउवा र पौडेलले उमेरको कुरा उठाउँदा गिरिजाप्रसाद कोइरालाले जे जवाफ दिने गर्थे, यतिबेला चन्द्र भण्डारी, गगन थापालगायतले उमेरहदको प्रश्न उठाउँदा त्यही जवाफ पाउने गरेका छन् । भोलि चन्द्र भण्डारी वा गगन थापा नेतृत्वमा पुगे भने पनि उनीहरूले त्यही जवाफ दिनेछन् । बीपी कोइराला ३३ वर्षको उमेरमा पार्टी सभापति बनेका थिए, ३७ वर्षको उमेरमा गृहमन्त्री र ४४ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । बीपी प्रधानमन्त्री हुँदा मुख्य विपक्षी दलका नेता भरतशमशेरको उमेर ३२ वर्ष थियो ।  यतिबेला गगन थापा ४० वर्ष पुगेका छन् भने चन्द्र भण्डारी ६० पुग्न लागेका छन् । ६० वर्ष अगाडिको अवस्थालाई विश्लेषण गर्ने हो भने चन्द्र भण्डारीको पनि उमेरहद नाघिसकेको छ । अब उनले देउवा र पौडेललाई तिमीहरू बूढा भयौ, नेतृत्व हस्तान्तरण गर भन्ने होइन कि आफंैले ‘अब म ६० पुगिसकेँ, युवा पुस्ताका लागि मार्गप्रशस्त गर्छु’ भनेर सन्यास लिनुपर्छ । तर उमेरहदको प्रसंग विगतलाई होइन वर्तमानलाई हेरेर गर्नु पर्छ ।
    हिजो ६० वर्ष नाघेकाहरू क्रियाशील हुन सक्दैनथे । तर आज स्वास्थ्य तथा शिक्षाको शुलभताका कारण ८० नाघेकाहरू पनि मज्जाले क्रियाशील छन् । पाँच दशकअघिसम्म ७० वर्ष उमेर नाघेका मान्छेहरू टर्च बालेर खोज्नुपथ्र्यो, तर आज ८० वर्ष नाघेकाहरूले समेत आफैले कमाई गरेर खाइरहेको अवस्था छ ।  त्यसैले चन्द्र भण्डारी र उनको उमेरका नेताहरू अझै युवा छन् । उनीहरूको योगदानबाट मुलुकले अझै २० वर्ष लाभ लिनुपर्छ ।   उमेरहदभन्दा पनि क्रियाशीलता र चिन्तनको जरुरी छ । युवाको गुण देउवामा धेरै छ कि गगन थापामा ? भन्ने प्रश्नको उत्तर जरुरी छ । 
    गगन थापाले स्वास्थ्य मनत्रालय सम्हाल्ने मौका पाउँदा गरेका निर्णयहरूमध्ये एउटा निर्णय यस्तो छ– ‘इस्पाइनल इन्जुरीबाट पक्षघात भएकाहरूका लागि सरकारले मासिक पाँच हजार रुपैयाँ  औषधि उपचार खर्च उपलब्ध गराउनेछ ।’ तर गगन थापाको यो सोचले नेपाली सेनाका बहालवाला जर्नेल रमिन्द्र क्षत्रीको प्रकृतिका विरामीहरूले त लाभ पाउँछन् नै, तर चक्र बाँस्तोला प्रकृतिका विरामीहरूले लाभ पाउँदैनन् । जबकि जर्नेल क्षेत्रीको प्रकृतिका विरामीहरू आफै कमाई गर्न सक्छन्, तर बाँस्तोला प्रकृतिका बिरामीका लागि २४ सै घन्टा दुईजना सहयोगी आवश्यक पर्छ । गगनको आँखा र दिमागले चक्र बाँस्तोला देखेन, रमिन्द्र क्षेत्री देख्यो । यस्तो आँखा र दिमाग युवा हो कि बृद्ध ? यी दुई पात्र आफैंमा क्षमतावान र प्रभावी हुन्, आग्रह राख्नुपर्ने कुनै कारण छैन ।
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…