Page header hundai
  • श्यामलाल श्रेष्ठ


    काठमाडौं बुझेको नेता भएकै कारणले बीपीले गणशमानजीलाई छाड्न नचाहनुभएको हो । जेल तोडेर प्रवासमा पुग्नुभएका गणेशमान सिंह फेरि अर्को मिसन लिएर काठमाडौं आउनुभयो । राणाहरूले देख्नेवित्तिकै उहाँमाथि फासी हुन सक्ने अवस्था थियो । तर गणेशमानजी जत्तिको काठमाडौं बुझेको अर्को नेता थिएन । सुन्दरराज चालिसेलाई लिएर गणेशमानजी आफैं काठमाडौं आउने हुनुभयो । धर्मभक्त माथेमाका भतिजा दयारामभक्त माथेमा राजा त्रिभुवनका सचिव थिए । काठमाडौं बस्दा आवश्यक पर्ने अलि अलि खर्चको जोहो राजा त्रिभुवनले गरिदिएका थिए । काठमाडांैमा धेरै दिन  लुकेर बस्नुपर्ने भयो । मिसन सफल हुने अवस्था देखिएन । अर्कातिर राणाहरूले सीआईडी छ्याप्छ्याप्ती छाडेका थिए । गणेशमानजीलाई समातिहाल्छ कि भन्ने डर राजा त्रिभुवनलाई पनि भयो । किनकि गणेशमानजी समातिनेवित्तिकै फासीको सजाय हुन सक्थ्यो । 
    त्रिभुवनले दयारामभक्त माथेमालाई कोलकात्ता पठाए । त्यही बेला यहाँ गणेशमानजीहरू पक्राउ पर्नुभयो । रत्नमान सरदार जो गणेशमानजीका बाजे हुन्, उनका ड्राइभर थिए इटुङ शाक्य भन्ने ।  उसको घर रत्नमान सरदारको घर अघिल्तिरको गल्लीमा थियो ।  गणेशमान र सुन्दरराजजी त्यहीँ भूमिगत बस्नुभएको थियो । प्रहरी घेराउ गर्न गएपछि गणेशमानजी बार्दलीबाट पटुकाको सहायताले हाम फालेर उम्कनु भएछ ।  सुन्दरराजजीमाथि बुइँगल पुग्नु भएछ ।  

    यो खेँ कहाँबाट आयो हाम्रो भन्छामा भन्दै गाली गरेछन् । सुन्दरराजजी त हामीभन्दा राम्रो नेवारी बोल्ने । उहाँले नेवारी भाषामै म पवर्ते होइन, नेवार नै हुँ भन्नुभएछ । अनि तिनै महिलाहरूको सहयोगमा एउटा घरको छानाबाट अर्को घरको छाना हुन्दै भाग्न उहाँ सफल हुनु भयो । 

     

    बुढी महिलाहरूले त्यतिबेला नेपाली भाषा बुझ्दैनथे, उनीहरूले नेवार भाषमा सुन्दराजजीलाई गाली गरेछन् । यो खेँ कहाँबाट आयो हाम्रो भन्छामा भन्दै गाली गरेछन् । सुन्दरराजजी त हामीभन्दा राम्रो नेवारी बोल्ने । उहाँले नेवारी भाषामै म पवर्ते होइन, नेवार नै हुँ भन्नुभएछ । अनि तिनै महिलाहरूको सहयोगमा एउटा घरको छानाबाट अर्को घरको छाना हुन्दै भाग्न उहाँ सफल हुनु भयो ।  त्यसपछि रातारात साँखु पुग्नु भएछ ।  तर काठमाडौं उपत्यकाका चारै भन्ज्याङमा कडाई गरिएका कारण भाग्न सम्भव भएन । पछि उहाँ पनि समातिनुभयो । 
    सुन्दरराजजीसँग त मेरो लामो सम्बन्ध भयो । उहाँ पहिले नरदेवीतिरै बस्नुहुन्थ्यो । मकहाँ खुब आइरहनुहुन्थ्यो । नरदेवीमा अहिले पनि सिंहका दुईवटा ठूला मूर्तिहरू छन् । त्यहीँ हामीहरू खेलिरहन्थ्यौं । एकदिन राणाको आठ पहरिया घोडा चढेर नरदेवीको दर्शन गर्न  आयो । सुन्दरराजजी पछिपछि लाग्नुभएछ । गणेशमानजीले बाहुन भएर राणाका आठ पहरियाको घोडाको पछि पछि दौडेको भन्दै साफसँग गाली गर्नुभएछ । 
    काठमाडौं गणेशस्थान नजिकै चिकनमंगल भन्ने ठाउँ छ । एकदिन हिँड्दै हिँड्दै त्यो गल्लीमा पुगेपछि सुन्दरराजजीले मेरो हात समाउँदै भन्नुभयो– ‘यही गल्लीमा हो हामीले मोहनशमशेरलाई सिध्याउने योजना बनाएको ।’ गोली हानेर सिध्याउने योजना बनाइएको रहेछ । त्ये बेला बमको चलन थिएन । अघि पछि त मोहनशमशेर त्यो बाटो हिँड्ने कुरै भएन । तर इन्द्रजात्राको दिनमा त हात्तीमा चढेर  कुमारीको पछि पछि घुम्नुपथ्र्यो । सबै राणाहरू कुमारीको पछि पछि हुन्थे । त्यसैले नरदेवी चिकनमंगल भनेको ऐतिहासिक ठाउँ हो ।  राणा शासन अन्त्यका लागि धेरै काम यही ठाउँबाट भएका हुन् । 
    गणेशमानजीको जन्मथलो र कर्मथलो मात्रै नभएर धर्मभक्तको पनि कर्मथलो र जन्मथलो हो । यहाँ साहुजीहरू थिए तीनजना दाजुभाइ, जसमध्ये ज्ञानमान सिंह भन्ने साहु त्यही धर्मभक्तसँग पहलमानी सिक्थे, इटुम्वहालसँगै जोडिएकै ठाउँमा । भोटुकेव हो त्यो ठाउँको नाम । भोटुकेवमा धर्मभक्तले पहलमानी सिकाउँथे । सांस्कृतिक हिसाबले पनि ज्यादै महत्वपूर्ण ठाउँ छ यो । भाष्करदेव, केशचन्द्र  गुरुमापाको ठाउँ समेत हो यो । गुरुमापाको एउटा कथा पनि छ ।.....
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…