Page header hundai
  • परशु घिमिरे


    करिब दुई तिहाइ बहुमत हासिल गरेको वाम गठबन्धनले अबको पाँच वर्ष मुलुकमा स्थिर सरकार देला कि नदेला ? भन्ने प्रश्नको सेरोफेरोमै मुलुकका गनेचुनेका विश्लेषकहरू चिन्तनमा छन् । पाँच वर्ष स्थिर सरकार दिन सक्यो र कुनै गडबड गरेन भने कम्युनिस्ट गठबन्धनले ठूलो जस पाउने अवस्था छ । आगामी पाँच वर्ष मुलुकका लागि निकै महत्वपूर्ण छन् । विकास निर्माणका लागि विगत २० वर्षयता भएका ठूला लगानीहरूले प्रतिफल दिन थाल्ने समय हो अबको पाँच वर्ष ।
    नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईले सुरु गरेको मेलम्ची खानेपानी आयोजनाका लागि मुलुकले विगत अढाई दशकको यो अवधिमा करिब आधा खर्ब रुपैयाँ लगानी गरिसकेको छ । अबको एक वर्षभित्र त्यो लगानीले प्रतिफल दिन सुरु गर्नेछ । राजधानी काठमाडौं उपत्यकामा वितरित खानेपानीबाट मात्रै वार्षिक १०–१२ अर्ब रुपैयाँ महसल संकलन हुन थाल्ने दिन आउन अब धेरै बाँकी छैन । राजधानी उपत्यकामा  खानेपानीको समस्या समाधान हुने मात्रै होइन कि खानेपानी वितरण पनि राज्यको आम्दानीको स्रोत हुन थाल्नेछ । 
    कांग्रेसकै नेता ज्ञानेन्द्रबहादुर कार्कीले जलस्रोतमन्त्री हुदा आफ्नै जोडबलमा सुरु गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा पनि मुलुकले करिब आधा खर्ब रुपैयाँ खर्च गरिसकेको छ । अब एक डेढ वर्षभित्रै यो आयोजनाले  प्रतिफल दिन  थाल्नेछ । तामाकोसीबाट उत्पादित बिजुलीको महसुल मात्रै वार्षिक १०–१५ अर्ब रुपैयाँ संकलन हुन थाल्ने अवस्था बनिसकेको छ । तामाकोसी जलविद्युत आयोजना निर्माण सम्पन्न हुना साथ वर्षायाममा खाना पकाउने एलपी ग्याँस आयात गर्नुपर्ने छैन । ऊर्जाको क्षेत्रमा मुलुक आत्मनिर्भरताको बाटोतर्फ जानेछ । अबको दुई वर्षभित्र भेरी बबई ड्राइभर्सन बहुउद्देश्यीय सिंचाइ आयोजना, रानीजमारा सिँचाइ आयोजनालगायत आधा दर्जन सिँचाइ आयोजनाको काम सम्पन्न हुँदैछ । यी आयोजना सम्पन्न हुनासाथ करिब पाँच लाख हेक्टर जमिनमा १२ रै महिना सिँचाइको सुविधा उपलव्ध हुनेछ । थप पाँच लाख हेक्टर जमिनमा १२ रै महिना सिँचाइको सुविधा उपलब्ध हुनु भनेको मुलुक खाद्यान्नमा आत्मनिर्भरतर्फ उन्मुख हुनु हो । 
    यसैगरी, अवको एक वर्षभित्र महोत्तरीको बर्दिबाससम्म रक्सौलको जस्तै ठूलो रेल आइपुग्नेछ । कोलकात्ता बन्दरगाहबाट रक्सौलभन्दा बर्दिवास तीन सय किलोमिटर छोटो छ । अबको दुई वर्षभित्र मध्यपहाडी लोकमार्ग र तराईको हुलाकी लोकमार्ग निर्माणको काम सम्पन्न हुनेछ । यसैगरी, उत्तर दक्षिण नदीको कोरिडोर सडकहरू धेरैजसो सम्पन्न भइसक्नेछन् । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि सम्पन्न भइसक्नेछ । चीनको केरुङसम्म रेल मार्ग  निर्माण भइसक्नेछ भने केरुङ–काठमाडौं चार लेनको सडक निर्माणले गति लियो भने यो पनि सम्पन्न भइसक्नेछ ।
    हालसम्म भएको खर्बौं लगानीले प्रतिफल दिनै लाग्दा सत्ताको नेतृत्व लिने  जनम्यान्डेट प्राप्त गर्नु भनेको कम्युनिस्ट गठबन्धनका लागि निकै ठूलो अवसर हो । यो अवसरको सदुपयोग गर्न सक्यो भने अब आउने नयाँ सरकारले बुढीगण्डकी जलविद्युत आयोजना, काठमाडौं–तराई द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, केरुङ–काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्ग, काठमाडौं उपत्यकामा मेट्रोरेल, कालीगण्डकी तिनाउ डा«इभर्सन, सुनकोसी–कमला ड्राइभर्सनलगायतका ठूला विकास आयोजनाको निर्माण सुरु गरिसक्नेछ ।
    कम्युनिस्टहरूले अवसरको सदुपयोग गर्न सक्छन् कि सक्दैनन् ? भन्ने प्रश्नको उत्तर खोज्नुअघि चिनियाँ कम्युनिस्ट पार्टी तथा नेपालका कम्युनिस्ट पार्टीभित्र विगतमा घटित केही घटनाहरू उदाहरणका रूपमा हेर्नु सान्दर्भिक हुनसक्छ । २०३५ सालमा नेकपा माले स्थापना हुँदाको बखतसम्म नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका रूपमा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल थियो । २०४०–२०४१ सालतिर माओकी चौथी श्रीमती चियाङ छिन् र उनको नेतृत्वमा सञ्चालित १९६६ मा सुरु भएको सांस्कृतिक क्रान्तिलाई हेर्ने दृष्टिकोणलाई लिएर कम्युनिस्ट पार्टीहरूबीच निकै ठूलो विवाद भयो । एक आपसमा संगीन आरोप लगाउन सुरु गरियो । फलस्वरूप नेकपा मसाल फुटेर निर्मल लामाको नेतृत्वमा  नेकपा चौथो महाधिवेशन हँुदै मसाल र मोटो मशाल बन्यो । नेपालमा २०४६ सालसम्म आइपुग्दा कमयुनिस्ट पार्टीहरूको संख्या १९ पुगेको थियो । नेपालका कम्युनिस्टहरूलाई पार्टी विभाजनका लागि खासै ठूलो निहुँ चाहिँदैन भन्ने कुरा पटक पटक पुष्टि हुँदै आएको छ ।
    माओकी चौथी श्रीमतीलाई हेर्ने दृष्टिकोणमा भने सैद्धान्तिक आधारहरू पनि छन् । सन् १९४९ मा कम्युनिस्ट पार्टीले शासन सत्ता हातमा लिए पनि विकास निर्माणका काम गर्न सकेको थिएन । जनताका आकांक्षा पूरा गर्न नसक्ने अवस्था आएपछि ध्यान अन्तै मोड्न माओले सांस्कृतिक क्रान्तिका नाममा नरसंहार र ज्यादती सुरु गरेका थिए । सन् १९६६ देखि सुरु भएको यो ज्यादती माओ नमर्दासम्म अर्थात् १९७६ सम्म जारी रह्यो । परम्परागत शक्तिले प्रतिक्रान्ति गर्न खोज्यो त्यसैले निमिट्यान्न पार्ने र प्रगति हासिल गर्ने भन्दै सांस्कृतिक क्रान्तिका नाममा नरसंहार, सांस्कृतिक सम्पदा भत्काउने अभियान नै सञ्चालन गरियो । सांस्कृतिक क्रान्तिको अन्तिमतिर माओको आडमा उनकी कान्छी श्रीमती चियाङ छिनले ‘ग्याङ अफ फोर’ ले शासन चलाउँथिन । उनले चारजनाको एउटा समूह बनाएर शासन सत्ताको  डिफेक्टो लिएकी थिइन् । पार्टीकै पुरना नेता तथा कार्यकर्तालाई अनेक बहाना बनाएर श्रम शिविर पठाउने र धेरैको हत्या गर्ने काम चियाङ छिनका लागि सामान्य थियो । जब सन् १९७६ मा माओको मृत्यु भयो, त्यसपछि सांस्कृतिक क्रान्तिलाई कालोयुगका रूपमा लिने निर्णय गरियो । साथै पोलिटब्युरो बैठकबाटै माओकी चौथी श्रीमती नेतृत्वको ग्याङ अफ फोरका चियाङ छिन, वाङ हङवन, याओ वनयुवन र चाङ चुनछियाओलगायत सबैलाई जेल हालियो । यसपछि चीनले नयाँ ढंगबाट  समृद्धि हासिल गर्न थालेको हो । त्यतिबेला संशोधनवादी चीन भनेर आलोचना गर्ने नेपालका कम्युनिस्ट पार्टीहरू देङसियाओ पेङले नयाँ उचाइमा पु-याको अहिलेको चीनलाई अभिन्न मित्र ठान्दछन् । देङसाओ पिङलाई आदर्श मान्ने कि माओकी कान्छी श्रीमतीलाई आदर्श मान्ने ? भन्ने सन्दर्भमा नेपालका कम्युनिस्ट पार्टीबीच वर्षाैं विवाद गरेको माओवादी र गद्दार पुष्पलालका लेखक मोहनविक्रम सिंहको मत यसपटक एकै चिन्हमा परेको छ । यो विवाद सैद्धान्तिक हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले अझै देङसेआयो पिङलाई प्रतिगामी तथा षड्यन्त्रकारी देख्छन् भने चियाङ छिन र उनको नेतृत्वमा भएका सांस्कृतिक क्रान्ति अर्थात् नरसंहारको लाइनमा छ ।
    वाम गठबन्धनले सत्ता सम्हाल्ने संकेत गत असोज १७ गतेदेखि प्राप्त भएको हो । त्यसको भोलिपल्टदेखि नै मुलुकमा आर्थिक मन्दी सुरु भइसकेको छ । सेयरको भाउ ह्वात्तै घटेको छ । घरजग्गाको किनबेच प्रायः ठप्प छ, निर्माण सामग्रीहरूको भाउ अन्धाधुन्ध बढेको छ । माओवादीको सिद्धान्तकै कारण निजी क्षेत्रका लगानीकर्ताहरू डराइरहेका छन् । आर्थिक गतिविधि घट्दै गएपछि राज्यको आम्दानी बढ्ने सम्भावना छैन । स्थानीय तह र प्रादेशिक तहको संरचना धान्न साधारण खर्च निकै ठूलो हुने अवस्था छ । देशको राजश्वले साधारण खर्चसमेत धान्न नसक्ने पक्कापक्की छ ।  साधारण खर्च चलाउनकै लागि सरकारले राज्य आतंक मच्चाउने त होइन ? भन्ने त्रासमा उद्योगी, व्यवसायी, लगानीकर्ता एवं करदाताहरू छन् । त्यसैले कांग्रेसले प्रारम्भ गरेका कामको टुटी खोल्ने काम मात्र गर्छन् कि जनतामा सपना बाँडेर राज्य आतंक चलाउँछन् ? हेर्न बाँकी छ ।
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…