Page header hundai
  • दुबै अध्यक्षले अवकाश लिनुपर्छ : योगेश


    काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता दुई वर्षअघि हुन नसक्ने एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव शंकर पोखरेल, रवीन्द्र अधिकारीलगायतका नेताहरूले सार्वजनिक रूपमै बताउन थालेका छन् । उनीहरूको अभिव्यक्ति सार्वजनिक भएपछि एमाले अध्यक्ष खड्ग ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी सम्हाल्न नसक्ने अवस्था आउने आंकलन गर्न थालिएको छ । 
    दुई पार्टी एकताको प्रक्रियामा सैद्धान्तिक पक्षलाई मिलाएर लैजानु जति चुनौतीपूर्ण छ, सांगठनिक तथा पदीय आकांक्षीहरूलाई मिलाउनु पनि उत्तिकै चुनौतीपूर्ण देखिएको एमाले नेता रवीन्द्र अधिकारीले बताएका छन् । पार्टी एकताका लागि छलफल र भेटघाट अघि बढिरहँदा माओवादीका नेताहरूले विशेष महाधिवेशन माग गर्नु र एमालेभित्र तत्कालै ईश्वर पोखरेललगायतका नेताहरूले दुई वर्षपछि मात्र एकता हुन्छ भन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै पार्टीमा यसअघि अवसर पाएका र अवसर नपाएका नेताहरू प्रशस्तै छन् । अवसर पाइसकेका र पार्टीमा प्रभावशाली भूमिका खेल्न सक्ने नेताहरूले पार्टी एकता सँगसँगै आफ्नो वर्चस्वको निरन्तरता खोजेका छन् । दुई पार्टीको एकता बाधक बनिरहेको सैद्धान्तिक र व्यावहारिक विषयमा एमाले अध्यक्ष खड्ग ओली र माओवादी अध्यक्ष  प्रचण्डले छलफल गर्न थालेका छन् । महत्वाकांक्षी नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय छ । एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी एकतालाई तार्किक निकर्षका साथ अघि बढाउनुपर्ने धारणा अघि सार्दा उनकै खेममा रहेका सचिव योगेश भट्टराईले भने दुवै अध्यक्ष सक्रिय राजनीतिबाट बाहिर रहनुपर्ने धारणा अघि सारेका छन् । भट्टराईले भने, ‘उहाँहरूले अवकाश लिने वेला भयो ।’
    एमालेको विद्यार्थी राजनीतिबाट आएका नेताहरू तथा माओवादीमा लडाकु पृष्ठभूमिबाट आएका नेताहरूले मूलधारको राजनीतिमा भूमिका खोजेका छन्, समाचार स्रोतले बतायो । एमालेबाट मन्त्री नभएका, तर यसपटक मन्त्री हुने चर्चामा रहेका नाममध्ये अग्रपंक्तिमै पर्ने एमाले सचिव योगेश भट्टराईको सो धारणालाई पार्टीभित्र सामान्य मानिएको छैन । नेता भट्टराईलाई चुनाव प्रचार–प्रसारका क्रममा ओलीले मन्त्री बनाइदिने बताएका थिए । ओलीले ताप्लेजुङवासीले योगेशलाई जिताएर पठाएदिए आफूले मन्त्री बनाएर पठाइदिने घोषणा गरेका थिए । भट्टराईलाई ताप्लेजुङवासीले जिताइसकेका छन् । अब ओलीको बाचा पूरा हुन्छ कि हुन्न ? हेर्न बाँकी छ । तर त्यसअघि नै पार्टी एकताको सन्दर्भमा भट्टराईको  धारणा सार्वजनिक भएकाले उनले एकता विरोधीको आरोप खेप्नुपर्ने त होइन भन्ने प्रश्न पनि एमाले कार्यकर्ताहरूले उठाएका छन् । 
    रवीन्द्र अधिकारी एमालेका अर्का चर्चित नेता हुन । एमालेको वैकल्पिक पोलिटब्युरो सदस्यसमेत रहेका अधिकारी विघटित संसद्मा विकास समितिको सभापति थिए । उनी पनि मन्त्री पदका लागि आकांक्षी तथा अपेक्षित नेता हुन् । उनले पनि पार्टीको एकताको सन्दर्भमा सिधाभन्दा बांगा कुरा गर्दै आएको ओली निवासमा चर्चा छ । 
    ओलीका अर्का विश्वासपात्र महेश बस्नेत ०७० सालको चुनावमा पराजित भए पनि उद्योगमन्त्री भइसकेका छन् । एमालेको भ्रातृसंगठन युवा संघको नेतृत्वमा रहँदा गुन्डालाई संरक्षण गरेको भन्दै विवादित भए पनि ओली निकट भएकै कारण उनी मन्त्री भएका थिए । पार्टी एकताविरोधी कुरा गर्नुप¥यो भने ओलीले उनलाई प्रयोग गर्ने एमालेवृत्तमा चर्चा चलिरहेको छ । 
    ईश्वर पोखरेललाई पनि ओलीले चुनाव प्रचारप्रसारका क्रममा उपप्रधानमन्त्री दिने बताएका थिए । दुईपटक काठमाडौंबाट चुनाव हारेका पोखरेल गणतन्त्रपछि १३ दिन मात्रै मन्त्री बनेका थिए । चुनावी हारकै कारण मन्त्री बन्न नपाएका पोखरेललाई यसपटक अवसर आएको छ । एमाले पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेल अहिले वाम गठबन्धनका सन्दर्भमा बजार हल्लाभन्दा फरक मत राखेर चर्चामा आएका छन् । त्यति मात्रै होइन, पार्टी एकताबारे उनले राखिरहेको फरक मतलाई आगामी सरकारमा आकर्षक मन्त्रालय पाउने भन्ने लोभमा उनलाई थुम्थुम्याउने भनिए पनि भावी पार्टी अध्यक्षमा उनको चर्चा चलिरहेकाले तत्काल पार्टी एकता हुन नहुने बताइन्छ । पोखरेलको धारणा सार्वजनिक भए पनि पार्टीभित्रको ठूलो पंक्तिले उनलाई साथ दिने सम्भावना देखिएको छ ।
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…