Page header hundai
  • मदनबहादुर अमात्य, नेपाली कांग्रेस, ललितपुर सभापति


    ० दोस्रो संविधानसभाको चुनावमा ललितपुरको तीनवटै क्षेत्रमा कांग्रेस विजयी भएको थियो, तर यसपटक तीनवटै क्षेत्र गुमाउनुभयो नि ?
    – हारको  नैतिक जिम्मेवारी मैले लिनुपर्छ, यो स्वाभाविक कुरा हो । २०७० सालको चुनावमा हामीले तीनवटै क्षेत्रमा जितेका थियौं । यसपटक कुनै सांगठनिक कारणले हामीले हारेका होइनौं । भोटका हिसाबले हामीले जितेका छौं । वाम गठबन्धन र सम्पूर्ण प्रतिपक्षी एक ठाउँमा आएकाले यसपटक हामीले ललितपुर गुमाएका छौं ।
    ० कांग्रेस हार्नुमा के के कारण छ ?
    – २०७० साल र अहिलेको चुनावमा हामीले पाएको मतलाई गणना गर्दा यसपटक कांग्रेसलाई कम भोट आएको छैन । बढेको नै हो । बरु स्थानीय तहको चुनावमा हाम्रो मत घटेको थियो । स्थानीय चुनावमा घटेको मतलाई यसपटक हामीले रिकभर गरेका छौं । २०७० सालकै अवस्थामा पार्टीलाई पु¥याएका छांै । स्थानीय तहको चुनाव हामीलाई धेरै ठाउँमा अप्ठ्यारो परेको हो ।
    कांग्रेस हार्नुमा अरु धेरै कारण छन् । पार्टीको केन्द्रीय नीति पनि पर्याप्त भएन । निर्वाचनको मुखैमा पार्टी सभापतिको बारेमा विभिन्न चर्चा गर्ने काम भयो । त्यसलाई प्रस्टीकरण गर्ने काम कतैबाट भएन । यसले पनि केही भूमिका निभाएको मैले महसुस गरेको छु ।
    ० पार्टीको जिल्ला नेतृत्वको कमजोरी पनि कारण होला नि ?
    – जिल्ला नेतृत्वको कारणले कांग्रेस ललितपुरमा हारेका होइन । यहाँ विवेकशील साझा पार्टीका नाममा तराजूमा धेरै मत गएको छ । यसमा हामी अचम्मित भएका छौं । अस्टे«लिया, अमेरिका, क्यानाडाबाट तराजूलाई भोट देऊ भनेर युवालाई परिचालन गरेको देखियो । धेरै युवा मत हाम्रो विरुद्ध देखियो ।
    ० यसको कारण के हो ? 
    – राजनीतिप्रति फ्रस्टेसन हो । हामीले युवाहरूलाई राजनीतिप्रति आकर्षण गर्न सकेकै छैनौं । 
    ० कांग्रेसप्रतिको फ्रस्टेसन हो कि ?
    – होइन, कांग्रेसप्रतिको फ्रस्टेसन भएको भए एमाले वा माओवादीलाई भोट जानुपथ्र्यो, गएन । तराजूमा भोट गयो । देश र राजनीतिप्रतिको फ्रस्टेसन हो । मेरो क्षेत्र ललितपुर ३ मा तराजूमा सात हजारभन्दा बढी मत गयो । त्यो मत हामीले रोक्न सकेको भए हामीले जित्थ्यौं । किनभने विवेकशील साझा पार्टीमा परेका अधिकांश मत कांग्रेसकै हो । चुनावकै बेला अन्तिमतिर मैले थाहा पाएँ । रोक्न खोजें पनि, तर सकिनँ । भर्खरका युवामा फ्रस्टेसन भएको देखियो ।
    ० ललितपुरमा कांग्रेस उम्मेदवार पराजित हुनुमा अन्तर्घात कारण छ कि छैन ? 
    – ललितपुरको तीनवटै क्षेत्रमा व्यापक अन्तर्घात भयो । मेरो क्षेत्रमा झनै बढी भयो । पर्चा छर्ने काम भयो । अरु क्षेत्रमा पर्चा छर्ने काम त भएन, तर अन्तर्घात धेरै भयो भन्ने मेले सुनेको छु । 
    ० अन्तर्घात हँुदैछ भन्न संकेत तपाईलाई पहिले थाहा थिएन ?
    – ललितपुर ३ मा अन्तर्घात हुँदै छ भन्ने मलाई पहिले नै थाहा थियो । कांग्रेसको एउटा पक्षले ललितपुरमा मदन अमात्यलाई आठ हजार मतले हराउँछु भनेर खुलेरै भनेको थियो । मैले कसरी हराउन सक्छौ भनी चुनौती दिएको पनि थिएँ । हामीले त्यो अन्तर्घातलाई रोक्न सकेनौं । यसमा हामी असफल भयांै । मैले जहिले पनि नैतिकताको राजनीति गरें, तर केही समूहले अन्तर्घात गरेर बदला लियो । ललितपुर कांग्रेसमा एउटा यस्तो समूह छ, जो जहिले पनि पैसाको राजनीति गर्छ । त्यो समूहले कहिल्यै पनि नैतिकताको राजनीति गरेको छैन । गर्दैन पनि ।
    ० तपाईले कसलाई इंगित गर्न खोज्नु भएको हो ?
    – त्यो नाम सबैलाई थाहा छ । उसले पहिले पनि बेखारत्न शाक्यलाई टिकट बेचेको थियो । मेयरमा पैसा लिएर टिकट बेचेको थियो । स्थानीय तहको चुनावमा उसको स्वार्थ पैसा उठाउने थियो । चन्दा उठाउने थियो । यसपटक मैले चन्दा उठाउन दिइनँ । तिमीहरूले कार्यक्रम गर्न सकेनौं भने कार्यक्रम गर्न म आफै पैसा जुटाउँछु भनें । त्यसैले चुनाव हार्नुमा अन्तर्घात, विवेकशील साझा पार्टीलाई मत धेरै जानु र वाम गठबन्धन प्रमुख कारण हुन् । मेरो प्रतिस्पर्धी उम्मेदवारले कसैले कल्पना नै गर्न नसक्ने गरी ललितपुरमा व्यापक रूपमा पैसा खर्च गरे । 
    ० तर निर्वाचनअघिसम्म तपाई चुनाव जित्नेमा एकदमै कन्फिडेन्स हुनुहुन्थ्यो नि ? 
    – अन्तिम समयसम्म पनि म चुनाव जित्नेमा कन्फिडेन्स नै थिएँ । राति १२ बजेसम्म मत गन्दा म ढुक्क थिएँ । त्यसबेलासम्म मैले दुई सयभन्दा बढी मतअन्तरले लिड गरेको थिएँ । तर अन्तिममा आउँदा म पछाडि परेें । सत्र सयको मतको फरक प¥यो । अन्तिमको दुईवटा बुथको मतले म पछि परें । 
    ० ललितपुरको १ र ३ क्षेत्रमा जितिन्छ भन्नेमा ललितपुर कांग्रेसका नेताहरू ढुक्क थिए नि ? 
    – हो, सबै ढुक्क थिए । म पनि विश्वस्त नै थिएँ । तर चुनाव हो, यसमा  कारण धेरै हुन्छन् । 
    ० अन्तर्घात गर्नेलाई कारबाही हुन्छ त ?
    – हुन्छ, कारबाहीको प्रक्रिया सुरु भइसक्यो । अन्तर्घात गर्नेलाई कारबाही नगर्ने हो भने कांग्रेस पार्टी रहँदैन । अन्तर्घात मलाई मात्र होइन, देशभर भएको छ । यो अवस्थामा पनि अन्तर्घातीलाई कारबाही नगर्ने हो भने पार्टी अगाडि बढ्न सक्दैन । 
    ० अन्तर्घात गर्ने ललितपुरमा कुन कुन तहका नेता कारबाहीमा पर्छन् ? 
    – जिल्ला तहका मात्र होइन, मुख्य नाइकेहरू पनि कारबाहीमा पर्छन् ।
    ० पैसाको खेल कत्तिको भएको छ ?
    – पैसाको पनि खेल भएको हुन सक्छ । मैले सुनेको पम्फा भुसालसँग उनीहरूले पाँच पाँच लाख रुपैयाँ लिएका हुन् रे । 
    ० निर्वाचनमा पराजित भएपछि कांग्रेसको पुनर्संरचर्ना गर्नुपर्छ भन्ने कुरा पनि उठेको छ, के भन्नु हुन्छ ? 
    – पार्टीको पुनर्र्संरचना भनेको के हो ? पार्टीमा यति धेरै काम गरेका कार्यकर्तालाई फ्याँक्ने ? उनीहरूलाई कहाँ राख्ने ? कांग्रेसलाई पुनर्र्संरचना गर्ने कुरा होइन । अन्तर्घात गर्नेलाई कारबाही गर्नेवित्तिकै कांग्रेस धेरै अगाडि बढ्छ । अरु केही गर्नुपर्दैन । कांग्रेसमा कार्यकर्ताहरूले काम नगरेका होइनन् । हजारौ कार्यकर्ताले काम गरेका छन् । जनताले भोट दिएका छन् । हामीले चुनाव हार्दा कति कार्यकर्ता रोए पनि । तर कांग्रेसभित्रै एकथरी यस्ता छन्, उनीहरूले टिकट पाए ठिक हुन्छ । उनीहरूले टिकट पाएनन् भने गलत हुन्छ । आफूले रजाइँ गर्न पाए ठिक, नभए बेठिक भन्ने एउटा समूह ललितपुरमा छ । त्यही प्रवृत्तिका कारण स्थानीय तहको चुनावमा पनि व्यापक अन्तर्घात भएकै हो नि । 
    ० यसपटक उम्मेदवार चयनप्रति असन्तुष्टि भएर यस्तो भएको हो कि ?
    – उम्मेदवार चयनमा कुनै असन्तुष्टि भएको होइन । यसपटक एकदमै राम्रा उम्मेदवार हुन् । हिजो ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिँदा पनि ललितपुरका एकथरी कांग्रेसीहरूले असन्तुष्टि जनाएकै हुन् । व्यापक अन्तर्घात गरेका हुन् । चिरिबाबुलाई हराउन हिँडेका पनि हुन्, तर हराउन सकेनन् । त्यसबेला उनीहरूले क्यामरा र सेलरोटीलाई भोट मागे र भोट दिए पनि । उनीहरूले साझा पार्टीलाई भोट मागे । जब मेयरमा चिरिबाबुले जिते, उनीहरूले बैठक गरेर निर्णाय गरे, हामीले गल्ती ग¥यांै । साझा पार्टीलाई भोट नमागेर एमालेलाई भोट मागेको भए चिरिबाबुले हार्ने थिए, एमालेले जित्ने थियो भनेर निष्कर्ष निकाले । त्यस्तो निष्कर्ष  निकाल्नेहरू पनि कांग्रेसीहरू नै हुन् ।  
    ० यसपटक कांग्रेस हारेकोमा पार्टीभित्रकै केही मान्छे खुसी भएका छन् ?
    – हो, कांग्रेस हारेकोमा कांग्रेसभित्रकै केही मान्छे खुसी भएका छन् । हामीले हराएका हौं भनेर अहिले उनीहरू खुसी भएर हिँडेका छन् । 
    ० उनीहरूलाई कारबाही गर्ने हो भने अर्को चुनावमा फेरि ललितपुरको  तीनवटै क्षेत्र कांग्रेसले जित्ला त ?
    – उनीहरूलाई कारबाही गर्नेवित्तिकै पार्टी पहिलेको भन्दा राम्रो स्थितिमा  आउँछ । अन्तर्घातीहरूलाई कारबाही गर्ने हो भने हामीले ललितपुरको तीनवटै क्षेत्र जित्छौ । अन्तर्घातीहरूलाई कारबाही गर्नेवित्तिकै उनीहरूको ठाउँमा राम्रा राम्रा मान्छे पार्टीभित्र आउँछन । यसको कल्पना पनि तपाई गर्न सक्नु हुन्न । 
    उनीहरूको स्वभाव कस्तो छ भने आफू पनि नगर्ने, अरुलाई पनि गर्न नदिने । उनीहरूको स्वभाव बाँदर जस्तो छ । ललितपुरमा २०४८ सालदेखि नै अन्तर्घात भइरहेको छ । २०४८ सालमा मार्शलजुलुम शाक्य चुनाव लड्न आएको बेला ओमकार श्रेष्ठ मार्शलजुलुमको प्रचार कार्यालयमा ताला लगाउन गएका थिए । २०५६ सालको चुनावमा उनले मलाई नै कमला मास्केलाई किन चुनाव जिताउने ? उनलाई हराउनुपर्छ भनेका थिए । आफूले टिकट नपाउने भएपछि कमजोर मान्छेलाई टिकट दिन लगाउने, त्यो मान्छेले चुनाव जित्न लाग्यो भने त्यसलाई पनि हराउने ओमकारको स्वभाव छ । त्यो प्रवृत्ति २०४८ सालदेखि लगातार चलिरहेको छ । २०७० सालमा मैले निकै ठूलो रणनीति अपनाएँ । नत्र उनीहरूले कहाँ त्यति भोट आउन दिन्थे ? त्यसभन्दा अघि कांग्रेसको भोट यो क्षेत्रमा बाह्र तेह्र हजार मात्र त हो नि ।
    यसपटक एमाले र माओवादी मिले । त्यसैले यो पटक जित्न सजिलो थिएन  । यसपटक उनीहरूलाई हामीले चुनाव जित्यौं भने हामी त खतमै हुन्छौ भन्ने लाग्यो । कांग्रेसले जितेर कांग्रेस खत्तम हुन्छ ? त्यसैले उनीहरू कांग्रेस नै होइनन् । उनीहरूले चुनावको दुई दिनअघि ललितपुरको कुपोण्डलमा सडकभरि व्यापक रूपमा पर्चा बाँडे । जावलाखेल, पुल्चोक, पाटनढोका सबै ठाउँमा मेरो विरोधमा पर्चा छर्ने काम गरे । भक्तपुरमा पर्चा छापे । कुन ठाउँमा पर्चा छापे भन्ने त्यो मलाई थाहा छ । छाप्नेको नाम पनि मलाई थाहा छ । त्यहाँ उसले रसिद काटेको छ । समयबद्ध भन्ने माओवादी निकट पत्रिकामा मंसिर १२ गते उनीहरूले मेरोविरुद्धमा अनर्गल प्रचार गरे । 
    ० कांग्रेस केन्द्रीय नेतृत्वलाई यसबारेमा जानकारी गराउनु भएको छ ?
    – पार्टी नेतृत्वलाई यसबारेमा जानकारी गराइसकेको छु । 
    ० उनीहरूको भनाइ के छ त ?
    – त्यो त उनीहरूको कुरा हो । मैले किन सोध्ने ? मेरो काम कारबाहीको सिफारिस गर्ने हो । सिफारिस गरिसकेको छु । हिजो (बिहीबार) मैले कारबाहीको सिफारिस गरेर केन्द्रमा पठाइसकेको छु । 
    ० कतिजनालाई कारबाहीको सिफारिस गर्नुभएको छ ? 
    – पाँच–सातजनालाई कारबाहीको सिफारिस गरेको छु ।
    ० थोरै भएन र ?
    – मुख्य मुख्यलाई कारबाहीको सिफारिस गरेको छु । तल्लो तहका कार्यकर्तालाई किन कारबाही गर्ने ? मुख्य मुख्यलाई कारबाही गर्नुप¥यो नि । माउलाई कारबाही गरे सिद्धिहाल्यो नि । अरुलाई किन कारबाही गर्नुप¥यो ? 
    ० देशभर यसपटक कांग्रेस पराजित भयो । कांग्रेस हार्नुमा तपाईले के कारण देख्नु हुन्छ ?
    – देशभर चुनाव हार्नुमा कांग्रेसको केन्द्रीय नेताहरूको रणनीति राम्रो भएन । साँच्चै भन्ने हो भने कम्युनिस्टहरूको भोट जोड्दा हाम्रो भोट कम नै हो नि । समानुपातिकमा हाम्रो भोट एमालेको हाराहारीमा छ । हाम्रो ३३÷३४ प्रतिशत भोट हो । त्यो भोट हामीले ल्याएकै छौ । बरु अहिले केही भोट बढेको छ । त्यो हिसाबले हामीले हा¥यौ भन्न मिल्दैन । वाम गठबन्धन टाइट भएपछि सिट संख्या कम हुने नै हो ।  
    ० चुनावमा हारेकै कारण कांग्रेसभित्रकै केही नेताहरूले विशेष महाधिवेशन गर्नुपर्छ, पार्टीको नेतृत्व फेर्नुपर्छ भनिरहेका छन्, के त्यो सम्भावना छ ?
    – त्यस्तो भन्नुमा कुनै तुक छैन । विशेष महाधिवेशन बोलाउनुपर्ने आवश्यक छैन । 
    ० नेतृत्व फेर्ने कि नफेर्ने ?
    – नेतृत्व किन फेर्ने ? अहिले आवश्यक छैन । आफूले अन्तर्घात गर्ने, अनि नेतृत्व फेर्ने कुरा गर्ने ? उम्मेदवार चयनमा केही नेताहरूले बदमासी गरे । 
    ० यसपटक ललितपुरमा तपाईले टिकट दिनुभएको होइन र ?
    – मैले होइन, केन्द्रले टिकट दिएको हो । क्षेत्रबाट जस्तो सिफारिस आयो, त्यस्तै सिफारिस मैले केन्द्रमा पठाएको हुँ । यसमा मैलै एउटा नाम पनि तलमाथि गरेको छैन । तिमी ललितपुरको पार्टी सभापति हौ, तिमीले उम्मेदवार छान । हा¥यौ भने तिमी दोषी हुन्छौ भनेर मलाई उम्मेदवार छान्ने अधिकार दिएको भए हारेको जिम्मेवारी मैले लिन्थे । निर्णय गर्दा माथिबाट गर्ने, क्षेत्रबाट सिफारिस गर्ने, अनि हार्दा मलाई मात्र भन्ने ? यो त मिलेन । यो काइते कुरा हो । नेपाली कांग्रेसका केही मान्छेले काइते कुरा गर्न जानेका छन् । मालपोतका लेखनदास हुनेहरू अहिले कांग्रेसका नेता भएका छन् । काइते काम गर्नेहरू अहिले कांग्रेसका नेता भएका छन् । राजनीति गर्नेहरू स्पष्ट हुनुपर्छ । जनताले देख्नेगरी, जनताले बुझ्ने गरी प्रस्ट राजनीति गर्नुपर्छ । यो पञ्चायतको कोठे राजनीति होइन । कांग्रेसमा केही मान्छे यस्ता छन्, जो जिन्दगीमा कहिल्यै नेता बन्नै सक्दैनन् । ललितपुरमा पनि यस्ता धेरै मान्छे छन् । उनीहरू म नेता हँु भनेर हिँडेका छन्, यसबाट पार्टी कमजोर हुन्छ । 
    ० कांग्रेसमा के परिवर्तन गर्नुपर्छ ? 
    – कांग्रेसको नीति परिवर्तन गर्नुपर्छ । कांग्रेसलाई कडा र अनुशासित पार्टी  बनाउनुपर्छ । कांग्रेसमा संस्कारको विकास गर्नुपर्छ । कांग्रेस झन्झन् संस्कारविहीन, अनुशासनहीन बन्दै गएको छ । यसको ज्वलन्त उदाहरण ललितपुरमै छ । माओवादीले मेरो विरोध गर्न सकेका थिएनन्, तर कांग्रेसीहरूले मेरो विरोध गरे । 
    ० कांग्रेस चुनावमा हार्नुमा सबै दोष सभापति शेरबहादुर देउवालाई दिन खोजिएको छ नि ?
    – शेरबहादुर देउवाले मात्रै टिकट दिएका होइनन् । टिकट दिने पार्टीको एउटा बोर्ड छ । सत्र अठारजना नेता त्यहाँ छन् । त्यो बोर्डले निर्णय गरेको छ । ती नेताहरूले जिम्मेवारी नलिने ? अनि शेरबहादुर देउवालाई मात्र दोष देखाउने ? 
    ० महासमिति बैठक बोलाउने कुरा पनि आएको छ नि ?
    – किन महासमिति बैठक बोलाउने ? पार्टीको भोट कम भएको भए, पार्टी तहसनहस भएको भए महासमिति बोलाउने कुरा आउँथ्यो ? महासमिति बैठक बोलाउन आवश्यक छैन । हामी हारेका छैनौं । हामीले पाएको भोट बढी छ । वाम गठबन्धन भएपछि स्वाभाविक रूपमा हाम्रो सिट कम हुन्छ । 

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…