Page header hundai

  • काठमाडौं । यतिबेला फिल्मीजगतमा दुई नायिकाको चर्चा छ । जसमा साम्राज्ञीराज्यलक्ष्मी शाह र अदिती बुढाथोकी छन् । साम्राज्ञी अभिनित दुवै चलचित्र हिट भएका छन् भने अदिती नवोदित नायिका हुन् । तर, चर्चामा अदितीले सबैलाई पछाडि पारेकी छन् । उनी ‘कृ’ चलचित्रमार्फत डेब्यु गर्न लागेकी हुन् । पहिलो चलचित्र नै अनमोल केसीसँग खेल्न लागेकाले उनको चर्चा धेरै चुलिएको हो । साम्राज्ञीले पनि अनमोलसँगको चलचित्रबाट डेब्यु गरेकी हुन् । साम्राज्ञी र अनमोल अभिनित ‘ड्रिम्स’ हिट भएको थियो । त्यसयता उनी सधैं चर्चामा छिन् ।

    अदितीको चर्चा बलिउडमा
    नेपाली चलचित्र खेल्दै गरेकी अदिती भारतको मुम्बईमा बस्छिन् । उनी हिन्दी फिल्म पाउन संघर्षरत छिन् । उनले केही समयअघि एउटा पञ्जाबी गीतमा मोडलिङ गरेकी थिइन् । म्युजिक भिडियोमा उनको सुन्दरताको धेरैले तारिफ गरेका छन् । चर्चित हिन्दी  अनलाइन एबीपी न्युजले ‘अदितीलाई नेपाली सनी लिओनी’ नै भनेर फोटो फिचर छापेको थियो । त्यसपछि अदितीको चर्चा ह्वात्तै बढेको छ । अदिती अहिले नेपालमै छिन् । चलचित्र ‘कृ’ को सुटिङका लागि उनी नेपाल आएकी हुन् । झापा घर भएकी अदिती परिवारसँगै मुम्बईमा बस्दै आएकी छन् । सामाजिक सञ्जालमा धेरैभन्दा धेरै तस्बिर पोस्ट गर्नेमा अदिती धेरै अगाडि छन् । उनका फेसबुक र ट्विटरमा लाखौं फ्लोअर्स छन् । ‘कृ’ प्रदर्शनपछि अदितीको अभिनय क्षमता कस्तो रहेछ भन्ने बुझ्न सकिन्छ ।

    महँगी नायिका साम्राज्ञी
    लगातार दुई हिट चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ दिएकी नायिका साम्राज्ञी नेपालको महँगी नायिका बनेकी छन् । अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’ मा साम्राज्ञीले १० लाख रुपैयाँ पारिश्रमिक लिएको खबर बाहिरिएको छ । बुझिएअुनसार साम्राज्ञीले सुरुमा कायराका लागि आठ लाख मागेकी थिइन् । तर पछि चलचित्रमा आवश्यक पर्ने पहिरनका लागि भन्दै उनले दुई लाख बढी लिएको बताइएको छ । औपचारिक घोषणा नभइसकेको चलचित्र कायराको छायांकन फिलिपिन्समा हुनेछ । लक्ष्मण रिजालले निर्देशन गर्ने चलचित्रको केही दिनभित्र अफिसियल घोषणा गरिने निर्माण पक्षले बताएको छ ।
    उनले अभिनय गरेको तेस्रो चलचित्र ‘तिमीसँग’ चैतमा आउने भएको छ । सो चलचित्र भदौमै रिलिज गर्ने तयारी थियो । तर, भदौमा ‘ए मेरो हजुर २’ रिलिज हुने भएपछि ‘तिमीसँग’ चैतमा पु¥याइएको हो । सो चलचित्रमा आकाश श्रेष्ठसँग साम्राज्ञीको केमेस्ट्री हेर्न पाइनेछ ।

    समुद्री तटमा ‘टु पिस’ को तस्बिर भाइरल
    पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ को सफलतापछि नायिका झरना थापा दंग परेकी छन् । नेपालमा राम्रो सफलता पाएपछि अहिले उनी अस्ट्रेलियामा चलचित्र सो देखाइरहेकी छन् । अस्ट्रेलिया टुरमा ‘ए मेरो हजुर २’ लाई दर्शकले निकै रुचाएको उनको भनाइ छ । चलचित्रको सो देखाउन हलमा जाने बेला झरना थापा, साम्राज्ञी शाहको न्यानो आतिथ्य गरिएको थियो । ‘नेपाल र नेपालभन्दा बाहिर थुप्रै देशमा हाम्रो चलचित्र ‘ए मेरो हजुर २’ लाई अत्यधिक मन पराइदिनुभएको छ, नेपाली चलचित्रको अर्को ठूलो बजार भएको अस्ट्रेलियामा हाम्रो चलचित्र हेर्न आइदिनुहुने सम्पूर्ण दर्शकप्रति आभारी छौं,’ अस्टे«लियामा रहेकी झरनाले फेसबुकमा लेखेकी छन् । प्रेमकथात्मक ‘ए मेरो हजुर २’ मा साम्राज्ञी र सलिनमान बानियाँको मुख्य अभिनय रहेको छ । झरना थापाले छिट्टै नयाँ चलचित्र निर्देशन गर्ने बताएकी छन् ।
    अस्ट्रेलियामा घुमघाममा व्यस्त रहेका बेला झरना र साम्राज्ञीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर भाइरल बनेका छन् । अस्ट्रेलियाको समुद्री तटमा ‘टु पिस’ लगाए  खिचिएको फोटोमा  दुवै निकै हट देखिएकी छन् । नेपालमा रहँदा सकेसम्म लामो पहिरन लगाउने नेपाली नायिका विदेशका समुद्री तटमा पुगेपछि निकै खुल्ने गरेका छन् । आफूले अभिनय गरेका चलचित्रमा स्विमिङ कस्टुम लगाउन नमान्ने नायिकाहरूले टु पिस लगाएर समुद्री तटमा रमाएर तस्बिर खिचाउन चाहन्छन् भन्ने कुराको पुष्टि साम्राज्ञीले पनि गरेकी छन् ।

    अर्चना पनेरु फेरि चर्चामा
    पोर्नस्टार बन्छु भन्दै भारत बस्न छाडेर नेपाल छिरेकी अर्चना पनेरु पुनः चर्चामा आएकी छन् । सुरुमै नग्न तस्बिरका कारण उनी मिडिया अनि सामाजिक सञ्जालमा सर्वाधिक खोजिने र पढिने मोडलमा परिन् । चर्चामा आएको एक वर्षभित्रै उनले दुई नेपाली चलचित्र र आधा दर्जन जति म्युजिक भिडियो खेलिन् । पूर्व पोर्न स्टार सन्नी लियोनीको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ । चर्चित बलिउड अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनीको उपमा दिएको छ । अर्चनाले एउटा चलचित्र खेल्दा साढे चार करोड लिने गरेको समेत बलिउड भास्करले लेखेको छ, जबकि अर्चनालाई साढे दुई लाख रुपैयाँ राजु गिरीले ‘जिस्म’ चलचित्रमा खेलाएका थिए । ‘जिस्म’ पछि अर्चनाले ‘छेस्को’ चलचित्रमा अभिनय गरेकी थिइन् । दुवै चलचित्रले सिनेमा हलमा पानी पनि माग्न पाएन ।
    आफूले अभिनय गरेका कुनै पनि चलचित्र नचलेपछि अर्चना एकाएक गुमनाम भइन् । कला क्षेत्रमा आएदेखि नै उनको आलोचना सुरु हुन लागेको थियो । अझ आमा सुनिता पनेरुको क्रियाकलाप र अभिव्यक्तिका कारण अर्चनाले सिने क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था आयो । अहिले अर्चना कहाँ के गर्दैछिन् भन्ने देखिन र सुनिन समेत छाडेको छ । 

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…