Page header hundai

  • काठमाडौं । आगामी पाँच वर्षका लागि मुलुकका प्रभावशाली नेताहरूको भाग्यको फैसला हुने दिन नजिकिँदै गएको छ । २०४८ सालदेखि मुलुकको सत्ता राजनीतिमा प्रभावशाली पकड राख्दै आएका प्रायः सबैजसो नेताहरू चुनावी मैदानमा छन् । चुनावी मैदानमा एमाले र माओवादीको तुलनामा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू धेरै छन् । कम्युनिस्ट तालमेल भएका कारण एमाले र माओवादीका धेरैजसो नेताहरू चुनावी रिङबाट बाहिरिन बाध्य भएका हुन् । 
    चुनावी रिङबाट नेपाली कांग्रेसका १३ जना मात्रै केन्द्रीय नेताहरू बाहिरिएका छन् । ७५ सदस्य रहेको नपाली कांग्रेसको केन्द्रीय समितिमा  प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न नपाउने १३ मध्ये  कुलबहादुर गुरुङ, कल्याण गुरुङ, धनराज गुरुङ, खुमबहादुर खड्का, नरहरि आचार्य, कमला पन्त, बद्रीप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, केशवकुमार बुढाथोकीलगायत छन् । जसमध्ये खड्का अदालतद्वारा भ्रष्टाचार प्रमाणित भएका कारण उम्मदेवार बन्न कानुनी रूपमै अयोग्य सवित भएका हुन् । 
    कांग्रेसले केन्द्रीयस्तरका १२ नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, किशोरसिंह राठौर, दिलेन्द्रप्रसाद बडू, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मीन विश्वकर्मा, पर्वता डिसी चौधरी, बहादुरसिंह तामाङलगायतका नेतालाई समानुपातिकमा राखेको छ ।
    एमालेको केन्द्रीय समिति २०१ जनाको छ, जसमध्ये ८८ जना चुनावबाट रिङआउट भएका छन् । रिङआउट हुनेमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्य अग्नि खरेल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, प्रदीप नेपाल, बेदुराम भुसाल, महेन्द्र पाण्डे, रघुजी पन्त, श्रीमाया थकाली, विष्णु रिमाललगायत छन् 
    माओवादी केन्द्रको केन्द्रीय समिति हजारौंजनाको भएकाले कुनै लेखाजोखा छैन । ९५ सदस्यीय सचिवालयलाई नै लेखाजोखा गर्न थालिएको छ । ९५ सचिवालय सदस्यमध्ये २९ जना चुनावबाट रिङआउट भएका छन् । यसरी रिङआउट हुनेमा रामबहादुर थापा, अमिक शेरचन, गोपाल किराँती, नारायण शर्मा पौडेल, लीलामणि पोखरेल, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, शशी श्रेष्ठलगायत छन् ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…