Page header hundai
  • डा.शेखर कोइराला, प्रतिनिधि सभा उम्मेदवार, मोरङ २, नेपाली कांग्रेस


    ० निर्वाचनको तयारी कस्तो छ ?
    – तयारी निकै राम्रो भएको छ । जित सुनिश्चित भएको छ । प्रचार प्रसार एकदमै राम्रो भएको छ ।

    ० चुनावी एजेन्डा के के उठाउनु भएको छ ?
    – संविधान संशोधका विषय छन् । हामीले दोस्रो संशोधन गर्न सकेनौं । एमालेको असहयोगका कारण दोस्रो संशोधन गर्न नसकेका हौं । हामीले विराटनगरलाई प्रदेश राजधानी बनाउने भनेका छौं । बाढीले ध्वस्त बनाएका मोरङका खोलामा तटबन्धनका लागि हामीले कोसिस गरेका छौं । हामीले विराटनगरका सबै ठाउँमा पाँच वर्षभित्र पिच रोड बनाउँछौ भनेका छांै । धूलोरहित विराटनगर बनाउँछौ भनेर प्रतिबद्धता गरेका छौं । यी हामीले उठाएका एजेन्डा हुन् । तर मेरो मुख्य चिन्ता अर्कोतिर छ । अहिले जसरी वाम गठबन्धन भनिएको छ, यो वाम गठबन्धन होइन, कम्युनिस्ट गठबन्धन हो । एमाले र माओवादीको गठबन्धन बहुलदवाद, बहुलविचार, बहुदलीय व्यवस्था र संसदीय व्यवस्थालाई नै खतराको घन्टी बनाउन हो कि भन्ने मलाई चिन्ता लागेको हो ।

    ० यो गठबन्धनले तपाईलाई अप्ठ्यारो पारेको छ कि छैन ?
    – यो गठबन्धनले मलाई पटक्कै अप्ठ्यारो पारेको छैन । हामी आफ्नै ढंगले लागेका छौं । यहाँका अधिकांश मतदाता लोकतान्त्रिक उम्मेदवारलाई जिताउनुपर्छ भनेर लाग्नु भएको छ । 

    ० तपाई जित्ने कत्तिको सम्भावना छ ?
    – निर्वाचन जितिनेमा म एकदमै ढुक्क छु, त्यहीअनुसार खटिरहेको छु । मिहनेत गरेको छु । ढुक्क भनेर म घर बसिरहेको छैन, बिहानदेखि रातिसम्म मतदाताकहाँ पुगिरहेको छ । काम गरिरहेको छु । 

    ० तपाईको प्रतिस्पर्धी को छ ?
    – मोरङ ६ मा मेरो प्रतिस्पर्धी म देख्दै देख्दिनँ ।

    ० दोस्रो दल को हुन्छ त ?
    – दोस्रोमा कम्युनिस्ट गठबन्धन हुन सक्छ ।

    ० मोरङ कांग्रेसको गढ नै हो, विराटनगरका मतदाताको चाहना कस्तो पाउनुभयो ?
    – हेर्नुहोस्, विराटनगर जहाँ म चुनाव लडिरहेको छु, यो गिरिजाबाबुको क्षेत्र हो । उहाँको कर्मभूमि हो । बीपी कोइरालाको कर्मभूमि पनि हो । विराटनगरवासीले कांग्रेसलाई सधैं समर्थन गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनमा हामीले पाएको मत जोड्दा हामी धेरै अगाडि छौं । अहिले म त्यो मत जोड्ने पक्षमा छैन । तर हामी धेरै अगाडि हुन्छौं ।

    ० तपाई कांग्रेस केन्द्रीय सदस्य पनि हुनुहुन्छ । पार्टीका केन्द्रीय र शीर्ष नेताहरू अहिले आफ्नो क्षेत्रमा मात्र केन्द्रित भए अरुतिर गएनन् भन्ने कुरा आएको छ । तपाई त आफ्नै क्षेत्रमा केन्द्रित हुनु भयो नि ?
    – मलाई जहाँ जहाँबाट बोलाएका छन्, त्यहाँ गएको छु । त्यसै जानु भएन । जानका लागि बोलाउनुप¥यो नि । ज्वरो आएको कारण एक दुई दिन बोलाएको ठाउँमा जान सकिनँ । अरु दिन बोलाएको ठाउँमा गएको छु । पाँचथरमा बोलाएका थिएँ, ज्वरो आएका कारण जान सकिनँ । अरु ठाउँमा गएको छु । कतिपय ठाउँमा टाढाटाढा भएकाले पनि जान सकेको छैन । गाडीबाट जान खोज्यो, टाढा हुन्छ । जान धेरै समय लाग्छ । हेलिकप्टर प्रयोग नगर्ने भनिएको छ । तर पनि म गइरहेको छु । 

    ० मोरङमा अन्तर्घात हुने स्थिति कत्तिको छ ? 
    – कांग्रेस मासबेस पार्टी हो । अलिअलि यताउता घच्चरपच्चर त हुन्छ नै । कांग्रेस क्याडरबेस पार्टी होइन । तर पनि त्यसलाई हामीले त्यति धेरै गम्भीर रूपमा लिनु हँुदैन ।

    ० टिकट पाइएन भन्ने स्थानीय नेतामा असन्तुष्टि छैन होला नि ?
    – टिकट पाउने एउटै मान्छे हुन्छन् । एउटै क्षेत्रमा दुईवटा मान्छेले टिकट पाउँदैनन् । टिकटका कारण केही सानातिना असन्तुष्टि भएका छन् होला, तर त्यति ठूलो प्रकारको असन्तुष्टि मोरङमा छैन । पार्टीलाई जिताउन यहाँका कांग्रेस सबै एकजुट भएका छन् ।

    ० मोरङका प्रभावशाली पूर्वकांग्रेस नेता उमेश गिरी एमाले प्रवेश गरे नि ?
    – उमेश गिरीलाई नेपाली कांग्रेसले कारबाही गरेर पार्टीबाट निकालेको धेरै वर्ष भइसक्यो । एमालेले प्रचार गर्दै जाने, पत्रकारहरूले पनि त्यही कुरा लेख्दै जाने गर्नुभएन । यथार्थ बुझ्नुप¥यो । उमेश जुन बेलामा शैलजा आचार्यको विरोधमा चुनाव लडे, त्यतिखेर नै नेपाली कांग्रेसले उनलाई निकालेको हो । उनी एमाले प्रवेश गर्ने बेला कांग्रेसमा थिएनन् ।

    ० मोरङमा कतिवटा निर्वाचन क्षेत्रमा कांग्रेसले चुनाव जित्छ ?
    – तपाईहरू आश्चर्यचकित हुनुहोला, मोरङमा कांग्रेसले ६ को ६ वटै सिट ल्याउँछ । यसमा कुनै शंका छैन ।

    ० कांग्रेसले देशभर कति सिट ल्याउला ?
    – यो कुरा मैले अहिले नै भन्न सक्दिन । २१ गतेपछि मात्र भन्छु । अहिले मैले साथीहरूसँग यसबारेमा त्यतिधेरै सोधखोज गरेको छैन । यसबारेमा उम्मेदवारभन्दा पनि मतदाताँग बुझ्नुप¥यो नि । अहिले मैले अरु क्षेत्रका मतदातासँग बुझ्न भ्याएको छैन । म अहिले आफ्नो चुनावमा मात्रै केन्द्रित भएको छु ।

    ० स्थानीय निर्वाचनको भन्दा प्रदेश र प्रतिनिधिसभामा कांग्रेसको पक्षमा कस्तो माहोल देख्नु भयो ?
    – तपाईहरू कसरी हेर्दै हुनुहुन्छ भने, स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, एमाले र माओवादी आपसमा लडे । अहिले एमाले र माओवादी केन्द्रको गठबन्धन भयो । एमाले र माओवादीले ल्याएको भोट जोड्नु हुन्छ । त्यही भोट जोडेर विश्लेषण गर्नुहुन्छ । त्यस्तो अहिले हुँदैन । यो स्थानीय निर्वाचन होइन । यो त प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हो । स्थानीय निर्वाचनअनुसार भोट जाँदैन । अहिले दुई तीनवटा मुद्दा छन् । म चुनाव लडेको क्षेत्र विराटनगरको मुद्दा छ । मधेसको मुद्दा छ । मधेसका मुद्दामा मधेसका साथीहरू, मधेसी समुदायले एमालेलाई कसरी भोट दिन्छ ? त्यो कुरा मैले बुझेको छैन । 

    ० तपाईले संविधान संशोधनको एजेन्डाको कुरा उठाउनुभयो । नेपाली कांग्रेस विजय भयो भने संविधान संशोधन हुन्छ ?
    – संविधान संशोधनको एजेन्डा नेपाली कांग्रेसले उठाएकै हो नि । नेपाली कांग्रेसले संविधान संशोधन गर्न खोजेकै हो, तर एमालेले गर्न नमानेर संशोधन हुन नसकेको हो । संविधान संशोधन गर्न दुई तिहाइ चाहियो, हामीसँग दुई तिहाइ पुगेन, तर हामी फेरि संशोधन गरेर अघि बढ्ने कोसिस गर्छौं । हिजो संशोधन गर्दा हामीसँग माओवादी पनि थियो, तर अहिले माओवादी हामीसँग छैन ।

    ० नागरिकताको कुरा पनि छ नि ?
    – नागरिकताको मुद्दा निकै गम्भीर मुद्दा हो । २०६३÷६४ सालमा हामीले जन्मसिद्धको आधारमा नागरिकता दियौं । तिनीहरूका छोराछोरी त्यतिबेला नाबालक थिए । अहिले उमेर पुगिसकेका छन्, तर अहिले उनीहरू यो देशका नागरिका होइनन् । तपाई विश्वमा एउटा यस्तो देश बताइदिनुहोस्, जहाँ आमाबाबु नागरिक हुने, तर छोराछोरी नागरिक नहुने कहीँ हुन्छ ? यो गम्भीर मुद्दा हो । यो मुद्दाको समस्या सामधान जबसम्म गर्दैनांै, त्यसबेलासम्म, नागरिकताको मुद्दा जहाँको तहीँ हुन्छ । 
    यो अत्यन्त संवेदनशील मुद्दा हो । जन्मसिद्ध नागरिकका छोराछोरीले अहिले १२ कक्षा पास गरेका छन्, तर मेडिकल पढ्न पाउँदैनन् । इन्जिनियर पढ्न पाउँदैनन् । किनभने उनीहरूसँग नागरिकता छैन । यस्तो पनि देश हुन्छ ? कुरा हामीले उठाउन खोज्यौं, तर एमालेले मानेन । निर्वाचनपछि यो कुरालाई हामी उठाउँछौ । यसबारेमा मैले बोलिरहेको छु । काठमाडौंमा पनि मैले यो कुरा बोलेको हुँ । जन्मसिद्ध नागरिकता दिने, उसको आमाबाबु नागरिक हुने, छोराछोरी अनागरिक हुने ? अनि एमालेले राष्ट्रियताको कुरा गर्ने ? एमालेले मधेस र पहाडको बीचमा द्वन्द्व निम्त्याउन खोजेको छ ।

    ० अहिले फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा एकीकृत भएको छ, यसले तपाईलाई मोरङमा चुनाव जित्न केही सहज भएको होला नि ? 
    – पक्कै सहज भएको छ । अहिले हामी सँगै छौ । अस्ति हाम्रो क्षेत्रमा एउटा बैठक पनि भयो । आज (शुक्रबार) महेश आचार्यको क्षेत्रमा पनि बैठक भएको छ । मोरङका सबै क्षेत्रमा हामीले बैठक गरिरहेका छौं । यसबाट हाम्रो पक्षमा माहोल झनै बढेको छ ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…