Page header hundai
  • परशु घिमिरे


    खड्गप्रसाद ओली नाम गरेका पात्र नभइदिएको भए आसन्न आमनिर्वाचनको माहोल कति निरश हुँदो हो ? भन्ने चर्चा सडकका गल्ली गल्ली र चिया पसलमा हुने गरेको पाइन्छ । हुन त एमालेका वर्तमान अध्यक्ष ओली नेपाली राजनीतिका नयाँ पात्र भने होइनन् । तर उनले चुनावी राजनीतिमा जनतालाई मनोरञ्जन दिन थालेको २०६४ सालको संविधानसभा निर्वाचनपछि मात्र हो । त्यतिबेला माओवादीले चुनावी तालमेलको प्रस्ताव राख्दा सार्वजनिक जवाफ दिँदै ओलीले भनेका थिए–‘१७ हजार जनताको ज्यान लिने, निर्दोष मान्छेलाई जिउँदै जलाउने, कम्युनिस्टको नाम बद्नाम गराउने आपराधिक जत्थासँग तालमेल गरेर अपवित्र हुन नेकपा एमाले चाहँदैन, कराईभरिको दूधमा एक चिम्टी गोवर राखिदियो भने  जे हुन्छ, एमालेले माओवादीसँग तालमेल ग¥यो भने त्यही हुन्छ ।’ माओवादीले एक सिट पनि चुनाव नजित्ने ठोकुवाका साथ ओलीको भनाइ थियो– ‘यदि माओवादीका कुनै नेता सांसद बन्न चाहनुहुन्छ भने हामीलाई भन्नोस् केही क्षेत्रमा जिताइदिन तयार छौं ।’ चुनावी परिणाम आउँदा २४० सिटमा माओवादीले १२० सिट जित्यो, एमालेले जम्मा ३१ सिट जित्यो । माओवादीका अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, देव गुरुङलगायतले सानदार मतको अन्तरमा दुई–दुई क्षेत्रबाट चुनाव जिते, तर ओलीले ठूलो मतअन्तरले चुनाव हारे । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले समेत दुवै निर्वाचन क्षेत्रबाट ठूलो मतअन्तरले चुनाव हारे ।
    चुनावी परिणामपछि ओलीले भन्न थाले– ‘उम्लेको बेलाको दूध कराईभरि देखिन्छ, जब उम्लन छाड्छ अनि मात्रै साइज निर्धारण हुन्छ ।’ ओलीको यो कटाक्ष भने २०७० सालको संविधानसभा निर्वाचनमा पूरा भयो । त्यसपछि एमाओवादीतर्फ लक्षित  गर्दै उनले भन्न थाले– ‘कानमा कन्सुत्लो पसेछ, त्यसले दुखायो, त्यसलाई मार्न कानमा औषधि हालिदिएको चिथोरेर, टोकेर त्यसले उद्दण्ड मच्चायो, उपद्रो नै ग‍¥यो, बिजोगकै बनायो, अलि पछि त त्यो सिद्धियो ।’ तर यिनीहरूले कम्युनिस्टको बेइज्जतै गरिसके, नाम कम्युनिस्ट छ, कुरा गर्छन् डेमोक्रेसीका, डेमोक्रेसी पनि कस्तो भन्दा दुई तिहाइभन्दा जति धेरै भए पनि संविधान बनाउन पाइँदैन । दुई–चारजनाको सहमतिले संविधान बनउने हो भने किन ६ सय १ को संविधानसभाको निर्वाचन फेरि किन गर्न‘पथ्र्याे ? ओलीको भनाइ थियो ।
    ओलीको यो कटाक्षको जवाफ माओवादीले पनि रोचक शैलीमै दियो । उसले मधेसी दलसँगको बैठकमा लिखित निर्णय नै ग¥यो– ‘स्वास्थ्य स्थिति बिग्रेको यस्तो मान्छे भएको बैठकमा सहभागी हुँदा निर्णमा पुग्न सकिन्न, पहिलो राँची लगेर ओलीको स्वास्थ्य ठीक बनाउँ अनि मात्रै सर्वदलीय बैठक बसौं ।’

    २०६४ मा माओवादीले चुनावी तालमेलको प्रस्ताव राख्दा सार्वजनिक जवाफ दिँदै ओलीले भनेका थिए– ‘१७ हजार जनताको ज्यान लिने, निर्दोष मान्छेलाई जिउँदै जलाउने, कम्युनिस्टको नाम बद्नाम गराउने आपराधिक जत्थासँग तालमेल गरेर अपवित्र हुन नेकपा एमाले चाहँदैन, कराईभरिको दूधमा एक चिम्टी गोबर राखिदियो भने जे हुन्छ, एमालेले माओवादीसँग तालमेल ग-यो भने त्यही हुन्छ ।’


    00000000000000

    यिनीहरूले कम्युनिस्टको बेइज्जतै गरिसके, नाम कम्युनिस्ट छ, कुरा गर्छन् डेमोक्रेसीका । डेमोक्रेसी पनि कस्तो भन्दा दुई तिहाइभन्दा जति धेरै भए पनि संविधान बनाउन पाइँदैन । दुई–चारजनाको सहमतिले संविधान बनउने हो भने ६ सय १ को संविधानसभाको निर्वाचन फेरि किन गर्नुपथ्र्याे ?

    आसन्न आमनिर्वाचनमा ओलीले विगतमा भन्दा पनि झन् धेरै मनोरञ्जन दिइरहेका छन् । टिकट नै नकाटी हास्यव्यंग्य हेर्न पाइने भएकाले ओली उपस्थिति हुने कार्यक्रममा निकै ठूलो भीड लाग्ने गरेको छ । जति ठूलो भीड देख्यो मनोरञ्जन कर्ता त्यति नै उत्साहित हुनु स्वाभाविकै हो । अत्यन्त उत्साहित हुँदै ओलीले भन्न थालेका छन्– ‘एमाले एक्लैले बहुमत ल्याउँछ, माओवादीको समेत थप्दा दुई तिहाइ बहुमत हुन्छ ।’ २०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हेलिकप्टर चढेर भाषण गर्न निस्कन्थे, त्यो जमानामा हेलिकप्टर र प्रधानमन्त्रीको अनुहार हेर्न ठूलो भीड लाग्थ्यो, कोइराला ठान्थे कि– ‘मेरो पक्षमा ठूलो लहर आएछ, अब दुई तिहाइ बहुमत आउने पक्कापक्की छ, यही मौकामा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पक्षका उम्मेदवारलाई हराएर निर्विरोध संसदीय दलको नेता बन्नेछु ।’ तर चुनावी परिणाम आउँदा बहुमत त परै जाओस्, कांग्रेस दोस्रो नम्बरमा झ¥यो । संसदीय दलको नेता पदमा उम्मेदवार हुने हिम्मतसमेत सभापति कोइरालाले गर्न सकेनन् ।  
    अहंकारले चेतनालाई भ्रमित बनाउँछ भन्ने कुरा मुलुकको राजनीतिमा पटक पटक पुष्टि भएको छ, तर पनि एमाले अध्यक्ष ओलीको अहंकार दिनप्रतिदिन बढेको छ । आफूबाहेक अरुलाई उनले मान्छे देख्न छाडेका छन् । पहिलो चरणको मतदान आउनुभन्दा तीन दिनअघि प्रदेश ७ मा आयोजित एक चुनावी सभामा ओलीले भने– ‘सवेन्द्रनाथ शुक्लाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दालाई टेकेर चुनाव सार्ने प्रपञ्च देउवाले गर्दैछन्, सावधान ।’ यो भनाइपछि भीडले ताली लगाउन सुरु ग¥यो । 
    तालीपछि अझ उत्तेजित हुँदै ओलीले भने– ‘मैले डडेलधुरा आइपुगेपछि देखेँ, देउवाले त यो जिल्लाको विकासका नाममा सिन्को पनि भाँचेका रहेनछन्, तपाईहरूले  देउवालाई हराएर माओवादीका उम्मेदवारलाई चुनाव जिताउनोस्, म डडेलधुराको कायापलट गरिदिन्छु ।’ ओलीको यो भनाइपछि भीडले अझ चर्को ताली लगयो । ओली झन् उत्तेजित बने । उनले भने– ‘बाहिरबाट आएर आरजु देउवा कैलालीमा उम्मेदवार बनेकी छन्, के झोलाभरि पैसा ल्याएर घर किन्दैमा यहाँको स्थानीय होइन्छ ?’ ओलीको यो प्रश्नपछि भीडमा धेरै ठूलो हाँसो छायो । उक्त भीडमा सुझबुझ भएका जनता पनि थिए । 
    उनीहरू आपसमा खासखुस गरे । एकजनाले भने– ‘देउवा जस्तै प्रधानमन्त्री बनेका ओलीले आफ्नो जिल्ला तेह्रथुममा राम्रै विकास गरेका होलान् ।’ अर्काले भने– ‘होइन, ओली त तेह्रथुम छाडेर पहिलेदेखि नै झापाबाट चुनाव लडिरहेका छन्, तेह्रथुममा त उनले सिन्को पनि भाँचेका छैनन् ।’ अनि तेस्रो व्यक्तिले जिज्ञासा राखे– ‘झापामा गएर चुनाव लड्ने तेह्रथुमको मान्छेले डडेलधुराकी आरजुलाई कैलालीबाट चुनाव लड्दा किन यसरी खेदो गरेको हो त ?’ भीडबाटै अर्काले जवाफ दिए– ‘तपाईलाई थाहा छैन र ? यिनले त किड्नीको औषधि सेवन गरेको आठ–नौ वर्ष भइसक्यो रे, यस्तो औषधि सेवन गर्ने व्यक्तिको मानसिक सन्तुलन बिग्रन्छ रे, त्यही भएर उनी बर्बराएका हुन् ।’
    ओलीले जे जे प्रश्न उठाएका थिए, त्यो नेपाली कांग्रेसका सभापति देउवाका लागि अवसर थियो । चुनावी कार्यक्रम भएकाले देउवाले ओलीलाई मज्जाले दनक दिन सक्थे । तर देउवाले राजनीतिक मर्यादा उल्लंघन  नगरी जवाफ दिए । उनले यति मात्रै भने– ‘मतदान गरेर बाहिर निस्केपछि पनि ओलीलाई सोध्नोस्, त्यतिबेला पनि उहाँले भन्नुहुनेछ– ‘देउवा चुनाव सार्न खोज्दैछन् ।’ ‘कैलाली र कञ्चनपुर मेरा बाबुबाजेको पालादेखि बसोबास भएको थातथलो हो, यहाँ आएर मलाई बाहिरको भनेर आरोप लगाउँदा ओलीजीको उचाइ घटेको छ’ भनेर देउवाले भन्न सक्थे । तर नचाहिने आरोपको जवाफ दिएर देउवाले समय खेर फाल्न चाहेनन् । यसैगरी आरजुले पनि ओलीलाई सोध्न सक्थिन्– ‘ए ओलीजी, कैलाली, कञ्चनपुर, बाँके, बर्दियालाई तपाईका जिजुबाजेले अंग्रेजबाट फिर्ता ल्याएकाले नयाँ मुलुक भनिएको हो ?’ ओलीले जवाफ दिनुपर्ने हो वरिष्ठ नेता माधव नेपाल कहाँबाट काठमाडौंमा चुनाव लड्न आएका हुन् ? अनि ईश्वर पोखरेल र राजन भट्टराई नि ? त्यसैले भन्ने गरिन्छ ओलीको बोली र भदौरे वर्षाको कुनै भर हुन्न । ०४८ अघि सुदूरपश्चिमबाट मुलुकको अरु भूभाग आउनुपर्दा भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था थियो । कैलाली र कञ्चनपुरबाट पहाडका कतिपय जिल्लामा आवत जावत गर्दा पनि भारतीय भूमि प्रयोग गर्नुपथ्र्यो । तर अहिले प्रदेश ७ को विकास अन्य प्रदेशको हाराहारीमा अघि बढिरहेको छ । त्यही ठाउँमा गएर ओलीले दिएका यस्ता अभिव्यक्तिले नेपाली कांग्रेसलाई थोरै भए पनि राहत मिलेको छ । 
     

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…