Page header hundai
  • राजेन्द्र केसी, प्रतिनिधिसभा उम्मेदवार, काठमाडौं–१० 


    ० चुनाव प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?
    – चुनावको तयारी एकदमै राम्रोसँग भइरहेको छ । अहिले पनि म घरदैलोमै छु । अहिले (शनिबार) म छैमलेको भण्डारखर्क भन्ने ठाउँमा छु । यहाँका स्थानीय बासिन्दासँग भेट गरिरहेको छु । 

    ० स्थानीयवासीको रेस्पोन्स कस्तो पाउनु भएको छ ?
    – जनताको रेस्पोन्स एकदमै राम्रो छ । यहाँका जनता मंसिर २१ गते पर्खिरहेका छन् । कहिले मंसिर २१ आउला र नेपाली कांग्रेसलाई विजयी गराउँला भनेर आतुर भएका छन् । 

    ० उनीहरूको माग कस्ता कस्ता छन् ?
    – यहाँका जनताको माग त्यति ठूला छैनन् । सडक, पानीको समस्या उनीहरूले उठाउने गरेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरा उनीहरूले गरिरहेका छन्, जुन मैले निरन्तर गरिरहेको छु । त्यही अभियानमा म लागेको छु । यो कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ  । 

    ० तपाईको चुनावी एजेन्डा के के छन् ?
    – समृद्ध मुलुक बनाउने हाम्रो एजेन्डा हो । कांग्रेस नेतृत्वमै मुलुकमा शान्ति ल्यायौ, संविधान बनायौं । अब हामी मुलुकलाई समृद्ध बनाउँछौ । यहाँको बरोजगार युवालाई रोजगार दिने हाम्रो एजेन्डा हो । देशको आर्थिक विकास दु्रत गतिले अघि बढाउने हाम्रो मुद्दा हुन् ।  

    ० काठमाडौं १० मा तपाईका पनि छुट्टै एजेन्डा होलान् नि ? के के प्रतिबद्धता गर्नुभएको छ ?
    – समृद्ध राष्ट्र बनाउने मेरो पनि एजेन्डा हो । मेरो कुनै व्यक्तिगत एजेन्डा छैन । पार्टीको एजेन्डा मेरो एजेन्डा हो । हाम्रो पार्टीले जेष्ठ नागरिकलाई पाँच हजार बृद्धभत्ता दिन्छौं भनेको छ । बेरोजगार युवालाई समुदायमा आधारित काममा लगाएर बेरोजगार भत्ता दिने कुरा गरेको छ । पार्टीले सारेका मुद्दालाई कार्यान्वयन गर्न म अघि बढ्ने छु । 

    ० अघिल्लो पटक तपाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएर निकै चर्चामा आउनुभएको थियो । अहिले फेरि चुनाव जित्ने विश्वास छ ?
    – हो, यसपटक पनि मैले नै चुनाव जित्छु । सतप्रतिशत मैले जित्छु । यसमा कुनै शंका छैन । 

    ० अहिले एमाले र माओवादी मिलेका छन्, वाम गठबन्धनले तपाईलाई फरक पर्छ कि पर्दैन ?
    – उनीहरूको वाम हो । मेरो काम हो । नेपाली कांग्रेसले काम गर्छ । उनीहरूले कुरा गर्छन् । फरक त्यही हो । वाम र काममा जनताले कामलाई भोट दिन्छन् । उनीहरूको गठबन्धनले मलाई केही फरक पर्दैन । गठबन्धन नभएको भए बरु एमाले बलियो हुन्थ्यो । गठबन्धनले त मलाई झनै सजिलो बनाएको छ । 

    ० तपाईको प्रतिस्पर्धा फेरि माओवादीसँग हुँदैछ नि ?
    – हो, बाहिरबाट आएकाले मसँग चुनावी प्रतिस्पर्धा गर्दैछन्, जित्ने कुरामा म ढुक्क छु । 

    ० एमालेको भोट तपाईलाई आउँछ कि आउँदैन ?
    – एमालेको मात्रै होइन, सारा जनताको भोट मलाई आउँछ । 

    ० काठमाडौं १० मा माओवादी केन्द्रका उम्मेदवारसँग एमालेका मान्छे सन्तुष्ट छैनन् त ?
    – उनीहरूको कुरा मलाई थाहा छैन, तर मलाई दुवैतर्फको भोट आउँछ । 

    ० यसपटक कति जति भोटको अन्तर होला ?
    – १५ हजार मत अन्तरमा मैले जित्छु । पहिले दस हजारको मत अन्तरले जितेको थिएँ ।

    ० पहिलेको भन्दा अहिले कांग्रेसको संगठन झनै सुधार भयो भन्न खोज्नु भएको हो ?
    – चार वर्ष काम गरेको छु । चार वर्ष काम गरेपछि सुधार हुँदैन त ? चार वर्ष सांसद भइसकेको मान्छेको निर्वाचन क्षेत्रमा सुधार नभए कहिले हुन्छ त ?

    ० यसबीचमा तपाईले के के काम गर्नुभयो ?
    – एक हजारवटा काम गरेको छु । कुन कुन काम गरेको भन्ने ?

    ० ठूल्ठूला काम के के गर्नुभयो, भन्नु होस् न ?
    – मुख्य काम भन्नुपर्दा, दक्षिणकाली नगरपालिकाको फर्पिङमा ऐतिहासिक सम्पदाहरूको संरक्षण भएको छ । त्यहाँको संस्कृति बाजागाजा, नेवार समुदायको संस्कृति र परम्पराको संरक्षण भएको छ । साथै गाउँगाउँमा ढुंगा छाप्ने काम भएको छ । मठमन्दिरको सुधार भएको छ । पोखरीहरूको जीर्णोद्धार भएको छ । फर्पिङलाई मनोरम बनाइएको छ । थानकोट र कीर्तिपुरमा पनि यस्तै काम भएको छ । थानकोटको विश्वदेवीदेखि धाक्छीसम्म बाटो बनाएको छु । बाणभञ्ज्याङमा डिपबोरिङ गरी खानेपानी आयोजना बनाएको छु । त्यहाँको  स्कुल हाताभित्र खेल मैदान बनाएको छु । मातातीर्थमा दस करोडको बृहत् खानोपानी योजना सञ्चालन भएको छ । कीर्तिपुरमा वैकल्पिक मार्गहरू खुलेका छन् । नेवार समुदायको सम्पदाहरूको संरक्षण गरेको छु । 

    ० तपाईको प्रतिस्पर्धा कोसँग हुन्छ ?
    – मैले त प्रतिस्पर्धी नै देखेको छैन । वाम उम्मेदवार नै दोस्रो दल होला । 

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…