Page header hundai
  • विन्दुकान्त घिमिरे


    पौराणिक कालमा नहुष नाम गरेका राजा पृथ्वीलोककै सबैभन्दा धनी थिए । सारा पृथ्वीलाई आफ्नो अधिनमा राखेर ऐश्वर्य उपभोग गरिरहेका नहुषसँग स्वर्गका देवताहरू पनि लोभिए । उनीहरूले सोचे इन्द्रको ठाउँमा नहुषलाई राजा बनाउन पाए कसो होला ? आपसमा सल्लाह गरी देवताहरू पृथ्वीमा आएर नहुषलाई अनुरोध गरे ।  इन्द्रले राम्रो काम गरेनन् । तपाई जस्तो ऐश्वर्यवान राजाले स्वर्गलोकको गद्दी पनि सम्हाल्नुप¥यो । पृथ्वीलोक र स्वर्गलोक दुवैको गद्दी आफूले सम्हाल्न पाउने भएपछि राजा नहुषको खुसीको सीमा रहेन । उनी तत्कालै तयार भए । देवताहरूको सहयोगमा इन्द्रलाई गद्दीच्यूत गरी नहुष स्वर्गको राजगद्दीमा बसे ।
    इन्द्रको आसनमा केही दिन बसेपछि उनलाई इन्द्रकी रानीसँग सम्भोग गर्ने इच्छा जाग्यो । इन्द्रकी रानीलाई तुरुन्त मेरो शयन कक्षमा उपस्थिति गराउनू भन्दै सेनालाई निर्देशन दिए । सेनापति  इन्द्रकी रानीलाई लिन गए, तर रानीले सर्त राखिन्, मलाई लैजाने हो भने नहुष राजा आफैं आउन पर्छ । उनीसँग केही कुरा गरेपछि मात्रै जवाफ दिन्छु । इन्द्रकी रानीको यो सन्देश सुनेपछि राजा नहुष आफैं  गएर भेट्न तयार भए । राजा नहुषलाई प्रणाम गर्दै इन्द्रकी रानीले भनिन्– ‘तपाई जस्तो पृथ्वी र स्वर्ग दुवैको एकैचोटि भोग गर्ने अवसर पाएको राजाका लागि म त ज्यादै  तुच्छ छु, तपाईले भोग गर्न लायक म छैन, यदि तपाईको इच्छा नै हो भने म दरबारमा जान तयार छु, तर एउटा सर्त छ । नहुषले भने, संसारमा यस्तो कुन सर्त होला जो मैले पूरा गर्न नसक्ने ? 
    इन्द्रकी रानीले भनिन्– ‘यहाँबाट तपाईको दरबारसम्म म जान सुनको डोेली हुनुप¥यो, त्यो डोली सेनाले होइन, सप्तऋषिहरूले बोक्नुप¥यो ।’  राजा नहुषले तत्कालै सुनको डोली तयार गर्न लगाए । सप्तऋषिहरूलाई तत्काल बोलाएर डोली बोक्न निर्देशन दिए । डोली अघिअघि राजा पछिपछि गर्दै दरबारतिर प्रस्थान गरे । कहिल्यै  शारीरिक परिश्रम नगरेका सप्तऋषिहरूलाई डोली बोक्न सजिलो भएन, उनीहरूले पसिना निकाल्दै विस्तारै डोली अघि बढाए । यता, राजा नहुषलाई भने इन्द्रकी रानीलाई कहिले आफ्नो शयन कक्षमा पु¥याउँला र भोग गरौंला भन्ने हतार भइरहेको थियो । सप्तऋषिहरू  विस्तारै हिँडेकोमा राजा नहुषको धैर्यको बाँध टुटिसकेको थियो । उनले सप्तऋर्षिहरूलाई छिटो हिँड, छिटो हिँड भन्दै लात्तैलात्ताले  गोद्न थाले । यो पीडा सहन नसकी सप्तऋर्षिहरू थचक्कै बसे ।  सप्तऋषिहरूको श्राप राजा नहुषलाई लाग्यो । स्वर्ग र पृथ्वी दुवै राज्य गुम्यो । उनी कंगाल भए ।

    आसन्न आमनिर्वाचनमा प्रमुख तीन दलबाहेक अरुको चर्चासमेत हुनु नपर्ने खास कारण छ । संविधान निर्माणपछि पहिलोपटक आमनिर्वाचन हुन गइरहेको छ । वर्तमान शासन व्यवस्था स्थापना र वर्तमान संविधान निर्माणमा प्रमुख तीन दलको मुख्य भूमिका छ । मधेसी समुदायको सानो तप्काबाहेक सबैले वर्तमान संविधान तथा शासन व्यवस्थालाई स्वीकार गरिसकेको अवस्था छ । 

    स्वर्गका राजा इन्द्रको आसनमा नभए पनि नेपालका राजा ज्ञानेन्द्रको आसनमा जनताले विगत १० वर्षदेखि प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आलोपालो बसाइरहेका छन् । यो आसनमा बस्दा उनीहरूले कतै नहुष राजाको जस्तै चरित्र त देखाएका छैनन् ? भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ । वरिष्ठ पत्रकार तारानाथ दाहलले गत बिहीबार आफ्नो फेसबुक वालमा लेखेका छन्– ‘जो लडे–भिडे ती सकिए, जो खटे–खटाइए ती पछाडि धकेलिए, जसले जे गरेर पनि कमाए, ती इन्द्रासनका लागि पुजिए । वाम होस् कि कांग होस्, नेपाली राजनीतिको वास्तविकता यही हो । सायद संसारभरि नै यस्तै होला ।’
    जोसँग धेरै सम्पत्ति छ, जोसँग धेरै गुण्डा छन्, उसैलाई पहिलो प्राथमिकतामा राखेर दलहरूले उम्मेदवार तय गरेका छन् । समानुपातिकको सूचीमा पनि यस्तै पात्रहरूको नाम माथिल्लो सूचीमा राखिएको छ । यो मामिलामा कुनै पनि दल घटबढ छैनन् ।  यस्ता ज्यादती वाम गठबन्धनले धेरै ग¥यो,  लोकतान्त्रिक गठबन्धनले थोरै ग¥यो भन्ने कुरा छैन । यस्ता पात्रहरूको नाम उल्लेख गरेर व्यक्तिगत दुश्मनी मोल्नु भन्दा पत्रकार तथा स्तम्भकारहरूले सेल्फ सेन्सरसिप लागू गरिसकेका छन् । उम्मेदवारहरू कुनको पृष्ठभूमि को हो ? भन्ने कुरा कम्तीमा पनि सम्बन्धित जिल्लाका मतदातालाई थाहा छ । उम्मेदवार बन्नका लागि गने भँडारी के के कारणले अयोग्य भए र राम शाही के के कारणले योग्य भए ? भन्ने कुरा सम्बन्धित क्षेत्रका मतदातालाई राम्रोसँग थाहा छ । तर अर्को दलले पनि यसरी नै उम्मेदवार प्रस्तुत गरेका कारण मतदातासँग विकल्प रहेन । तलाउमा डुब्न लागेको मान्छले परालको त्यान्द्रोलाई पनि सहारा ठान्दो रहेछ भन्ने कुरा यतिबेला विवेकशील साझा पार्टीको विषयमा सामाजिक सम्जालमा देखिएको तर्क वितर्कले पुष्टि गरेको छ । मतादानको परिणामले के देखाउँछ ? त्यो हेर्न अब बढीमा डेढ साता पर्खनुपर्ने छ । तर आउनै नपर्ने चर्चा परिचर्चा युवाहरूबीच तराजु चुनाव चिन्हमा आएको छ ।
    आसन्न आमनिर्वाचनमा प्रमुख तीन दलबाहेक अरुको चर्चासमेत हुनु नपर्ने खास कारण छ । संविधान निर्माणपछि पहिलोपटक आमनिर्वाचन हुन गइरहेको छ । वर्तमान शासन व्यवस्था स्थापना र वर्तमान संविधान निर्माणमा प्रमुख तीन दलको मुख्य भूमिका छ । मधेसी समुदायको सानो तप्काबाहेक सबैले वर्तमान संविधान तथा शासन व्यवस्थालाई स्वीकार गरिसकेको अवस्था छ । यो शासन व्यवस्थाअन्तर्गत पहिलो निर्वाचन हुन गइरहेको छ । जुन पार्टीहरूले सर्वस्वीकार्य शासन व्यवस्थाको निर्माण गरे, त्यो शासन व्यवस्थाअनुसार सत्ता सञ्चालनको पहिलो हकदार उनीहरू नै हुन् । जसले नीति निर्धारण गर्छ, कार्यान्वयनको जिम्मा पनि उसैले पाउनु प्राकृतिक न्याय हो । आफंैले तय गरेको शासन व्यवस्थालाई कार्यान्वयन गर्ने अवसर एकपटक पनि दिन हुन्न भन्ने तर्क घोर अतिवाद हो । तर अहिले बजारमा विद्यमान दलहरू असफल भए हामी विकल्प दिन्छौं भन्दै थुप्रै पसलहरूले जोडतोडका साथ विज्ञापन गरिरहेका छन् । पहिलोपटक मतदानमा सहभागी हुन गइरहेका युवा वर्गहरूलाई यस्ता विज्ञापनले आकर्षित गरेको पनि देखिएको छ ।   २०४८ सालदेखि मतदान गरिरहेका पुराना पुस्ताका मतदाताहरू पनि नयाँ स्वाद लिन इच्छुक जस्ता देखिएका छन् ।
    खासगरी राजधानी काठमाडौं जिल्लाको क्षेत्र नम्बर १ का सन्दर्भमा  बढी देखिएको छ । २०४८ सालदेखियता पाँचपटक आमनिर्वाचन सम्पन्न भइसकेको छ । अब छैटौंपटक हुन गइरहेको छ । त्यो बेलादेखि उनै दलहरूलाई, उनै उम्मेदवारहरूलाई मत दिँदादिँदा वाक्क भइसकेका मतदाता पक्कै पनि परिवर्तनको खोजीमा छन् । प्रणाली होइन कि पात्र परिवर्तनको चाहना जनतामा छ । तर नयाँ राजनीतिक प्रणाली लागू भएपछिको पहिलो निर्वाचनमै पात्र परिवर्तनको कुरा उठ्नु विडम्वना हो । यो विडम्बना प्रमुख दलका नेताहरूकै कारण उत्पन्न भएको हो । पहिलो कुरा त, उनीहरूले उम्मेदवार तय गर्ने क्रममा ठूलो झेल गरे । दोस्रो, संविधान निर्माण गर्न नै नौ वर्ष लगाइदिए । त्यसमा पनि नेपाली कांग्रेसले संविधान निर्माणको नेतृत्व गर्ने अवसर पाएकाले मात्र संविधान आएको हो । जनताले तीन महिनामै आन्दोलन सफल पारेका थिए । तर आन्दोलनको उपलब्धिलाई लिपिवद्ध गर्न दलहरूले थप ११ वर्ष लगाइदिए । यसको पहिलो कारण २०६४ को संविधानसभा निर्वाचनमा हिंसात्मक गतिविधिमा संलग्न माओवादी ठूलो पार्टीका रूपमा उदाउनु हो । तेस्रो, कम्युनिस्ट पार्टीहरू राजनीतिक स्थिरताको पक्षमा कहिल्यै नदेखिनु हो । यसबीचमा संविधानसभाको निर्वाचनसमेत कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझै दुई–दुईपटक गरियो । समय र साधन स्रोत अथाह खर्च भयो । दुई वर्षभित्रै संविधान निर्माण गरिएको भए बाँकी बचेको नौ वर्षमा आर्थिक समृद्धिका लागि धेरै फड्को मार्न सकिन्थ्यो । यी दलहरूले फेरि पनि समय खेर फाल्ने हुन् कि ? आफूलाई नहुष राजामा परिणत गर्ने हुन् कि ? भन्ने त्रासमा जनता छन् ।
     

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…