Page header hundai

  • धनगढी । देशका बहुचर्चित निर्वाचन क्षेत्रमा गणना गएिको कैलालीको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवा र एमालेका नारदमणी चौधरीवीच चुनावी प्रतिश्पर्धा देखिएपनि डा. आरजु धेरै अगाडी रहेको बुझिएको छ । हिजो मंगलवारको कार्यक्रममा उहाँले आफू सुदूरपश्चिमकी बुहारी भएकाले कैलालीलाई निर्वाचन क्षेत्र रोजेको बताउनुभएको थियो । उहाँले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकाले यहीबाट चुनाव लडेको बताउनु भयो । डा. आरजुले लामो समयदेखि सुदुरपश्चिमलाई आधार बनाएर महिला, वालवालिका र विशेष गरी मातृशिशुको क्षेत्रमा काम गर्नु भएको थियो ।
     ‘मलाई काठमाडौं, बाँके, बर्दियासहित देशका धेरै ठाउँबाट चुनाव लड्न आग्रह गरिएको थियो डा. राणाले भन्नुभयो,‘ तर मैले कैलालीको यो क्षेत्र नै रोजे ।’ क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा घरदैलौ र चुनावी सभा सम्पन्न गर्नुभएको थियो । कैलाली क्षेत्र नम्बर ५ मा  धनगढी उपमहानगरपालिका  र कैलारी गापाका वडा नम्बर ६ र ९ पर्दछन् । तरुण खवरको जिज्ञाषामा डा.आरजुले भन्नु भयो– सुदुरपश्चिमको विकाशमा मेरो पनि योगदान छ र रहिरहने छ । मेरो कसैसँग प्रतिश्पर्धा छैन, गरिवी र अशिक्षा हामी सबैको च्यालेञ्ज हो कसलाई आप्mनो प्रतिश्पर्धी ठान्नु हुन्छ भन्ने जिज्ञाषामा उहाँको जवाफ थियो ।
     मंगलवार र बुधवार पनि चुनावी सभाहरुमा उहाँले आफूलाई सुदूरपश्चिमका समस्या र अवस्थाबारे राम्रो ज्ञान रहेको दावी गर्दै भन्नुभयो, यहाँको तीब्र आर्थिक सामाजिक विकासको अठोट सहित म चुनावमा होमिएकी छु । यो क्षेत्र पिछडिएको क्षेत्रको रुपमा अब रहदैन, विकाशको जिम्मा मलाई दिनुस् डा. आरजुाले भन्नु भयो । उहाँले काग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसँग प्रत्यक्ष सम्पर्क स्थापित गराएको चर्चा गर्दै धनगढी मुलुककै समृद्ध शहर बनेको हेर्ने रहर छ । मसँग शहर बनाउने र रोजगारी सिर्जन गर्ने दृष्टिकोण पनि छ । 
    राजधानीसँग एक्लिएको सुदुरपश्चिममा २२ पुलको निर्माणपछि नै राजधानी काठमाडौसँग सुदूरपश्चिमको प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उहाँले भन्नुभयो,‘ सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तार लगायतका कार्य काँग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको हो भन्ने कुरा यहाँका जनताले बुझेको हुनुपर्छ । 
    नेतृ देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाकाको स्तरोन्नत, एक वर्षभत्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू कांग्रेसले नै अघि बढाउने उल्लेख गर्नुभयो ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…