Page header hundai

  • धनगढी ।  प्रदेश ७ का १६ सिटमध्ये आठ सिट कैलाली र कञ्चनपुरमा मात्रै छन् । बाँकी सातवटा जिल्लामा आठ सिट छन् । यतिबेला सबै दल कैलाली र कञ्चनपुरलाई लक्षित गरेर चुनावी अभियानमा होमिएका छन् । जसका कारण यी दुई जिल्लामा चुनावी दाउपेच र सरगर्मी निकै बढेको छ ।
    कैलाली: पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रदेश ७ को सम्भावित राजधानी धनगढीसमेत पर्छ । धनगढी उपमहानगरपालिका रहेको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी बौद्धिक एवं शक्तिशाली नेतृ डा. आरजु राणा देउवा उम्मेदवार बनेका कारण यतिबेला सिंगो कैलाली तातेको छ । यसै पनि कैलाली ५ नेपाली कांग्रेसका लागि मुलुककै सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र हो । त्यसमाथि पनि  कांग्रेसबाट आरजु जस्ती हेभिवेट उम्मेदवार बनेका कारण अन्य उमेदवारको खासै गणना छैन । संविधानसभाको गत निर्वाचनमा  पार्टी सभापति शेरबहादुर देउवाले करिब दोब्बर मतअन्तरले चुनाव जितेको क्षेत्रमा यसपटक पत्नी आरजु उम्मेदवार बनेकी हुन् । गत स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले दलित नेतालाई मेयर पदमा उम्मेदवार बनाउँदा पनि सानदार भोट ल्याएर जितेको थियो । धनगढी उपमहानगरपालिकाका अलावा यो क्षेत्रमा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ पर्दछन् । 
    नेपाली कांग्रेसको गढ हो भन्दैमा ढुक्क हुन नहुने भन्दै डा.देउवाले  दोहो¥याई तेहो¥याई घरदैलो कार्यक्रम तथा मतदातासँग भेटघाट गरिरहकी छन् । उनी यसरी खट्नुका तीनवटा कारण रहेको बताइन्छ । पहिलो कारण हो, सबैभन्दा धेरै मतअन्तरले चुनाव जितेको रेकर्ड राख्ने । दोस्रो, एमालेले अघि सारेका उम्मेदवार रानाथारु समुदायको हुनु । तेस्रो कारण हो, डोटीबाट धनगढी झरेका दिनेश भण्डारी साझा पार्टीको तर्फबाट उम्मेदवार बन्नु । धनगढीमा डोटेलीहरूको बाहुल्यता छ । गत स्थानीय निर्वाचनमा धनगढीको मेयर पदमा उम्मेदवार भएर सानदार मत ल्याएका गोपी हमाल पनि साझा पार्टीमा संलग्न छन् । तर उनीसँग चुनावमा लागेकाहरू कार्यकर्ता अहिले डा.आरजु देउवाको पक्षमा मत माग्न थालेका छन् ।
    यस क्षेत्रको प्रदेश ‘क’ मा उम्मेदवार बनाइएकी जीवन रानाथारु लोकप्रिय पूर्व शिक्षिका भएकाले पनि डा. देउवालाई चुनाव जित्न सजिलो हुने बताइन्छ । त्यसैगरी, प्रदेशसभा ‘ख’ मा उम्मेदवार बनाइएका अग्रज नेता डिल्लीराज पन्त पनि लोकप्रिय छन् । 
    क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेकी गरिमा शाहबीच तीव्र प्रतिस्पर्धा छ । तर प्रदेशसभातर्फ कांग्रेसका उम्मेदवार लोकप्रिय र हेभिवेट भएका कारण गरिमालाई त्यति सजिलो छैन । प्रदेशसभामा निवर्तमान सांसद जनक चौधरी र रणबहादुर शाह कांग्रेसको तर्फबाट चुनाव लडेका छन् । टीकापुरकाण्डका रेशम चौधरी राजपाबाट चुनाव लडेकाले उनले केही भोट काट्ने अवस्था छ ।
    क्षेत्र नम्बर २ मा कांग्रेसका मोहनसिंह राठौर र एमालेका झपटसिंह रावलबीच तीव्र प्रतिस्पर्धा छ । राठौर २०७० सालमा एमालेको तर्फबाट चुनाव जितेर मन्त्री बनेका थिए भने रावल उनकै पिए बनेका थिए । यसपटक आफ्नो पिएलाई टिकट दिएर आफूलाई फालिदिएपछि पीडा महसुस गर्दै राठौरले मनोनयनको अघिल्लो दिन कांग्रेस प्रवेश गरेर टिकट हात पारेका थिए । एमालेका करिब दुई हजार मतसहित कांग्रेस प्रवेश गरेका कारण राठौरले चुनाव जित्ने सम्भावना छ । तर यस निर्वाचन क्षेत्रमा अछामीहरूको ठूलो पकड र एकता छ, झपट रावल अछामी हुन् । त्यसो त प्रदेशसभातर्फ कांग्रेसले पनि अछामी बाहुल्य ठाउँमा हिमबहादुर रावललाई र थारु बाहुल्य ठाउँमा अरुणप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । 
    क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट रामजनम चौधरी उम्मेदवार बनेका छन् । २०४८ सालयता लगातार सांसद भइरहने मुलुकका ६ जना नेतामध्ये रामजनम पनि एक हुन् । उनले चुनाव जित्ने कुरामा  मतदाता ढुक्क छन् । प्रदेशसभातर्फ कांग्रेसले पुरन चौधरी र लक्ष्मण शाहीलाई उम्मेदवार बनाएका कारण पनि रामजनमलाई सजिलो भएको छ । उनका प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार गौरीशंकर थारु खासै लोकप्रिय छैनन् । यस क्षेत्रमा माओवादीको संगठन धेरै नै कमजोर छ । 
    क्षेत्र नम्बर ४ मा कांग्रेसका सुनिलकुमार भण्डारी र माओवादीका  लेखराज भट्टबीच तीव्र प्रतिस्पर्धा छ । सतहबाट हेर्दा भट्टले भण्डारीलाई आत्थुआत्थु पारेको देखिन्छ । तर भित्री रूपमा भने आफू निकै बलवान रहेको भण्डारीले बताएका छन् । प्रदेशसभातर्फ कांग्रेसले हीरादत्त भट्ट र यज्ञप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेका उम्मेदवार कृष्ण सुवेदी र दीर्घ सोडारीको तुलनामा कांग्रेसका उम्मेदवार भट्ट र चौधरी निकै बलिया तथा लोकप्रिय छन् । 
    कञ्चनपुर: प्रचण्डकी बुहारी विना मगरलाई पति वियोगबापतको सहानुभूति भोट गएन भने कञ्चनपुर १ मा नेपाली कांग्रेसका उम्मेदवारले चुनाव जित्ने निश्चित जस्तै छ । क्षेत्र नम्बर २ मा   कांग्रेसका एनपी साउद जितको नजिक छन् भने ३ मा रमेश लेखकले आफ्नो जित सुनिश्चित बनाएका छन् । 

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…