Page header hundai

  • ईनरुवा । अर्थ मन्त्री तथा सुनसरी क्षेत्र नं  ४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आफूले चुनाव जितेपछि कोशी पीडितका समस्या समाधान गरेरै छाड्ने बताउनुभएको छ ।
    सुनसरी जिल्लाको बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुरमा बसोबास गरेका जनता घरबार विहिन भएको पचास वर्षभन्दा बढी समय बितिसकेको छ । तर पनि उनीहरुको समस्याको समाधान निस्किएको छैन् । २०२२ सालमा सप्तकोशी नदिको बाढीले गरेको विनासमा  धन र जन गुमाएका परिवारहरुको समस्याको समाधान आजसम्म हुन नसक्नु दुःखद् हो उहाँले भन्नु भयो । मन्त्री कार्कीले पीडितहरुको कुराहरुलाई सम्बोधन गरेकोमा आफूहरु अत्यन्तै खुशी बनेको सप्तकोशी डुबान कटान संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो विगतमा एमालेले पटक पटक यो क्षेत्रबाट जितेर गएपनि केही गरेन तर हाम्रा पीडा पहिल्यै संसदमा उठाएर सरकारको ध्यानाकर्षण गरिसकेको ब्यक्ति उम्मेदवार भएकाले यस पटक उहाँलाई जिताउन हामी कम्मर कसेर लागेका छौं उहाँमाथि हामीलाई पूर्ण विश्वास छ । 
    अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले २०७३ माघ २० गते सप्तकोशी कटान र डुबान पीडितहरुको सम्बन्धमा संसदमा विशेष समय लिएर बोल्नुभएको । उक्त दिन बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुर क्षेत्र पीडित बासिन्दामा खुशी छाएको थियो स्थानिय शेरबहादुर बस्नेतले बताउनु भयो । कार्कीले संसदमा पीडितहरुलाई जीवन यापनका लागि उचित  विकल्प सहितको बन्दोबस्त गर्नुपर्ने बताउनु भएपछि सभामा निकै ताली बज्ने गरेको छ उनले भने ।

     सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको चुनाबमा उम्मेदवार बन्नुभएका मन्त्री कार्कीले भन्नुभयो– सरकार काम चलाउ आयोग बनाएर आफ्नो जिम्मेवार पुरा भएको मात्र ठानिरहेको छ, यसको लागि स्थायी समाधान नै खोज्नु पर्दछ, म खोज्छु । 
    मन्त्री कार्कीले भुमिहीनहरुको तथ्याङ्क आईसकेकाले अब क्षतिपुर्ति र मुआब्जाको विशेष व्यवस्था सरकारले गर्ने छ, तपाईहरु आश्वस्थ भए हुन्छ । म निर्वाचित भएपछि पाँच वर्षभत्रै आफूले यस क्षेत्रका प्राय सबै समस्या पूर्णरुपमा समाधान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो म धेरै बोल्दीन, काम गरेर देखाउँछु ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…