Page header hundai

  • वीरगन्ज । प्रतिनिधिसभामा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङ्गटाले मुलुकमा शहिदको खेति गर्न छोडेर आर्थिक विकास र समृद्धिको राजनीतिक अभियानमा सरिक हुन मधेसका राजनीतिक दल र मतदातालाई अनुरोध गर्नुभएको छ । संघिय समाजवादीका उम्मेदवारतर्फ संकेत गर्दै नेता अनिलले जनताको जिवनस्तरमाथि ल्याउन उद्योग धन्दा कलकारखाना स्थापना गर्ने कि मौकाको फाईदा उठाउँदै तस्करी गर्ने ? प्रश्न गर्नु भएको थियो । हुन पनि अनिलले आधा दर्जन उद्योग धन्दामा लगानी गरेर रोजगारी सिर्जन गरेका छन् भने उनका प्रतिश्पर्धी भनिएका व्यक्तिहरु उद्योपति र सर्वसाधारणलाई तर्साएर असुली गर्छन् सभामा सहभागी एक सर्वसाधारणले तरुणलाई बताए । विरगञ्ज महानगरपालिकाको १९ वडा समेटिएको क्षेत्र नम्बर १ नेपाली काँग्रेसले प्रतिष्ठाको विषय बनाएको छ । संघिय फोरमले सामाजिक प्रतिश्ठा नभएका व्यक्तिलाई उम्मेदवार बनाएकाले पनि फोरमभित्र विवाद बनेको छ । खास गरी नाकाबन्दीका बेला प्रदीप यादवले युवाहरुलाई उक्साएर आन्दोलनमा लैजाने र केही सिमिति व्यापारीसँग मिलेर १ हजार २ सयको ग्यास ४ हजारमा विक्रि गर्ने गरेका थिए । डिजेल, पेट्रोल र ग्यासको तस्करी गर्ने उनले चेननै बनाएको थिए । त्यतीवेला कमाएको करोडौ रकम यतिवेला खर्च गर्दै छन् सभामै भेटिएका सोजन यादवले तरुणलाई बताए ।
    नेपाली काँग्रेस पर्साले सोमबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उद्योगपति एवम् पूर्व सांसद रुङ्गटाले मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सपूतहरुको शहादतलाई भ¥याङ बनाएर  सम्पत्ति जोड्नेहरुलाई जनताले चिनिसकेकाले उनीहरुलाई मत नदिन आग्रह गर्नु भएको थियो ।

    उहाँले धन आर्जनका लागि केही व्यक्तिहरुले मधेस आन्दोलनलाई दुरुपयोग गरेका कारण ६ महिने मधेस आन्दोलन उपलब्धी विहिन भएको हो भन्नु भयो । जव नेपाली काँग्रेसले संविधान संशोधनको नेतृत्व ग¥यो त्यसपछि मात्र मधेसी जनताले थोरै भएपनि अधिकारको अनुभुति गर्न पाएको दावी गर्नु भयो ।     
    जनतालाई अधिकार सम्पन्न गर्ने र लोकतान्त्रिक वातावरणमा मुलुकको विकास निर्माणलाई अगाडि बढाउने ध्येयले ७० बर्ष संघर्ष गरी लोकतान्त्रिक पद्धति स्थापना गर्ने काँग्रेसलाई रुख चिन्हमा छाप लगाएर अत्यधिक मतले विजयी बनाउन पनि उहाँले मतदातालाई अपिल गर्नुभयो ।
    कार्यक्रममा नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरेका २ सय भन्दाबढी कार्यकर्ताहरुलाई क्षेत्र नम्बर १ बाट सांसद पदका उम्मेदवार अनिल रुङ्गटा, क्षेत्र नम्बर १ को (ख)बाट प्रदेश सभा पदका उम्मेदवार विजय सर्राफ, नेपाली काँग्रेस पर्साका जिल्ला सभापति  अजयकुमार द्विवेदी, वीरगन्ज महानगरपािलकाका उपप्रमुख शान्ति कार्की लगायतले  अविरको टिका र फूलको  माला लगाई उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।


     

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…